Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

१० वर्ष उमेर सम्मका ६ हजार ४सय ९४ मा कोरोना संक्रमण #CoronaVirus

Nam Raj Bhatta by Nam Raj Bhatta
April 17, 2021
in News
Reading Time: 1 min read
A A
0
Fighting Covid19 Together with HealthNewsNepal.com

Fighting Covid19 Together with 4.188.83.218/hn/

622
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ०४ वैशाख २०७८

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन ।

अहिले अधिकांश विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन भइरहेका छन् । ती विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको पनि पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना अति प्रभावित जिल्लामा ‘विद्यार्थी नपठाउन’ अभिभावकलाई अपिल गरिए पनि कार्यान्वयन हुन सकिरहेको छैन ।

हालसम्म कोरोना संक्रमणबाट १० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ बालबालिका संक्रमित भएका छन् । ० देखि २० वर्ष उमेर समूहका २४ हजार ४ सय ४० मा संक्रमण देखिएको छ । तीमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय १६, प्रदेश २ मा ३ सय ५१ बालबालिका १० वर्ष उमेर समूहका संक्रमित छन् । बाग्मती प्रदेशमा सबैभन्दा बढी ३ हजार ४ सय ८६, गण्डकी प्रदेशका ३ सय ३०, लुम्बिनी प्रदेशका ६ सय ८९, कर्णाली प्रदेशका २ सय २० र सुदूरपश्चिम प्रदेशका ८ सय २ बालबालिकामा संक्रमण देखिएको छ । शुक्रबार देशभर ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार ० देखि ९ वर्ष समूहका १५ र १० देखि १९ वर्ष समूहका ६६ बालबालिका कोरोना संक्रमित भएका छन् । सरकारले विद्यालय बन्द नगर्ने तर विद्यालयमा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन रणनीति अघि सारेको छ ।

मन्त्रालयले स्थानीय तहमार्फत विद्यालय बन्द गर्न गरिएको निर्णय कार्यान्वयनमा ल्याउन र स्वास्थ्य मापदण्ड पालनमा आग्रह गरेको छ । शिक्षण संस्थाभित्र सभा तथा भीडभाड नगर्न सुझावसमेत दिइएको छ । शिक्षण संस्थामा मास्क तथा सेनिटाइजर अनिवार्य प्र यो गगर्ने ,साबुन पानीले हात धु ने र व्यक्तिमा सं क्रमण लक्षण पाइए तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्था प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ ।

Corona virus awareness
Corona virus awareness

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शिक्षण संस्था सञ्चालन गर्दा भीडभाड नहुनेगरी विद्यार्थी संख्या एवं संस्थाको मौजुदा पूर्वाधार एवं संस्था रहेको स्थान विशेषको संक्रमणको पछिल्लो अवस्थासमेत विचार गरी अघि बढ्न आग्रह गरिएको छ । यसका लागि स्थानीय तहसँग समन्वय एवं परामर्श गरी आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई सम्बन्धित संस्थाले सिकाइ क्रियाकलाप सञ्चालन व्यवस्था मिलाउनुपर्नेछ । तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रम आयोजना नगर्न आग्रह गरिएको छ ।

मन्त्रालयले ‘संक्रमण फैलिएको वा संक्रमण जोखिम उच्च भएको’ भनी पहिचान गरेका जिल्ला, सहर वा स्थान विशेषको हकमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम त्यस्ता विद्यालय बन्द वा तोकिएबमोजिम सञ्चालन गर्न आग्रह गरेको छ ।

Corona Virus in Nepal
Corona Virus in Nepal

त्यस्तै, काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण अवस्था हेरेर विद्यालय बन्द वा सञ्चालन सम्बन्धमा निर्णय गर्ने योजना बनाएको छ । महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको हो । कामपाले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘कुनै पनि विद्यालयमा कोरोना संक्रमण देखिए एक साताका लागि बन्द गर्न सक्ने’ निर्णय गरेको छ । बन्द गरिएका विद्यालयमा वैकल्पिक मध्ययमबाट शिक्षण सिकाइ गर्न गराउन पनि कामपा शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संक्रमण नदेखिएका अवस्थामा विद्यालयमा भौतिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग तथा साबुनपानीले पटकपटक हात धुने, सेनिटाइजर प्रयोगलगायत मन्त्रालयबाट विगतमा जारी मापदण्ड कडाइसाथ पालना गरी अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न विज्ञप्तिमा भनिएको छ । कामपामा हाल ९१ सामुदायिक र ६ सय ४५ संस्थागत गरी ७ सय ३६ विद्यालय छन् ।

अभिभावक महासंघ अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकाले विद्यालय सञ्चालन गर्न नहुने बताए ।

एनप्याब्सन महासचिव सुवास न्यौपानेले वस्तुस्थिति सही मूल्यांकन गरेर सरकारले निर्णय गर्नुपर्नेमा जोड दिए । निजी विद्यालयको छाता संगठन प्याब्सन अध्यक्ष टीकाराम पुरीले अहिल्यै विद्यालय बन्द गर्न‘पर्ने अवस्था नरहेको भन्दै विकराल अवस्था आउनुअघि नै सबै मापदण्ड व्यवस्था गर्ने र नियमपालन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, देशभर शुक्रबार थप ९ सय जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार ८ सय ३६ पीसीआर र ६४ जना एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएको हो । योसँगै कुल संक्रमित संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको छ । जसमध्ये ५ हजार ८ जना आइसोलेसनमा छन् । देशभर पीसीआर परीक्षण संख्या २३ लाख ३५ हजार ८४ पुगेको छ । गत २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल, देशभर ७७ जना क्वारेन्टाइनमा छन् ।
(आजको राजधानी दैनिकबाट साभार)

Tags: #government of Nepal#Health and population ministryChild HealthCorona Virus #Covid19
SummarizeShare270ScanTweet147

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

by Nam Raj Bhatta
October 5, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (केन्द्रीय सदस्य) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। सुदुरपश्चिम प्रदेशमा...

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

by Nam Raj Bhatta
October 4, 2026
0

समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी...

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

by Nam Raj Bhatta
October 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा...

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    883 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
  • मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै
  • भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त
  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.