हाल विश्वमा COVID-19 ले तेस्रो विश्वयुद्धको आभाष गराएको छ । यस अगाडीका विश्वयुद्धहरु भन्दा पृथक किसिमको यो युद्धमा सम्पुर्ण विश्व एकातिर छ भने Corona Virus अर्को तिर छ । यसलाई (Coronavirus) परास्त गर्न सरकार, सेवा प्रदायक, नियमनकारी निकायहरु एवं सम्पूर्ण नागरिकहरु एक भई लड्नु पर्ने आजको आवश्यकता हो । श्रोत साधनको उपलब्धताले मात्र कोरना रोकथाम सम्भव छैन तर हाम्रो सोच, विचार र व्यवहारले कोरानाको त्रासवाट वच्न र वचाउन सकिन्छ । त्यसैले यसमा म–मेरो–हाम्रो भूमिकालाई आत्मवोध गरी COVID-19 माथि जीत हासिल गर्न निम्न वमोजिम गर्न उपयुक्त हुने देखिन्छ ।
१. विभिन्न देशहरुमा गरिएका अभ्यासहरुलाइ हेर्दा सक्रमणलाई रोकथाम एवं न्यूनिकरण गर्न Lockdown प्राथमिक रणनीति हो । Lockdown को पूर्ण पालन गर्दा व्यक्ति– व्यक्ति विचको भौतिक दुरी कायम हुने र Virus एक–अर्कोमा सर्नवाट रोकिने भएकाले संक्रमण फैलिनवाट जोगिन सकिन्छ । त्यसैले Lockdown अरुकालागी नभई हामी आफ्नो लागी हो भनि वुझि सचेत नागरिकको भूमिका निर्वाह गर्नु सवैको कर्तव्य हो । सचेत एंव जिम्मेवार नागरिक भइै Lockdown को पूर्णपालना गरी संक्रमण रोकथाममा आफ्नो सर्वोच्चतता कायम गर्ने ।
२. सम्भावित माहामारी रोक्न नेपालको संघिय सरकारले नीतिगत निणर्यहरुमा तथा प्रदेश सरकाले समन्वय र स्थानिय सरकारले कार्यान्वय तर्फ लाग्नु पर्दछ । यसो गर्दा सरकारी संयत्रको सामूहिक स्वामित्व रहने तथा कार्य प्रभावकारीतामा थप वल पुग्दछ । कार्यान्वयनमा आइपर्ने समस्यालाई स्थानिय तहले तत्काल प्रदेश सरकारलाई अनुरोध गर्ने र प्रदेश सरकारले तत्काल उक्त समस्या समाधानका लागी पहल गर्ने तथा संघिय सरकारले विपत् व्यवस्थापन संग सन्वधित ऐन नियमलाई समय सापेक्ष परिवर्तन गरी प्रदेश तथा स्थानिय सरकारलाई सहयोग गर्ने ।
३. कोराना विरुद्ध लड्न जनशक्ति व्यवस्थापन प्राथमिक पक्ष हो । यसमा हाल उपलब्ध जनशक्ति अपुग भएको होइन जनशक्ति परिचालनको स्पस्ट रणनीति नभएको हो । विपद्को समयमा सवै राष्ट्र« सेवक, कर्मचारी, व्यापारी, समाजसेवी, प्राज्ञिक व्यक्तिहरु, नागरिकहरु लगायत सवै एक जुटभई विपद् व्यवस्थापन गर्नु सामूहिक कर्तव्य हो । यसवेला आलोचना भन्दा पनि जुटेर काम गर्ने र सहकार्य नै सफलताकौ कडी हो भन्ने वझ्नु पर्दछ ।
त्यसैले सरकारले सरकारी/गैरसरकारी, निजी तथा सामूदायिक क्षेत्रका विज्ञ सहितको सहभागीतामा क्षेत्रगत Task force committee हरु वनाई तहगतरुपमा परिचालन गर्नुपर्दछ जस्तैः स्थानिय तहमा स्वास्थ्य सचेतना समूह, सुरक्षा समूह, आपूर्ति व्यवस्थापन समूह, स्वास्थ्य जांच तथा कन्ट्रयाक्ट लिस्टीङ्ग समूह, स्वास्थ्य व्यवस्थापन समूह, कानुन एवं मानव अघिकार समूह, सामाजीक सद्भाव समूह, सुपरिवेक्षण तथा अनुगमन समूह इत्यादि । विज्ञ समुहको सुझावको आधारमा समन्वयात्मक तरिकाले काम गर्दा प्रभावकारी हुने ।
४. विभिन्न देशवाट स्वदेश फर्केका नेपालीहरु तथा स्वदेशमा तिनिहरुका सम्पर्कमा भएका सम्पूर्ण व्यक्तिहरुको प्रयोगशाला परीक्षण समूदाय स्तरमै गर्ने । निजहरुलाई व्यवस्थित Quarantine मा तोकिएको समय सम्म अनिवार्य वस्ने प्रवन्ध मिलाउन पर्दछ । सवैको परिक्षण Lockdown अवधिभित्रै गरिसकेमा हामीले गरेका परीक्षणहरु प्रभावकारी हुने देखिन्छ । सक्रमित भइसकेको हकमा तोकिएको समय सम्म Isolation मा राखी उच्च मनोवल राख्ने गरी उपचार एंव व्यवस्थापन गर्ने ।
५. आफ्नो स्वास्थ्य आफ्नै हातमा छ भन्ने महसुस गरि व्यतिगत सरसफाई तथा स्वस्थकर खानपिनमा जोड दिदै अरुलाई पनि सोहि अनुसार गर्न गराउन सुझाउने ।
लेखक: ✍️ डा. डमरु प्रसाद पनेरु, पोखरा विश्वविद्यालय स्कूल एण्ड हेल्थ साइन्सेजका निर्देशक एवंम् जनस्वास्थ्य विषयका सह–प्राध्यपक हुन् ।