आज मिति : २०८२ बैशाख २५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

भिरिंगी के हो – एक परिचय, डा. कमलराज धिताल

HNN Staff by HNN Staff
March 7, 2020
in Disease
A A
0
डा.कमल राज धिताल, छाला तथा यौनरोग विशेषज्ञ

डा.कमल राज धिताल, छाला तथा यौनरोग विशेषज्ञ

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ट्रेपोनेमा पालिडम नामक किटाणुका कारण लाग्ने यौन रोग भिरिंगी हो । यसलाई अंग्रेजीमा सिफिलिस (Syphilis) भनिन्छ ।

के कारणले भिरिंगी रोग लाग्ने गर्छ ? यो सरुवा रोग हो ?

यौन सम्पर्कमा सक्रियलाई यो रोग लाग्ने गर्छ । असुरक्षित यौन सम्पर्कका कारणले यो रोग लाग्ने गर्छ । यो एकबाट अर्कामा सर्छ । गर्भवती महिलालाई भिरिंगी भएको छ भने पेटमा भएको बच्चालाई पनि सर्न सक्छ । यसैगरी ब्लड ट्रान्सफ्युजनबाट पनि यो सर्न सक्छ । साथै भिरिंगीको घाउ छोएमा पनि सर्न सक्छ ।

Syphilis introduction illustration: jarun011/iStock/Getty Images Plus Syphilis stock photo ORG XMIT: POS1905031328470811
Syphilis introduction illustration: jarun011/iStock/Getty Images Plus Syphilis stock photo ORG XMIT: POS1905031328470811

भिरिंगीका लक्षण के-कस्ता हुन्छन् ?

भिरिंगीलाई सामान्यतयाः तीन भागमा विभाजन गरिएको छ । लक्षण पनि सोही अनुसारको देखिन्छ । पहिलो अवस्थाको भिरिंगीमा यौनांग नदुख्ने नचिलाउने सर्टको बटन जस्तो कडा खालको घाऊ आउँछ । यो सामान्यतया एउटा मात्र आउँछ ।

यस्तो घाउ असुरक्षित सम्पर्कको ९ देखि ९० दिनसम्म आउन सक्छ । घाउ उपचार नगरेपनि ३ देखि ६ हप्तामा आफैं निको हुन्छ । यस्तो घाउ आएको करिब ३ हप्तापछि रगत जाँच गर्दा किटाणु देखिन्छ । दोस्रो अवस्थाको भिरिंगीमा पहिलो अवस्थाको घाउ देखेको करिब ६ हप्तापछि आउँछ । यो अवस्थामा हातखुट्टा, जिउमा नदुख्ने नचिलाउने खटिराहरु देखिन्छन् ।

त्यसैगरी ज्वरो आउने घाँटी दुख्ने, जोर्नी दुख्ने जस्ता समस्याहरु पनि देखिन्छन् । तेस्रो अवस्थामा भने यो रोगले आँखा, नशा, मुटु तथा जोर्नीमा असर गर्छ । कुनै मानिसलाई पहिलो अवस्थाको रोग नदेखिकन दोस्रो वा तेस्रो अवस्थाको रोग देखिन पनि सक्छ ।

भिरिंगीको उपचार संभव छ ? महिला या पुरुष कसमा बढी देखिन्छ ?

पहिलो तथा दोस्रो अवस्था भिरिंगी भने सहजै उपचार गर्न सकिन्छ । सामान्य औषधिको प्रयोगले यो निको हुन्छ । तेस्रो अवस्थाको उपचार भने केही जटिल छ । अरु विधाका चिकित्सक मिलेर उपचार गर्नुपर्ने हुन्छ । उपचारमा आएका बिरामीमध्ये महिलाभन्दा पुरुषमा बढी यो देखिएको छ । २० देखि ३५ वर्षका पुरुषमा बढी भिरिंगी भएको पाइन्छ ।

वैदशिक रोजगारीमा जान समस्या हुन्छ ?

भिरिंगी उपचारको प्रक्रियामा दुइओटा रगत जाँचको विशेष महत्व हुन्छ । एउटा ‘टिपिएच ए’ र ‘भिडीआरएल’ । उपचार गरेपछि ‘भिडी आर एल’को मात्रा बिस्तारै घट्दै जान्छ भने ‘टिपिएचए’ भन्ने परीक्षण एकपटक पोजटिभ भएपछि फेरि नेगेटिभ हुँदैन । त्यसैले उपचारपछि रोग निको भएपनि ‘टिपिएचए’ भन्ने टेस्ट नेगेटिभ नहुने हुनाले वैदेशिक रोजगारीमा जानका लागि समस्या हुनसक्छ ।


Dr KamalRaj Dhital
Dr KamalRaj Dhital

✍️ डा. कमलराज धिताल
छाला तथा यौन रोग विशेषज्ञ डा. कमलराज धिताल ग्रीन सिटी अस्पताल ,ह्याम्स अस्पताल र बिपि स्मृति अस्पतालमा कार्यरत छ्न।

Tags: HAMSSTDsyphilis
Nisarga hospital Dhangadhi
Previous Post

कोरोना सम्बन्धि डा.बरालको सचेतनामूलक कविता

Next Post

होली खेल्दा छालामा देखिने असर र यसबाट बच्ने उपायहरू ।

Related articles

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने
Disease

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

1 year ago
800
World Alzheimer Day Illustration HealthNewsNepal
Disease

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

2 years ago
902
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
Disease

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

2 years ago
3k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
Disease

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 years ago
792
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

2 years ago
887
मानसिक तनाव घटाउने ११ तरिका जानी राखौं #Mental
Disease

मानसिक तनाव घटाउने ११ तरिका जानी राखौं #Mental

2 years ago
819
Next Post
डा.कमल राज धिताल, छाला तथा यौनरोग विशेषज्ञ

होली खेल्दा छालामा देखिने असर र यसबाट बच्ने उपायहरू ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...