थप २७९ जनामा कोरोनाको पुष्टि , संक्रमितको संख्या ४३६४ पुग्यो #Covid19

काठमाडौं , २८ जेठ

नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४३६४  पुगेको छ। संक्रमितमध्ये ६७४ जना निको भर घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ।

डा. गौतमका अनुसार दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकोले थप सचेत हुन आग्रह गरेका छन।

Next Post

Discussion about this post

ADVERTISEMENT