Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

Nam Raj Bhatta by Nam Raj Bhatta
August 18, 2023
in Disease
Reading Time: 1 min read
A A
0
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
650
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

   ✍️ डा. दिपेन्द्र कार्की

शरीरमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । असन्तुलित खाना, व्यायामको कमी र मानसिक तनाव मधुमेह हुनुका मुख्य कारण हुन् ।

यो रोगको प्रमुख समस्या रोगप्रतिरोधात्मक क्षमता कम भएमा व्यक्तिमा धेरै देखिन्छ । मधुमेहबाट अहिले धेरै जना पीडित छन् । मधुमेहको समस्या सकेसम्म आउन नदिन केही उपाय अपनाउन सकिन्छ ।

नियमित व्यायाम गर्ने

नियमित व्यायामले रक्तप्रवाह, हार्मोन र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसले उच्च मेटाबोलिजम अर्थात् पाचनप्रक्रियालाई सक्रिया बनाएर शरीरमा बोसो जम्न दिइँदैन । नियमित व्यायामले रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले मधुमेहको कम खतरा हुन्छ ।

सन्तुलिन आहार खाने

दैनिक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन र फाइबरयुक्त खानेकुरा ठिक्क मात्रा मिलाएर खान सकिन्छ । जसले पाचनपक्रियालाई सक्रिय राखेर पेटमा बोसो जम्न दिंदैन र शरीरलाई स्वस्थ बनाउँछ ।

तौल नियन्त्रण गर्ने

शरीरमा खराब बोसो जमेर मोटोपनको समस्या हुने भएकाले तौल नियन्त्रण गर्नु जरुरी हुन्छ । त्यसैले स्वस्थ रहन र मधुमेह तथा मधुमेहले निम्त्याउने जोखिमबाट बच्न तौल नियन्त्रणमा राख्नुपर्छ ।

जंकफुड नखाने

जंकफुडमा कार्बोहाइड्रेट, चिनी, नुन, तेल, वनस्पति घिउ र केमिकलको धेरै प्रयोग हुन्छ । यसले शरीरमा फ्याट र रगतमा चिनीको मात्रा बढाउन सक्छ । जसकारण फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्ने समस्या हुन्छ ।

हामीले खाएको खानेकुरामा भएको पोषक तत्व जस्तै भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्टलाई आवश्यकता अनुसार शरीरका विभिन्न भागमा पुर्‍याउन सक्दैन । त्यति मात्र होइन, यो क्यान्सरको कारण समेत बन्न सक्छ ।

धुम्रपान र मद्यपान नगर्ने

धुम्रपान हुने निकोटिन र मद्यपानले (रक्तनली) धमनी कडा र साँघुरो बनाउने काम गर्छ । जसले शरीरमा कोलेस्टेरोल र फ्याट बढाउँछ र मुटुको धमनी पनि कडा हुन्छ । मुटुले शरीरमा राम्रोसँग रगत प्रवाह गर्न सक्दैन ।

रक्तचाप नियन्त्रण

उच्च रक्तचाप आफैंमा दीर्घरोग हो । यो पनि रक्तनलीले खराब बोसो वा चिल्लो जमेर धमनी कडा बनाउँछ । असन्तुलित खानपान, व्यायामको कमी र तनावले उच्च रक्तचापको समस्या हुने भएकाले बोसोरहित सन्तुलित खानपान गरेर यसलाई नियन्त्रणमा राख्नुपर्छ ।

तनाव नलिने

तनावले गर्दा खानपान र निद्रा नै प्रभावित हुन्छ । यसले शरीरमा इन्सुलिन उत्पादन कम हुने हुँदा मधुमेहको जोखिम हुन्छ । मानसिक तनावले शरीरबाट एडरेनल नामक ग्रान्थिबाट कर्टिसोन नामको हार्मोन निस्किन्छ । जसले पाचन थैलीबाट ग्यास्ट्रिक एसिडसहित विभिन्न खालका हार्मोन र रासायनिक पदार्थ निस्किन्छन् । यसले रगतमा चिनीको मात्रा पनि बढ्दा शरीरमा रोगप्रतिरोधी क्षमतामा ह्रास आउँछ । त्यसैले मुधमेह हुनै नदिन पनि तनावबाट पनि टाढा रहनुपर्छ ।

नियमित स्वास्थ्य जाँच

मधुमेह वंशाणुगत र लक्षणबिनाको पनि हुन्छ । त्यसैले कम्तीमा वर्षको एकपटक रगतमा सुगर लेभल परिक्षण गराउनुपर्छ । यसले शरीरमा सुगर लेभल कस्तो छ ? बढेमा पनि समयमा नै नियन्त्रण गर्न सकिन्छ । यसबाहेक बालबालिकालाई जंकफुड नदिने, शैक्षिक स्तरमा जंकफुड बन्दै गर्ने, मधुमेह तथा नसर्ने दीर्घरोगबारे जनचेतनामूलक कार्यक्रम गर्न सकिन्छ ।

(मधुमेहरोग विशेषज्ञ डा. कार्की ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा कार्यरत छन्।)

Tags: Corona Virus #Covid19Dr. Deependra karkiEndocrinology
SummarizeShare297ScanTweet147

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

World Alzheimer Day Illustration HealthNewsNepal

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

by HNN Staff
September 21, 2023
0

काठमाडौं, ४ असोज २०८० आज विश्व अल्जाइमर्स दिवस २०२३, "अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    774 shares
    Share 310 Tweet 194
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    679 shares
    Share 272 Tweet 170
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    632 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    682 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु
  • नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने
  • बर्दियाका अस्पतालका मेसु डा. पाण्डेय एघारौँ तहमा बढुवा 
  • किष्ट अस्पतालद्वारा ‘अर्गान डोनर सम्मान कार्यक्रम’, २०० भन्दा बढी अंगदाता सम्मानित
  • बुटवलमा स्तन एवं पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.