Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

महामारीको कथा, भुत र भविष्य: कोभिड-१९ को तेश्रो लहरको उत्कर्षमा उभिएर हेर्दा

HNN Staff by HNN Staff
January 28, 2022
in Articles
Reading Time: 2 mins read
A A
0
Covid Management in Pandemic Era, कोरोना व्यवस्थापन

Covid Management in Pandemic Era, कोरोना व्यवस्थापन

636
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
Ram Prasad Ojha Medical Lab Technologist
✍️राम प्रसाद ओझा, मेडिकल ल्याब टेक्नोलोजिस्ट

चराचर मानव जगत अहिले कोरोनाको तेश्रो लहर संग जुधिरहेको छ I यसै सन्दर्भमा के कोरोनाको यो महामारी मात्रै मानव जगतले भोगेको पहिलो महामारी हो त ? कोरोनाको अगाडी हामी किन यति लाचार भयौ? हामीले महामारी नियन्त्रणका लागि गरिसकेका र गरिरहेका प्रयासहरु साचिक्कै कमजोर थिए र छन् त ? वर्तमानमा हामी कहाँ छौ? भविस्यमा के गरियो भने हामी हाम्रो समाजलाई, देशलाई र सम्पूर्ण विश्वलाई बढी सुरक्षित बनाउन सक्छौ ? यी र यस्तै कुराहरुमा यो लेख केन्द्रित छ I

सर्वप्रथम सुरू गरौ, के कोरोनाको यो महामारी मात्रै मानव जगतले भोगेको पहिलो महामारी हो त ? भन्ने कुराबाट, उत्तर प्रस्टै छ, निश्चित रुपमा हैन I इतिहास साक्षि छ। यो जगतमा विभिन्न कालखण्डमा महामारी गराउन सक्ने संक्रामक रोगहरुको उदय भएको छ र फैलीएका छन् I बिगतमा भईसकेका र भविष्यमा फेरी पनि नहोलान भन्न नसकिने मुख्य उदाहरणीय महामारीहरुको रुपमा प्लेग, हैजा, फ्लू, सार्स र मर्सलाई लिन सकिन्छ I र हाल पुरै मानव सभ्यता कोभिड -१९ को चपेटामा फसेको हामी सबैलाई ज्ञात छ/भुक्तभोगी छौ I

उसो भए कोरोनाको अगाडी हामी किन यति लाचार भयौ त ? प्रमुख उत्तर हुन् – आवश्यक तयारी नहुनु र निर्णय क्षमताको कमि I निश्चित रुपमा पूर्ववत महामारीले मानवजातिको शारीरिक, मानसिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक र सांस्कृतिक आदि विभिन्न आयामहरुमा जबर्जस्त प्रभाव पारेर अपुरणीय क्षति पुर्याएको कुरा सत्य हो, तथापी यस्ता महामारीहरुले मानव सभ्यतालाई केही हद सम्म महामारीहरु बिरुद्ध लड्ने ज्ञान, प्रविधि, कला र साहस सहितको बुद्धि पनि प्रदान गरेको कुरालाई नकार्न सकिदैन I अहिले नेपाल जस्तो विकाशसिल देशको त कुरै छोडौ, विकसित भनिएका देशहरुले पनि समयमा तयारी गर्न नसक्दा ठुलो क्षति व्यहोर्नु परेको कुरालाई नकार्न सकिदैन I

दोस्रो कुरा, महामारीमा सहि निर्णय तत्काल गर्नुपर्ने हुन्छI महामारीका बिरुद्ध रणनैतिक योजनाको खाँचो हुन्छ I यसका लागि निर्णय कर्ता, निर्णय कार्यान्वयनकर्ता र निर्णय पालनकर्ता सबैको महत्वपुर्ण भूमिका हुन्छ I निर्णय गर्न मा ढिलाई, कार्यान्वयनमा अलमल र पालनकर्तामा उदासीनता भयो भने महामारी समयमा नै नियन्त्रण गर्न गाह्रो हुन्छ I

कोरोनाको पहिलो लहर देखि दोस्रो लहर हुदै हाल तेश्रो लहर सम्म पुग्दा निर्णय सम्बन्धिका कुराहरुले पनि नेपाल जस्ता देशहरुलाई समयमा नै महामारी नियन्त्रण गर्न अप्ठ्यारो पारेको तथ्यलाई स्वीकार गर्नुपर्ने हुन्छ I

यी दुइ प्रमुख कारणहरु बाहेक हाम्रो देशको आर्थिक स्रोत साधनको कमि, तिन तहका सरकारहरुको एक आपसमा सहकार्य, समन्वय र संचारमा अपेक्षाकृत तालमेलको कमि, परिक्षणका लागि चाहिने नविनतम प्रयोगशाला प्रविधि तथा द्रुत परिक्षण किटहरुको सहि तथा समयानुकुल चयनको कमि, उपचारमा प्रयोग हुने चिकित्सीय साधनहरुको कमि साथै स्वास्थ्य जनशक्तिको कमि र उपलब्ध जनशक्तिको पनि सहि व्यवस्थापन एवं परिचालन गर्न नसक्दा कोरोना महामारी समयमा नै नियन्त्रण गर्न समस्या भएको हो भन्ने कुरालाई आत्मसात गर्नु आवश्यक छ।

के हामीले महामारी नियन्त्रणका लागि गरिसकेका र गरिरहेका प्रयास हरु साचिक्कै कमजोर थिए र छन् त ?

निश्चित रुपमा गरिएका प्रयासहरु सकारात्मक थिए र छन् । स्वास्थ्यकर्मीहरुले मानवताका खातिर डटेर काम गरेका छन् , संचारकर्मी लगायत अन्य सरोकारवाला निकायहरुको पनि अतुलनीय योगदान रहेको छ I दातृनिकायको पनि ठुलो भूमिका रहेको छ I राज्य अभिभावक भएको नाताले जन अपेक्षा अनुसार अझै थप काम गरि सीमान्तकृत जनता सम्म थप सेवा दिन अल्पकालीन र दीर्घकालीन योजना बनाएर कार्य गर्नुपर्ने हुन्छI

वर्तमानमा हामी कहाँ छौ?

ढिलोगरि भएपनि सिमा नाकामा हेल्थ डेस्कको सुरुवात संगै सिमा नाका व्यवस्थित गर्ने कामको सुरुवात भएको छ। आइसोलेसन र क्वारेन्टाइनको बारेमा चेतना जागेको छ I नवीनतम प्रयोगशाला प्रविधि दुर्गम ठाउँ सम्म बिस्तार भएका छन् I विश्वसनिय द्रुत परिक्षण बिधिहरुको पहुँच बढेको छ I अस्पतालहरुको क्षमता अभिविर्दी हुनुको साथै अस्पतालको विकास गर्नुपर्छ भन्ने भावना पलाएको छ I स्वास्थ्यमा जनशक्ति बढाउनुपर्छ भन्ने कुराको धारणा बिकास भएको छ I प्रभावकारी खोपहरुको पहुँच विस्तार भएको छ I कम्तिमा कोरोनाको संका लागेमा सजिलै जाँच गर्न सकिने र स्वास्थ्यमा जटिलता आइहालेमा चिकित्सीय सेवा दिन सकिने अवस्थामा हामी छौ I तथापी अझै गर्नुपर्ने धेरै बाँकी नै छ I

भविष्यमा के गरियो भने हामी हाम्रो समाजलाई , देशलाई र सम्पूर्ण विश्वलाई बढी सुरक्षित बनाउन सक्छौ ?

कोभिड-१९ को महामारी नियन्त्रण र क्षति न्यूनीकरणका लागि कार्य गर्दैगर्दा जनस्वास्थ्य समस्याका रुपमा भविष्यमा पनि देखिन सक्ने महामारीहरुको रोकथामका लागि हामी सबै आजै देखि लाग्नुपर्ने हुन्छ I त्यसका लागि तल उल्लेखित कुराहरुमा ध्यान पुर्याउनु आवश्यक छ:

१. सिमा नाकामा अस्थायी रुपमा संचालित हेल्थ डेस्क हरुलाई स्थाई रुपमा विकास गरि सिमा नाका व्यवस्थितगर्नु पर्दछ I प्रयोगशालाकर्मी र अन्य स्वास्थ्यकर्मीहरुको संख्या बढाई स्थाई दरबन्दी सिर्जना गरि द्रुत परिक्षण किट हरुको माध्यमवाट screening गर्ने कार्य लाई बढावा दिनुपर्छ I

२. आधारभूत सुविधा भएका क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरुको विस्तार गरि स्थायीरुपमा विकास गर्नुपर्छ I

३. दुर्गम ठाउँ सम्म विस्तार भएका नवीनतम प्रयोगशाला प्रविधि जस्तै : PCR Lab हरुले दिने सेवा सम्बन्धित ठाउँको आवश्यकता अनुसार विभिन्न किसिमका रोगहरुको निदानका लागि सुचारु राख्नुपर्छ I ति प्रयोगशालाहरुमा विज्ञ व्यक्ति सहित आवश्यक जनशक्तिको समुचित स्थायी व्यबस्थापन गरिनुपर्छ I

४. जनस्वास्थ्य संग सम्बन्धित महामारी फैलाउन सक्ने रोगहरु को निदान का लागि नवीनतम विस्वसनीय द्रुत परिक्षणगर्ने साधन हरुको प्रयोग गर्ने र यस्ता साधनहरुको चयन र विकासमा ध्यान दिनुपर्ने I

५. अस्पतालहरुको क्षमता अभिवृद्धि र विकास गरिनुपर्ने I

६. चिकित्सक, नर्स, प्रयोगशालाकर्मी तथा अन्य स्वास्थ्य कर्मीहरुको संख्या बैज्ञानिक हिसाबले थप गर्नुपर्ने I

७. रोग निगरानी प्रणालीलाई बलियो बनाउने I

८. प्रभावकारी खोपको अध्ययन, अनुसन्धान र विकास गरिनुपर्दछ I साथै उपलब्ध खोपको पहुँच विस्तार गर्नुपर्छ I

९. मानव, पशुपन्छी र वातावरण स्वस्थ राख्नका लागि एक स्वास्थ्य अवधारणामा कार्य गर्ने I

यी बाहेक महामारी नियन्त्रणमा सबैको महत्वपुर्ण भूमिका हुने हुँदा आम जनताले पनि तोकिएका मापदण्डहरुको पालना गरि जिम्मेवार नागरिकको कर्तब्य पालना गर्नुपर्ने हुन्छ I

स्मरण रहोस, हामी सबै जना एकजुट भै धैर्य, शान्ति, प्रेम र भातृत्वको भावनाले अभिप्रेरित भएर विज्ञानको सहयोगले हाल चलिरहेको महामारी र भविष्यमा आउन सक्ने महामारीहरुलाई नियन्त्रण गर्न अवश्यमय सफल हुनेनै छौँ I

(कोभिड- १९ को सुरुवाति चरण देखि नै यसको रोकथाम, नियन्त्रण र निदानमा खटिनुभएका लेखक राम प्रसाद ओझा हाल प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनगढी, सुदूरपश्चिम प्रदेशमा निमित्त निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ I)

Tags: Corona Virus #Covid19Health laboratory office dhangadhiRam prasad ojha
SummarizeShare284ScanTweet147

Related articles

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त
  • गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने
  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.