10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा कोरोना संक्रमित मध्ये सबैभन्दा बढी बालबालिका #Covid19

HNN Staff by HNN Staff
July 5, 2020
in Disease
Reading Time: 2 mins read
A A
0
नेपालमा कोरोना संक्रमित मध्ये सबैभन्दा बढी बालबालिका #Covid19
603
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️  नमराज भट्ट

काठमाडौं , २१ असार

नेपाल सरकारले देशभर बालबालिकामा संक्रमणको घटना बढ्दै गएको भन्दै विशेष सावधानीका लागि आदेश गराएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभर १४ हजार भन्दा बढी संक्रमितमध्ये २ हजार ६१ जना १८ वर्ष मुनिका बालबालिका रहेको जानकारी दिए ।

डा. गौतमले हालैमात्रै सुदूरपश्चिम प्रदेशमा ९ वर्ष मुनिका १७५ बालबालिकामा संक्रमण पुष्टि भएको जानकारी दिए।

अविभावक संक्रमित भएको अवस्थामा बालबालिकाबाट टाढै बस्नसमेत सरकारले आग्रह गरेको छ ।

संक्रमित भएको आमा वा अन्य व्यक्तिले बच्चाको नजिक रहँदा, हाच्छियूँ गर्दा वा माया गर्दा बालबालिकामा संक्रमण हुने अवस्था उच्च नै हुन्छ।

बालबालिकाहरुमा कसरी संक्रमण बढिरहेको छ भनी यसको बारेमा केही बालरोग विशेषज्ञको भनाई यस्तो छ।

सेती प्रादेशिक अस्पताल धनगढीबाट वरिष्ठ बालरोग विशेषज्ञ डा.प्रदिप मिश्र का अनुसार अहिले बालबालिकाको कोरोना संक्रमणकाे प्रकृतीहेर्दा वयस्क व्यक्तिबाटै सरिरहेको छ । बिशेष गरि बच्चाहरुमा बयस्कहरुबाट नै कोरोना सर्ने गरेको देखिएको छ। किनभने घरमा बढी घुलमिल बच्चाहरु संगै हुने भएकाले बच्चाहरुमा बढी संक्रमण देखिएको वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदिप मिश्रले बताएका छ्न ।

received 725861884820971 1

डा. मिश्रले भने नेपालमा पहिलोपटक सुदुरपश्चिममा नवजात शिशुमा जुन ४ दिनको बच्चामा कोरोना सन्क्रमित देखिएको थियो। प्राय गरेर सुदुरपश्चिम प्रदेशमा ४० प्रतिशत मानिसहरु भारतमा मजदुर गर्न जान्छ्न।

बालबालिकालाई संक्रमणबाट जोगाउने जिम्मेवारी बाबुआमा र अविभावकको भएको भन्दै उनले बालबालिकालाई घरमैमा राख्न, भिडभाडमा नलान र बाहिर लैजानुपरे आफू र बालबालिकालाई पनि अनिवार्य मास्कको प्रयोग गर्नसमेत उनले आग्रह गरे ।

तर, गर्भवस्थाबाट बच्चामा कोरोना संक्रमण हुने हाल प्रमाणित बिश्वमा भइसकेको छ। बच्चाहरुका अभिभावकहरुले बाहिर आफ्नो काम बाट फर्किदा अनिवार्य रुपमा लुगाकपडा फेरेर अनि हात मुख धोएर मात्रै बच्चाहरुलाई समात्नु हुनु डा. मिश्रले अनुरोध गरेका छ्न्।

सुदुरपश्चिममा धेरै जसो बच्चाहरुमा कोरोना संक्रमण देखिनुको कारण भारतबाट नेपालको यात्रा अनि क्वारेन्टाइनमा बसेर आफ्नो सरसफाइ नहुदा बढी जोखिम भएको बताए।
उनका अनुसार संक्रमित भएको आमा वा अन्य व्यक्तिले बच्चाको नजिक रहँदा, हाच्छियूँ गर्दा वा माया गर्दा बालबालिकामा संक्रमण हुने अवस्था उच्च नै हुन्छ।

भरतपुर अस्पताल नवजात शिशु तथा सघन उपचार कक्ष विशेषज्ञ डा.ओम कृष्ण पाठकको भनाई अनुसार नवजात शिशु तथा बालबालिकामा वयस्क सँगको घुलमिल बाट कोरोना संक्रमण भएको देखिन्छ। विश्वको तुलनामा नेपालको अहिलेसम्मको तथ्याङ्क अनुसार बालबालिका बढि संक्रमित देखिएका छन् (७% Vs 14%)। तसर्थ अहिलेसम्म गम्भीर प्रकृतिका बालबालिकाको संख्या कम भएतापनि सो बढ्न सक्ने आंकलन गर्दै त्यस्ता बालबालिकाको उपचार गर्न आबश्यक सघन उपचार कक्ष को तयारी बेलैमा गर्न पर्ने देखिन्छ।

USER SCOPED TEMP DATA orca image 1510888680

साथै नेपाल सरकारले अस्पतालमा बालबालिकाको उपचार गर्न आवश्यक सघन उपचार कक्षको अभाब भएमा मेडिकल कलेज वा अन्य अस्पतालमा उपलव्ध भएका सघन उपचार कक्षको उपयोग गर्न यथासक्य छिटो पहल गर्नु पर्दछ।

नेपालमा १४ वरिपरिको मुनिका ८३७ बालबालिकामा कोरोनाको संक्रमण देखिएको छ।

१४ वर्ष मुनिका बालबालिकाको कोरोना संक्रमण प्रदेश विवरण अनुसार यस प्रकार रहेको छ।

प्रदेश न. १ मा ३१ जना

प्रदेश न . २ मा २५६ जना

बागमती प्रदेशमा १२ जना

गण्डकी प्रदेशमा ३० जना

प्रदेश न. ५ मा १६८ जना 

 कर्णाली प्रदेशमा ६९ जना

सुदुरपश्चिम प्रदेशमा २७१ जना

हाल सम्म नेपालमा १४ वर्ष मुनिका ८३७ जना बालबालिकामा कोरोना संक्रमित देखिएको इपिडियोमोलोजिका निर्देशक डा . बाशुदेब पाण्डेले जानकारी दिएका छ्न।

१४ वर्ष मुनिका बालबालिका मध्ये  सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा संक्रमित रहेका छ्न ।

Tags: #Health and population ministry#smoking #disease #Bharatpur HospitalChild HealthCorona Virus #Covid19MedicineSeti Provincial Hospital
SummarizeShare252ScanTweet146

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

World Alzheimer Day Illustration HealthNewsNepal

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

by HNN Staff
September 21, 2023
0

काठमाडौं, ४ असोज २०८० आज विश्व अल्जाइमर्स दिवस २०२३, "अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    625 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    608 shares
    Share 243 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    596 shares
    Share 238 Tweet 149

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
  • धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.