✍️ डा. सन्तोष दुलाल
भारतमा, विगत २४ घण्टाको अवधिमा, २ लाख भन्दा बढी (२,००,७३९) कोभिड-१९ संक्रमित भएका छन जुन महामारीको थालनी पछिको यो आंकडा सबैभन्दा धेरै हो, १०३८ मृत्यु संख्या रिपोर्ट भएको छ जुन सेप्टेम्बर यताको सबै भन्दा उच्च हो। भारतमा मात्र कोभिड-१९ को कारणले मर्नेहरूको संख्या १,७३,१२३ पुगेको छ। अहिले सम्मकै संक्रमण उक्च विन्दुमा पुगेकोले नयाँ दिल्लीमा कर्फ्यु लगाइएको छ भने नेपाल सँग सिमानाका जोडीएका राज्यहरु पश्चिम बंगाल, उत्तर प्रदेश र बिहारमा संक्रमण उच्च रहेको छ।
बंगलादेशमा, पछिल्लो २४ घण्टाको अवधिमा, ७,५०० भन्दा बढी कोभिड-१९ संक्रमित रिपोर्ट भएका छन, ९६ मृत्यु संख्या छ जुन महामारीको थालनी पछि उच्चतम दैनिक मृत्यु संख्या हो। संक्रमण र मृत्युले नयाँ रेकर्ड बनाउदै गर्दा, बंगलादेश सरकारले ढाकामा बुधवार देखि आठ दिनका लागि सबै कार्यालय, पसल, यातायात, र हवाई यात्रा, बन्द गर्न आदेश दिएको छ। बंगलादेशका मुख्य शहरहरुमा “लक डाउन” चालु गरिएको छ।
पाकिस्तानमा, पछिल्लो २४ घण्टाको अवधिमा, ५४०० संक्रमित रिपोर्ट भएका छन, र १२० जनाको मृत्यु भएको छ जुन दैनिक मृत्यु संख्या अति उक्च हो। पाकिस्तानका सहरमा कोभिड-१९ को संक्रमण संख्यामा भएको वृद्धिले लाहोरका कतिपय अस्पतालहरूमा सोमबार अक्सिजन आपूर्ति सकिएको छका। गम्भिर अवस्थाका बिरामीहरुका लागि अक्सिजनको कमि भएको छ र जनस्वास्थ्य अवस्था गम्भिर मोडमा पुगेको छ ।
नेपालमा, विगत २४ घण्टाको अवधिमा, ४ हजार १ सय कोरोना परीक्षण गर्दा ५ सय ३४ जना संक्रमित भएका छन जुन परीक्षणमा कोरोना संक्रमण दर १२.८ प्रतिशत हुन्छ । कोरोना संक्रमण २ गुणा वृद्घि हुन केवल विगत १ हप्ताको समय अवधी, त्यस्तै ६ गुणा वृद्घि हुन केवल विगत ६ हप्ताको समय अवधी, ले अबको जनस्वास्थ्य अवस्था भयावह/गम्भिर मोडमा पुग्ने अनुमान गर्न सकिन्छ ।
यि आंकडा, तत्य र आधारलाई विश्लेषण गर्दा आनुवंशिक उत्परिवर्तन भएर आएका सार्स – कोभ-२ का भेरियन्टहरुले पहिलो छाल भन्दा आक्रमक भएर संक्रमण गराउदै वर्तमानमा दक्षिण एशियालाई कोरोनाको “हटस्पट” बनाएको छ। साथै, कोरोना संक्रमणको दोश्रो छालले शिखर चुमेको छ भने हालको जनस्वास्थ्य अवस्था गम्भिर मोडमा पुगेको छ ।