आज मिति : २०८२ बैशाख २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

Nam Raj Bhatta by Nam Raj Bhatta
August 2, 2023
in Disease, Articles
A A
0
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा. तपेन्द्र प्रसाद वोहरा, बरिष्ठ पशु चिकित्सकDr. Tapendra Prasad Bohara

हाल देशमा देखा परेको लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल नियन्त्रण कार्य गर्न होमोलोगस नेथिलिङ स्टेनका अतिरिक्त हेट्रोलोगस गोट पक्स खोपको समेतको आयात र प्रयोग गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय (माननिय मन्त्रिस्तर) को निर्णय भएको छ।

हाल यस रोगले गर्दा देशको पशुपालन क्षेत्रमा भइरहेको आर्थिक क्षतिको न्युनिकरण गर्न गोट पक्स खोप कार्यले सहयोग पुग्ने देखिन्छ। विश्वव्यापी वैज्ञानिक आधारहरूलाई समेत विश्लेषण गर्दा लम्पी रोग नियन्त्रण गर्नका लागि होमोलोगस नेथिलिङ स्टेनका अतिरिक्त हेट्रोलोगस गोट पक्स खोप समेत प्रयोग गर्ने गरिएकोले उक्त निर्णय लिएको हो।हाल प्रयोगमा आएको होमोलोगस नेथिलिङ स्टेनको खोपको तुलनामा हेट्रोलोगस गोट पक्स खोप निकै सस्तो छ।

छिमेकि देश चीन र भारतले समेत गोट पक्स खोपको प्रयोग गरि रोग नियन्त्रण गरेका छन। नेपालको विधमान शासन प्रणालीमा लम्पी स्किन रोग जस्ता संक्रमक रोगहरु नियन्त्रणका लागि सङ्‌घ, प्रदेश र स्थानीय निकायको समन्वय र सहकार्य आवश्यक छ।

यो रोग गाई, भैँसी, गोरु, राँगो, बाच्छाबाच्छी, पाडापाडी मा देखा पर्ने गरेको छ। नेपालमा पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईमा यो रोग देखा परेको थियो। नेपालका ७७ वटै जिल्लामा यस रोगको संक्रमण पुष्टी भइसकेको छ। विगत पाँच महिनाको अवधिको लम्पी स्किन रोगले १० लाख ८४ हजार ६५६ पशुहरुमा सङ्क्रमण देखिदा ५० हजार ६५१ पशुको मृत्यु भएको छ। उपचार पश्चात निको भएको पशु सङ्ख्या ८ लाख ५३ हजार ५५८ र हाल सक्रिय संक्रमित पशु सङ्ख्या १ लाख ८० हजार ४०७ रहेको छ।

हाल सम्म देशभरिका ३ लाख ५० हजार ९२६ गाईहरुमा नेथिलिङ स्टेनको खोप लगाई सकिएको छ। सवै प्रकारका लामखुट्टे, झिंगा, भुसुना र किर्ना लगायतका टोक्ने किराले यो रोग सार्ने हुँदा गोठ सफा राख्न, गोठ वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न र गोठ नि:सङ्क्रमण गर्न पशु धनीहरुलाई अनुरोध गरिएको छ। मन्त्रालयमा लम्पी स्किन रोग नियन्त्रणका लागि पशुधनिहरुलाई निशुल्क गोट पक्स (Goat Pox) खोप उपलव्ध गराउने गरि छलफल अगाडी वढाइएको छ।

अभियानमुखि खोप कार्य संघ, प्रदेश र स्थानिय तहको समन्वयमा संचालन गर्दा मात्र नियन्त्रण कार्य प्रभावकारिता हुने देखिन्छ।

[डा. बोहरा पशु स्वास्थ्य महाशाखा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लम्पि स्किन रोगको फोकल पर्सन हुन।]

Tags: #government of NepalCorona Virus #Covid19Dr. Tapendra Prasad BoharaGoat pox vaccine
Nisarga hospital Dhangadhi
Previous Post

पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार गर्छु: मन्त्री बस्नेत

Next Post

नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै

Related articles

Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

2 weeks ago
841
नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व
Articles

नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व

2 months ago
879
अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति
Articles

अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति

4 months ago
802
बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical
Articles

बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical

4 months ago
1.2k
कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer
Articles

कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer

5 months ago
926
पक्षघात: लक्षण, कारण र बच्ने उपाय
Articles

पक्षघात: लक्षण, कारण र बच्ने उपाय

5 months ago
820
Next Post
नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै

नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...