Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ३१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाली औषधि बजार र अबको बाटो

हाराहारी ५३ अर्बको नेपाली औषधि बजारमा लगभग आधा मात्रै घरेलु औषधी उद्योगहरुले व्यापार ओगटेको देखिन्छ।‌

HNN Staff by HNN Staff
June 16, 2022
in Articles
Reading Time: 2 mins read
A A
0
Rajesh Acharya Vega Pharmaceuticals

Rajesh Acharya Vega Pharmaceuticals

661
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ राजेश आचार्य, भेगा फर्मास्यूटिकल्स प्रा. लि

केही समय अगाडि  मात्रै समग्र विश्व नै कोभिड -१९ को महामारीले आक्रान्त भएको अवस्थामा सारा विश्व जनसमुदायले आशा र भरोसाको रुपमा हेरेको र पत्याएको उद्योग हो औषधि उद्योग।‌ सोही माहामारीले बिक्षिप्त बनाएको विश्वलाई अलि ढिलै भएपनि खोपको अनुसन्धान, उत्पादन तथा सम्पूर्ण विश्वभर विक्री वितरण गरेर केही सिमित उद्योगहरुले विश्व जनसमुदायलाई नै बिर्सनै नसकिने गुण लगाएको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ।

अर्को अर्थमा बुझ्ने हो भने, यी समिति अन्तराष्ट्रिय उद्योगहरुले सेवाका साथसाथै मुनाफा पनि प्रशस्तै आर्जन गरेका छन्। तर पनि प्रत्यक्ष जनस्वास्थ्य सँग सम्बन्धित क्षेत्र भएकाले यसलाई व्यापार सँग मात्र जोडेर नहेरी सेवा सँग पनि मुलभूत रुपमा जोडेर हेर्ने गरिन्छ। खोज तथा अनुसन्धान अनि समग्र व्यवस्थापनमा अब्बल रही सेवा प्रदान गर्दै आएका यी अन्तर्राष्ट्रिय उद्योगहरुबाट नेपाली औषधि बजार तथा उद्योगहरुले सिक्नपर्ने कुरा पनि प्रशस्तै छ।

केही सिमित औषधिहरु जस्तै श्वासप्रश्वास रोग सम्बन्धित औषधिहरू, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधिहरू र  आकस्मिक सेवाका औषधिहरुको व्यापारमा अलिकति वृद्धि भई केही उद्योगहरुले नाफा कमाएपनि अधिकांश घरेलु औषधी उद्योगहरुलाई यही माहामारीको कालखण्ड र समय समयको लकडाउन नै घातक सिद्ध भएको अवस्था सर्वविदितै छ। धेरै उद्योगहरुलाई उक्त समयमा आवश्यक जोहो गरि कर्मचारीलाई तलब नै खुवाउन पनि धौधौको स्थिति थियो भने केही उद्योगहरु त झन्डै – झन्डै बन्द हुने संघारमा पनि पुगेका थिए।

हाराहारी ५३ अर्बको नेपाली औषधि बजारमा लगभग आधा मात्रै घरेलु औषधी उद्योगहरुले व्यापार ओगटेको देखिन्छ।‌ भन्नलाई घरेलु उत्पादन नै भनेपनि हााम्रा औषधि उद्योगहरूलाई चाहिने कच्चा पदार्थमा अहिले सम्म पनि ९० प्रतिशत भन्दा बढी छिमेकी तथा अन्य देशकै भर पर्नुपर्ने अवस्था कायमै रहेको छ। खाद्यबस्तुको रुपमा भन्सारबाट भित्रिएका ‘Nutritional Supplement’ र औषधिजन्य बस्तुको हिसाबकिताब गर्ने हो भने यो बजार अझै ठुलो रहेको अनुमान लगाउन सकिन्छ।

अधिकांश जनमानसलाई यो माहामारीले एकचोटी छोइसकेको अवस्थाका साथै बढ्दो प्रदुषणका कारणले श्वासप्रश्वास सम्बन्धित समस्या बढेर गएको छ र विज्ञका अनुसार केही समय यो जोखिम कायमै रहने देखिन्छ। त्यसैगरी पछिल्ला वर्षहरूको तुलनामा दिनानुदिन बढ्दै गहिरहेका क्यान्सर, पेट तथा कलेजो सम्बन्धि रोगहरु, मिर्गौलासम्बन्धी लगायतका प्राणघातक रोगहरुको जोखिमका सन्दर्भमा नेपाली उद्योगहरुले अहिलेदेखि नै खोज अध्ययन गरी त्यस तर्फका औषधिहरुको उत्पादनमा काम गर्नुपर्ने देखिन्छ।

धेरै वटा घरेलु तथा बिदेशी उद्योगहरुले पहिलेदेखि नै उत्पादन गरी बजारमा बिक्री वितरण गरिसकेका औषधिहरु नै फेरि नयाँ तथा पुराना उद्योगहरुले स्वीकृति लिई बनाउने र बेच्ने मानसिकताले उद्योगका संख्या बढे पनि नेपाली जनताले अपेक्षाकृत रुपमा फाइदा लिन सकेका छैनन्। प्रत्यक्ष जनस्वास्थ्य सँग जोडिएका यस्ता  सम्वेदनशिल विषयमा पनि यस्ता समस्या देखिनुमा नीतिगत स्पष्टताको कमि, सरकारी अदूरदर्शिता र व्यवसायीको बढी नाफामुखी सोच जिम्मेवार देखिन्छ।

त्यसैगरी इतिहास बोकेको एकमात्र सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई राजनीतिक हस्तक्षेप मुक्त राखी बढीभन्दा बढी औषधि उत्पादन गरी सस्तो मूल्यमा बजारसम्म पुर्याउन सके यसले पनि यो क्षेत्रलाई राम्रो टेवा पुर्याउन सक्छ।  केही वर्ष अगाडि मात्र नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई अझ बढी व्यवस्थित र परिणाममुखी बनाउन सके जनताले निकै नै ठूलो राहत महसुस गर्ने थिए।  एकातिर उचित व्यवस्थापनको कमीले सुरु गरिएका यस्ता कार्यक्रम प्रभावकारी हुन सकिरहेका छैनन् भने अर्कोतिर आर्थिक अभावका कारणले कति ठाउँमा यस्ता कार्यक्रमहरु निल्नु न ओकल्नुको अवस्थामा छन्। उचित व्यवस्थापन गर्न नसक्दा यसखालका कार्यक्रमबाट केहि व्यापारी लाभान्वित भएपनि जनस्तरमा खासै ठूलो सहयोग पुग्न सक्दैन।

अबको बाटो के?

  • बजारमा भइरहेका र घरेलु उत्पादकले प्रसस्तै बनाइसकेका औषधि भन्दापनि नयाँ नयाँ खोजको माध्यमबाट नयाँ तथा बिदेशबाट महंगोमा किन्नु पर्ने बाध्यता भएका औषधी बनाउनमा व्यवसायीहरुले जोड दिनुपर्ने देखिन्छ।  यसका लागि सरकारी लगायत कानुनि निकायहरुले पनि सोहीअनुरूप व्यवसायीलाई उत्प्रेरित गर्नुपर्ने देखिन्छ।
  • मदिरा तथा चुरोट चाहिँ नगदमा बिक्ने र औषधी चाहिं प्रसस्तै उधारोमा बिक्री गर्नुपर्ने अहिलेको अवस्थामा सम्वन्धित निकायले हस्ताक्षेप नै गरेर भएपनि आवश्यक पहल कदम चाल्नुपर्ने देखिन्छ। यसले गर्दा समग्र उद्योगले गति लिइ कुल उत्पादकत्व समेत वृद्धि हुन सहयोग पुग्दछ। निहित स्वार्थ भन्दा माथी उठेर सरकार लगायत अन्य सरोकारवाला संस्था जस्तै एप्पोन, एनसिडिए र पिडानले साँच्चै नै सोच्ने हो भने यो अवस्थामा तुरुन्त सुधार ल्याउन सकिन्छ। यसो गर्दा बर्षेनि म्याद गुज्रेर खेर गइरहेका औषधिको मात्रामा पनि केही कमी भई अर्थतन्त्रलाई थोरै भएपनि टेवा पुग्दछ।
  • सरकारी स्वामित्वको उद्योगलाई अझै बलियो र व्यवस्थित बनाइदै लानु पर्दछ र सकिन्छ भने सरकारकै स्वास्थ्य बीमा कार्यक्रम सँग यसलाई पनि सँगै जोडेर बढीभन्दा बढी उत्पादन गरी दुई वटै आयामलाई अझ सुदृढ बनाउँदै लानु पर्दछ।
  • घरेलु उत्पादनलाई प्रशय दिने खालको सरकारी नीति अवलम्बन गर्नुका साथै कच्चा पदार्थका उद्योगलाई पनि कति सकिन्छ, नेपालमै खोल्दै जाने सोच तर्फ सरकार र व्यवसायी दुवै केन्द्रित रहनु पर्दछ।
  • गुणस्तरीय औषधि उत्पादन गर्ने र अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएका नेपाली उद्योगलाई सरकारी र कानूनी तवरबाट हरसम्भव सहयोग हुनुपर्दछ। यसका लागि अन्तराष्ट्रिय स्तरको प्रयोगशाला निर्माणदेखि लिएर सोहीअनुरुप नीति निर्माण गरी आवश्यक परे कुटनीतिक रुपमा पनि सरकारले छलफल अघि बढाउनुपर्छ।
  • विदेशी औषधि उद्योगहरूलाइ पनि नेपालमै उद्योग स्थापना गरि ब्यापार गर्न प्रोत्साहित गर्नुपर्दछ। यसो गर्दा एकातिर केही मात्रामा भए पनि रोजगारी सिर्जना हुन्छ भने अर्कातिर भित्रिएको बिदेशी लगानीले अर्थतन्त्रलाई पनि चलायमान राख्न मद्दत पुर्‍याउँछ।

 

Tags: FeaturedMedicineMultisector NutritionPublic HealthRajesh acharya
SummarizeShare309ScanTweet147

Related articles

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

by Nam Raj Bhatta
August 26, 2026
0

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मान बहादुर केसीले उच्च रक्तचाप (प्रेसर) का बिरामीहरुले चिकित्सकको सल्लाहबिना औषधि बीचमै छोड्न नहुने बताएका छन्। डा. केसीका अनुसार, प्रेसरको औषधि मनलाग्दी रूपमा बीचमै...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    877 shares
    Share 351 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    705 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    696 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित
  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी
  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.