Magnus pharma
आज: २०८२ चैत्र १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

भिरिंगी के हो – एक परिचय, डा. कमलराज धिताल

HNN Staff by HNN Staff
March 7, 2020
in Disease
Reading Time: 1 min read
A A
0
डा.कमल राज धिताल, छाला तथा यौनरोग विशेषज्ञ

डा.कमल राज धिताल, छाला तथा यौनरोग विशेषज्ञ

644
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

ट्रेपोनेमा पालिडम नामक किटाणुका कारण लाग्ने यौन रोग भिरिंगी हो । यसलाई अंग्रेजीमा सिफिलिस (Syphilis) भनिन्छ ।

के कारणले भिरिंगी रोग लाग्ने गर्छ ? यो सरुवा रोग हो ?

यौन सम्पर्कमा सक्रियलाई यो रोग लाग्ने गर्छ । असुरक्षित यौन सम्पर्कका कारणले यो रोग लाग्ने गर्छ । यो एकबाट अर्कामा सर्छ । गर्भवती महिलालाई भिरिंगी भएको छ भने पेटमा भएको बच्चालाई पनि सर्न सक्छ । यसैगरी ब्लड ट्रान्सफ्युजनबाट पनि यो सर्न सक्छ । साथै भिरिंगीको घाउ छोएमा पनि सर्न सक्छ ।

Syphilis introduction illustration: jarun011/iStock/Getty Images Plus Syphilis stock photo ORG XMIT: POS1905031328470811
Syphilis introduction illustration: jarun011/iStock/Getty Images Plus Syphilis stock photo ORG XMIT: POS1905031328470811

भिरिंगीका लक्षण के-कस्ता हुन्छन् ?

भिरिंगीलाई सामान्यतयाः तीन भागमा विभाजन गरिएको छ । लक्षण पनि सोही अनुसारको देखिन्छ । पहिलो अवस्थाको भिरिंगीमा यौनांग नदुख्ने नचिलाउने सर्टको बटन जस्तो कडा खालको घाऊ आउँछ । यो सामान्यतया एउटा मात्र आउँछ ।

यस्तो घाउ असुरक्षित सम्पर्कको ९ देखि ९० दिनसम्म आउन सक्छ । घाउ उपचार नगरेपनि ३ देखि ६ हप्तामा आफैं निको हुन्छ । यस्तो घाउ आएको करिब ३ हप्तापछि रगत जाँच गर्दा किटाणु देखिन्छ । दोस्रो अवस्थाको भिरिंगीमा पहिलो अवस्थाको घाउ देखेको करिब ६ हप्तापछि आउँछ । यो अवस्थामा हातखुट्टा, जिउमा नदुख्ने नचिलाउने खटिराहरु देखिन्छन् ।

त्यसैगरी ज्वरो आउने घाँटी दुख्ने, जोर्नी दुख्ने जस्ता समस्याहरु पनि देखिन्छन् । तेस्रो अवस्थामा भने यो रोगले आँखा, नशा, मुटु तथा जोर्नीमा असर गर्छ । कुनै मानिसलाई पहिलो अवस्थाको रोग नदेखिकन दोस्रो वा तेस्रो अवस्थाको रोग देखिन पनि सक्छ ।

भिरिंगीको उपचार संभव छ ? महिला या पुरुष कसमा बढी देखिन्छ ?

पहिलो तथा दोस्रो अवस्था भिरिंगी भने सहजै उपचार गर्न सकिन्छ । सामान्य औषधिको प्रयोगले यो निको हुन्छ । तेस्रो अवस्थाको उपचार भने केही जटिल छ । अरु विधाका चिकित्सक मिलेर उपचार गर्नुपर्ने हुन्छ । उपचारमा आएका बिरामीमध्ये महिलाभन्दा पुरुषमा बढी यो देखिएको छ । २० देखि ३५ वर्षका पुरुषमा बढी भिरिंगी भएको पाइन्छ ।

वैदशिक रोजगारीमा जान समस्या हुन्छ ?

भिरिंगी उपचारको प्रक्रियामा दुइओटा रगत जाँचको विशेष महत्व हुन्छ । एउटा ‘टिपिएच ए’ र ‘भिडीआरएल’ । उपचार गरेपछि ‘भिडी आर एल’को मात्रा बिस्तारै घट्दै जान्छ भने ‘टिपिएचए’ भन्ने परीक्षण एकपटक पोजटिभ भएपछि फेरि नेगेटिभ हुँदैन । त्यसैले उपचारपछि रोग निको भएपनि ‘टिपिएचए’ भन्ने टेस्ट नेगेटिभ नहुने हुनाले वैदेशिक रोजगारीमा जानका लागि समस्या हुनसक्छ ।


Dr KamalRaj Dhital
Dr KamalRaj Dhital

✍️ डा. कमलराज धिताल
छाला तथा यौन रोग विशेषज्ञ डा. कमलराज धिताल ग्रीन सिटी अस्पताल ,ह्याम्स अस्पताल र बिपि स्मृति अस्पतालमा कार्यरत छ्न।

Tags: HAMSSTDsyphilis
SummarizeShare292ScanTweet147

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

World Alzheimer Day Illustration HealthNewsNepal

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

by HNN Staff
September 21, 2023
0

काठमाडौं, ४ असोज २०८० आज विश्व अल्जाइमर्स दिवस २०२३, "अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    660 shares
    Share 264 Tweet 165
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    669 shares
    Share 299 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त
  • छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल
  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.