विश्वमा प्रत्येक दश वटा मृत्यु मध्ये एक मृत्यु धूम्रपानले भएको बिश्व स्वास्थ्य संगठनले बताएको छ। संसारमा एक वर्षको तथ्यांक अनुसार ८० लाख मानिसहरु धूम्रपानको कारण ज्यान गुमाउने गरेको छ। जसमा ७० लाख प्रत्यक्ष र १२ लाख मानिसहरु अप्रत्यक्षबाट धूम्रपान प्रयोग गर्ने गरेको छ। नेपालमा ६७ प्रतिशत मानिसहरुले धूम्रपान प्रयोग गर्ने गरेको छ। जसमध्ये ५६ प्रतिशत पुरुषहरु र ११ प्रतिशत महिलाले प्रयोग गरेको पाइएको छ। नेपालमा बर्सेनि २७ हजार मानिसहरू धूम्रपानको कारण मृत्यु भएको छ।
नेपालमा एक वर्षमा लगभग ३ लाख मानिसहरू यसबाट रोगहरुको सिकार बनेका छ्न। धूम्रपानको कारण स्वास प्रस्वास , क्यान्सर , मुटुरोग , पक्षघात, दम , मधुमेह जस्ता रोगहरु हुन। धूम्रपानले मुटु रोग दुई देखि चार गुणा बढाउछ। दममा १२ गुणा बढी , फोक्सोमा २.५ प्रतिशत असर पारेको हुन्छ। धूम्रपानले मृत्यु हुनेमा धेरैजसो निम्न आय र मध्यम आय भएका मानिसहरु बढी रहेका छ्न। यस रोगले प्रायः गरि टाउकोको दिमाग , पक्षघात , छाला, मांसपेशी , हाडजोर्नी , रक्तचाप , श्वासप्रश्वास , मुखको क्यान्सर,पाठेघरको क्यान्सर हुन्छ। यसले यौन प्रजनन क्षमता घटाउने गर्छ।कोभिड १९ मा धूम्रपानबाट टाढा रहनुपर्छ । बिश्व स्वास्थ्य संगठनको अनुसार २०२० को नारा: “युवाहरुलाई धूम्रपानबाट बचाउने” रहेको छ।
धूमपान एक प्रकारको दुर्व्यसन हो। धूमपानको रूपमा प्रयोग गरिने सुर्तीजन्य पदार्थले मानिसको स्वास्थ्यमा हानिकारक असर पारेको छ। धूमपानले शारीरिक तथा मानिसक स्वास्थ्यमा मात्र नभई व्यक्तिगत विकास, आर्थिक, सामाजिक, पारिवारिक र सांस्कृतिक क्षेत्रमा पनि नकारात्मक असर पारेको छ।
संसारभर हरेक दिन १५ अर्बभन्दा बढीको चुरोट र अन्य सुर्तीजन्य पदार्थ बिक्री भएको हुन्छ, जसमा हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनकै कारण हुने गर्छ।
सुर्तीजन्य पदार्थमा करिब ४ हजारभन्दा बढी प्रकारका रासायानिक तत्व पाइन्छन्। जसमा २ सयदेखि ४ सयसम्मका हानिकारक रसायानहरू हुन्छन्। मादक पदार्थ, सुर्तीजन्य तत्वमा खोटो र कार्बन मनोअक्साइड जस्ता प्राणघातक रसायान र नियमित सेवन गर्दा लत लगाउने तत्वहरू पाइन्छन्।
सुर्तीजन्य पदार्थको असरबारे (डब्लुएचओ) ले भनेको छ- सुर्तीजन्य पदार्थको सेवनले मानव शरीरमा २५ किसिमका विभिन्न रोगहरु लाग्न सक्छन्। विश्वमा धूमपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जनाको मृत्यु हुन्छ। विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ६० लाख मानिसको मृत्यु हुन्छ, जसमध्ये ६ लाखको अरुले सेवन गरेको धूमपानको असरले मृत्यु हुने गरेको छ। यो क्रम बढेर आगामी १५ वर्षमा ८० लाख मानिसको मृत्यु हुने र यसमध्ये अधिकांशको मृत्यु नेपाल जस्तो विकासशील देशहरुमा हुनेछ।नेपालमा पनि प्रतिवर्ष २७ हजार व्यक्तिको धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनको कारणले मृत्यु भइरहेको छ।
(डब्लुएचओ )का अनुसार नेपालमा ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिला धूमपान गर्छन्। संसारमा १ अर्बभन्दा धेरै मानिस सुर्तीजन्य पदार्थको सेवन गर्छन्।त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम भन्छन्, ‘धूमपानले कोरोना संक्रमणको जोखिम बढाउँछ। धूवाँले फोक्सोमा असर गर्छ। स्वासप्रश्वास प्रणालीमा क्षति पुर्याउँछ। रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। त्यस्तालाई कोरोना संक्रमणले जटिलता ल्याउँछ।’
न्युमोनिया, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी), ब्रोङकाइटिस, दमलगायत श्वासप्रश्वासजन्य समस्या निम्त्याउने कारक तत्व धुम्रपान भएको डा. बमको भनाइ छ। सुर्र्तीजन्य पदार्थ सेवनले फोक्सोमा पहिल्यै क्षति गराइसक्ने हुँदा कोभिड १९ ले फोक्सोलाई झन बढी असर गर्ने डा. बमले बताए। श्वास प्रश्वासका साथै मस्तिष्क, मुटु र रक्त संचार प्रणालीलाई समेत धुम्रपानको सेवनबाट असर पुग्छ। क्यान्सर, दम, मुटुरोग, खोकी, मधुमेहजस्ता दीर्घ रोग लाग्नुका प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ भएको चिकित्सकको भनाई छ।
✍️ निरज बम , वरिष्ठ छाती रोग विशेषज्ञ त्रिवि शिक्षण अस्पताल
Comments 1