आज मिति : २०८२ जेष्ठ १९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपालमा कोरोना संक्रमित मध्ये सबैभन्दा बढी बालबालिका #Covid19

HNN Staff by HNN Staff
July 5, 2020
in Disease
A A
0
नेपालमा कोरोना संक्रमित मध्ये सबैभन्दा बढी बालबालिका #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️  नमराज भट्ट

काठमाडौं , २१ असार

नेपाल सरकारले देशभर बालबालिकामा संक्रमणको घटना बढ्दै गएको भन्दै विशेष सावधानीका लागि आदेश गराएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभर १४ हजार भन्दा बढी संक्रमितमध्ये २ हजार ६१ जना १८ वर्ष मुनिका बालबालिका रहेको जानकारी दिए ।

डा. गौतमले हालैमात्रै सुदूरपश्चिम प्रदेशमा ९ वर्ष मुनिका १७५ बालबालिकामा संक्रमण पुष्टि भएको जानकारी दिए।

अविभावक संक्रमित भएको अवस्थामा बालबालिकाबाट टाढै बस्नसमेत सरकारले आग्रह गरेको छ ।

संक्रमित भएको आमा वा अन्य व्यक्तिले बच्चाको नजिक रहँदा, हाच्छियूँ गर्दा वा माया गर्दा बालबालिकामा संक्रमण हुने अवस्था उच्च नै हुन्छ।

बालबालिकाहरुमा कसरी संक्रमण बढिरहेको छ भनी यसको बारेमा केही बालरोग विशेषज्ञको भनाई यस्तो छ।

सेती प्रादेशिक अस्पताल धनगढीबाट वरिष्ठ बालरोग विशेषज्ञ डा.प्रदिप मिश्र का अनुसार अहिले बालबालिकाको कोरोना संक्रमणकाे प्रकृतीहेर्दा वयस्क व्यक्तिबाटै सरिरहेको छ । बिशेष गरि बच्चाहरुमा बयस्कहरुबाट नै कोरोना सर्ने गरेको देखिएको छ। किनभने घरमा बढी घुलमिल बच्चाहरु संगै हुने भएकाले बच्चाहरुमा बढी संक्रमण देखिएको वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदिप मिश्रले बताएका छ्न ।

received 725861884820971 1

डा. मिश्रले भने नेपालमा पहिलोपटक सुदुरपश्चिममा नवजात शिशुमा जुन ४ दिनको बच्चामा कोरोना सन्क्रमित देखिएको थियो। प्राय गरेर सुदुरपश्चिम प्रदेशमा ४० प्रतिशत मानिसहरु भारतमा मजदुर गर्न जान्छ्न।

बालबालिकालाई संक्रमणबाट जोगाउने जिम्मेवारी बाबुआमा र अविभावकको भएको भन्दै उनले बालबालिकालाई घरमैमा राख्न, भिडभाडमा नलान र बाहिर लैजानुपरे आफू र बालबालिकालाई पनि अनिवार्य मास्कको प्रयोग गर्नसमेत उनले आग्रह गरे ।

तर, गर्भवस्थाबाट बच्चामा कोरोना संक्रमण हुने हाल प्रमाणित बिश्वमा भइसकेको छ। बच्चाहरुका अभिभावकहरुले बाहिर आफ्नो काम बाट फर्किदा अनिवार्य रुपमा लुगाकपडा फेरेर अनि हात मुख धोएर मात्रै बच्चाहरुलाई समात्नु हुनु डा. मिश्रले अनुरोध गरेका छ्न्।

सुदुरपश्चिममा धेरै जसो बच्चाहरुमा कोरोना संक्रमण देखिनुको कारण भारतबाट नेपालको यात्रा अनि क्वारेन्टाइनमा बसेर आफ्नो सरसफाइ नहुदा बढी जोखिम भएको बताए।
उनका अनुसार संक्रमित भएको आमा वा अन्य व्यक्तिले बच्चाको नजिक रहँदा, हाच्छियूँ गर्दा वा माया गर्दा बालबालिकामा संक्रमण हुने अवस्था उच्च नै हुन्छ।

भरतपुर अस्पताल नवजात शिशु तथा सघन उपचार कक्ष विशेषज्ञ डा.ओम कृष्ण पाठकको भनाई अनुसार नवजात शिशु तथा बालबालिकामा वयस्क सँगको घुलमिल बाट कोरोना संक्रमण भएको देखिन्छ। विश्वको तुलनामा नेपालको अहिलेसम्मको तथ्याङ्क अनुसार बालबालिका बढि संक्रमित देखिएका छन् (७% Vs 14%)। तसर्थ अहिलेसम्म गम्भीर प्रकृतिका बालबालिकाको संख्या कम भएतापनि सो बढ्न सक्ने आंकलन गर्दै त्यस्ता बालबालिकाको उपचार गर्न आबश्यक सघन उपचार कक्ष को तयारी बेलैमा गर्न पर्ने देखिन्छ।

USER SCOPED TEMP DATA orca image 1510888680

साथै नेपाल सरकारले अस्पतालमा बालबालिकाको उपचार गर्न आवश्यक सघन उपचार कक्षको अभाब भएमा मेडिकल कलेज वा अन्य अस्पतालमा उपलव्ध भएका सघन उपचार कक्षको उपयोग गर्न यथासक्य छिटो पहल गर्नु पर्दछ।

नेपालमा १४ वरिपरिको मुनिका ८३७ बालबालिकामा कोरोनाको संक्रमण देखिएको छ।

१४ वर्ष मुनिका बालबालिकाको कोरोना संक्रमण प्रदेश विवरण अनुसार यस प्रकार रहेको छ।

प्रदेश न. १ मा ३१ जना

प्रदेश न . २ मा २५६ जना

बागमती प्रदेशमा १२ जना

गण्डकी प्रदेशमा ३० जना

प्रदेश न. ५ मा १६८ जना 

 कर्णाली प्रदेशमा ६९ जना

सुदुरपश्चिम प्रदेशमा २७१ जना

हाल सम्म नेपालमा १४ वर्ष मुनिका ८३७ जना बालबालिकामा कोरोना संक्रमित देखिएको इपिडियोमोलोजिका निर्देशक डा . बाशुदेब पाण्डेले जानकारी दिएका छ्न।

१४ वर्ष मुनिका बालबालिका मध्ये  सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा संक्रमित रहेका छ्न ।

Tags: #Health and population ministry#smoking #disease #Bharatpur HospitalChild HealthCorona Virus #Covid19MedicineSeti Provincial Hospital
Nisarga hospital Dhangadhi
Previous Post

कोरोनाबाट मृत्यु भएको मान्छेबाट कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय #Covid19

Next Post

सरकारले कोभिड-१९ परीक्षणमा लगाएको सिंडीकेटबाट स्थानीय तहमा संक्रमण बढ्ने #Covid19

Related articles

Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

3 weeks ago
907
हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने
Disease

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

1 year ago
800
World Alzheimer Day Illustration HealthNewsNepal
Disease

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

2 years ago
902
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
Disease

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

2 years ago
3k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
Disease

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 years ago
792
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

2 years ago
890
Next Post
सरकारले कोभिड-१९ परीक्षणमा लगाएको सिंडीकेटबाट स्थानीय तहमा संक्रमण बढ्ने #Covid19

सरकारले कोभिड-१९ परीक्षणमा लगाएको सिंडीकेटबाट स्थानीय तहमा संक्रमण बढ्ने #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,051)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...