आज मिति : २०७९ असार १७
  • Login
Health News Nepal
5-11 Pfizer vaccination NHEICC5-11 Pfizer vaccination NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Articles

नेपाली औषधि बजार र अबको बाटो

हाराहारी ५३ अर्बको नेपाली औषधि बजारमा लगभग आधा मात्रै घरेलु औषधी उद्योगहरुले व्यापार ओगटेको देखिन्छ।‌

HNN Staff by HNN Staff
June 16, 2022
in Articles
A A
0
Rajesh acharya vega pharmaceuticals

Rajesh Acharya Vega Pharmaceuticals

Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Nisarga hospital dhangadi nepal
Shreedhi international hospital kathmandu

✍️ राजेश आचार्य, भेगा फर्मास्यूटिकल्स प्रा. लि

केही समय अगाडि  मात्रै समग्र विश्व नै कोभिड -१९ को महामारीले आक्रान्त भएको अवस्थामा सारा विश्व जनसमुदायले आशा र भरोसाको रुपमा हेरेको र पत्याएको उद्योग हो औषधि उद्योग।‌ सोही माहामारीले बिक्षिप्त बनाएको विश्वलाई अलि ढिलै भएपनि खोपको अनुसन्धान, उत्पादन तथा सम्पूर्ण विश्वभर विक्री वितरण गरेर केही सिमित उद्योगहरुले विश्व जनसमुदायलाई नै बिर्सनै नसकिने गुण लगाएको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ।

अर्को अर्थमा बुझ्ने हो भने, यी समिति अन्तराष्ट्रिय उद्योगहरुले सेवाका साथसाथै मुनाफा पनि प्रशस्तै आर्जन गरेका छन्। तर पनि प्रत्यक्ष जनस्वास्थ्य सँग सम्बन्धित क्षेत्र भएकाले यसलाई व्यापार सँग मात्र जोडेर नहेरी सेवा सँग पनि मुलभूत रुपमा जोडेर हेर्ने गरिन्छ। खोज तथा अनुसन्धान अनि समग्र व्यवस्थापनमा अब्बल रही सेवा प्रदान गर्दै आएका यी अन्तर्राष्ट्रिय उद्योगहरुबाट नेपाली औषधि बजार तथा उद्योगहरुले सिक्नपर्ने कुरा पनि प्रशस्तै छ।

केही सिमित औषधिहरु जस्तै श्वासप्रश्वास रोग सम्बन्धित औषधिहरू, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधिहरू र  आकस्मिक सेवाका औषधिहरुको व्यापारमा अलिकति वृद्धि भई केही उद्योगहरुले नाफा कमाएपनि अधिकांश घरेलु औषधी उद्योगहरुलाई यही माहामारीको कालखण्ड र समय समयको लकडाउन नै घातक सिद्ध भएको अवस्था सर्वविदितै छ। धेरै उद्योगहरुलाई उक्त समयमा आवश्यक जोहो गरि कर्मचारीलाई तलब नै खुवाउन पनि धौधौको स्थिति थियो भने केही उद्योगहरु त झन्डै – झन्डै बन्द हुने संघारमा पनि पुगेका थिए।

हाराहारी ५३ अर्बको नेपाली औषधि बजारमा लगभग आधा मात्रै घरेलु औषधी उद्योगहरुले व्यापार ओगटेको देखिन्छ।‌ भन्नलाई घरेलु उत्पादन नै भनेपनि हााम्रा औषधि उद्योगहरूलाई चाहिने कच्चा पदार्थमा अहिले सम्म पनि ९० प्रतिशत भन्दा बढी छिमेकी तथा अन्य देशकै भर पर्नुपर्ने अवस्था कायमै रहेको छ। खाद्यबस्तुको रुपमा भन्सारबाट भित्रिएका ‘Nutritional Supplement’ र औषधिजन्य बस्तुको हिसाबकिताब गर्ने हो भने यो बजार अझै ठुलो रहेको अनुमान लगाउन सकिन्छ।

अधिकांश जनमानसलाई यो माहामारीले एकचोटी छोइसकेको अवस्थाका साथै बढ्दो प्रदुषणका कारणले श्वासप्रश्वास सम्बन्धित समस्या बढेर गएको छ र विज्ञका अनुसार केही समय यो जोखिम कायमै रहने देखिन्छ। त्यसैगरी पछिल्ला वर्षहरूको तुलनामा दिनानुदिन बढ्दै गहिरहेका क्यान्सर, पेट तथा कलेजो सम्बन्धि रोगहरु, मिर्गौलासम्बन्धी लगायतका प्राणघातक रोगहरुको जोखिमका सन्दर्भमा नेपाली उद्योगहरुले अहिलेदेखि नै खोज अध्ययन गरी त्यस तर्फका औषधिहरुको उत्पादनमा काम गर्नुपर्ने देखिन्छ।

धेरै वटा घरेलु तथा बिदेशी उद्योगहरुले पहिलेदेखि नै उत्पादन गरी बजारमा बिक्री वितरण गरिसकेका औषधिहरु नै फेरि नयाँ तथा पुराना उद्योगहरुले स्वीकृति लिई बनाउने र बेच्ने मानसिकताले उद्योगका संख्या बढे पनि नेपाली जनताले अपेक्षाकृत रुपमा फाइदा लिन सकेका छैनन्। प्रत्यक्ष जनस्वास्थ्य सँग जोडिएका यस्ता  सम्वेदनशिल विषयमा पनि यस्ता समस्या देखिनुमा नीतिगत स्पष्टताको कमि, सरकारी अदूरदर्शिता र व्यवसायीको बढी नाफामुखी सोच जिम्मेवार देखिन्छ।

त्यसैगरी इतिहास बोकेको एकमात्र सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई राजनीतिक हस्तक्षेप मुक्त राखी बढीभन्दा बढी औषधि उत्पादन गरी सस्तो मूल्यमा बजारसम्म पुर्याउन सके यसले पनि यो क्षेत्रलाई राम्रो टेवा पुर्याउन सक्छ।  केही वर्ष अगाडि मात्र नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई अझ बढी व्यवस्थित र परिणाममुखी बनाउन सके जनताले निकै नै ठूलो राहत महसुस गर्ने थिए।  एकातिर उचित व्यवस्थापनको कमीले सुरु गरिएका यस्ता कार्यक्रम प्रभावकारी हुन सकिरहेका छैनन् भने अर्कोतिर आर्थिक अभावका कारणले कति ठाउँमा यस्ता कार्यक्रमहरु निल्नु न ओकल्नुको अवस्थामा छन्। उचित व्यवस्थापन गर्न नसक्दा यसखालका कार्यक्रमबाट केहि व्यापारी लाभान्वित भएपनि जनस्तरमा खासै ठूलो सहयोग पुग्न सक्दैन।

अबको बाटो के?

  • बजारमा भइरहेका र घरेलु उत्पादकले प्रसस्तै बनाइसकेका औषधि भन्दापनि नयाँ नयाँ खोजको माध्यमबाट नयाँ तथा बिदेशबाट महंगोमा किन्नु पर्ने बाध्यता भएका औषधी बनाउनमा व्यवसायीहरुले जोड दिनुपर्ने देखिन्छ।  यसका लागि सरकारी लगायत कानुनि निकायहरुले पनि सोहीअनुरूप व्यवसायीलाई उत्प्रेरित गर्नुपर्ने देखिन्छ।
  • मदिरा तथा चुरोट चाहिँ नगदमा बिक्ने र औषधी चाहिं प्रसस्तै उधारोमा बिक्री गर्नुपर्ने अहिलेको अवस्थामा सम्वन्धित निकायले हस्ताक्षेप नै गरेर भएपनि आवश्यक पहल कदम चाल्नुपर्ने देखिन्छ। यसले गर्दा समग्र उद्योगले गति लिइ कुल उत्पादकत्व समेत वृद्धि हुन सहयोग पुग्दछ। निहित स्वार्थ भन्दा माथी उठेर सरकार लगायत अन्य सरोकारवाला संस्था जस्तै एप्पोन, एनसिडिए र पिडानले साँच्चै नै सोच्ने हो भने यो अवस्थामा तुरुन्त सुधार ल्याउन सकिन्छ। यसो गर्दा बर्षेनि म्याद गुज्रेर खेर गइरहेका औषधिको मात्रामा पनि केही कमी भई अर्थतन्त्रलाई थोरै भएपनि टेवा पुग्दछ।
  • सरकारी स्वामित्वको उद्योगलाई अझै बलियो र व्यवस्थित बनाइदै लानु पर्दछ र सकिन्छ भने सरकारकै स्वास्थ्य बीमा कार्यक्रम सँग यसलाई पनि सँगै जोडेर बढीभन्दा बढी उत्पादन गरी दुई वटै आयामलाई अझ सुदृढ बनाउँदै लानु पर्दछ।
  • घरेलु उत्पादनलाई प्रशय दिने खालको सरकारी नीति अवलम्बन गर्नुका साथै कच्चा पदार्थका उद्योगलाई पनि कति सकिन्छ, नेपालमै खोल्दै जाने सोच तर्फ सरकार र व्यवसायी दुवै केन्द्रित रहनु पर्दछ।
  • गुणस्तरीय औषधि उत्पादन गर्ने र अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएका नेपाली उद्योगलाई सरकारी र कानूनी तवरबाट हरसम्भव सहयोग हुनुपर्दछ। यसका लागि अन्तराष्ट्रिय स्तरको प्रयोगशाला निर्माणदेखि लिएर सोहीअनुरुप नीति निर्माण गरी आवश्यक परे कुटनीतिक रुपमा पनि सरकारले छलफल अघि बढाउनुपर्छ।
  • विदेशी औषधि उद्योगहरूलाइ पनि नेपालमै उद्योग स्थापना गरि ब्यापार गर्न प्रोत्साहित गर्नुपर्दछ। यसो गर्दा एकातिर केही मात्रामा भए पनि रोजगारी सिर्जना हुन्छ भने अर्कातिर भित्रिएको बिदेशी लगानीले अर्थतन्त्रलाई पनि चलायमान राख्न मद्दत पुर्‍याउँछ।

 

Tags: FeaturedMedicineMultisector NutritionPublic HealthRajesh acharya
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

अल्फा हेल्थ केयर र नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर बिच सम्झौता

Next Post

अफिन सुदुरपश्चिम प्रदेशको अध्यक्षमा तिर्थ राज पन्त चयन

Related articles

हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Articles

हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

4 days ago
585
दुर्गम क्षेत्रमा डा. शर्माको १५ वर्षे अनुभव
Articles

दुर्गम क्षेत्रमा डा. शर्माको १५ वर्षे अनुभव

1 month ago
527
World health day 2022
Articles

Our Planet, Our Health: A Timely Discussion Issue for Multi-Level Action

3 months ago
473
लागूऔषध खान्छु भनेर जन्मिने होइन परिस्तिथिले पुर्याउने हो
Articles

लागूऔषध खान्छु भनेर जन्मिने होइन परिस्तिथिले पुर्याउने हो

3 months ago
474
Dr mukunda jha kids thumb sucking problem
Articles

के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSucking

3 months ago
494
नेपालको कार्डियाक एम. आर. आई. मा सानदार शतकीय पारी!!
Articles

नेपालको कार्डियाक एम.आर.आई. मा सानदार शतकीय पारी!!

3 months ago
472
Next Post
अफिन सुदुरपश्चिम प्रदेशको अध्यक्षमा तिर्थ राज पन्त चयन

अफिन सुदुरपश्चिम प्रदेशको अध्यक्षमा तिर्थ राज पन्त चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Pauwadungma Rural Municipality Message BhojpurPauwadungma Rural Municipality Message Bhojpur
Krishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine MessageKrishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine Message
Swasthya Karalaya Bajur Khop TalikaSwasthya Karalaya Bajur Khop Talika
Swasthya Karyalaya Kathmandu Covid MessageSwasthya Karyalaya Kathmandu Covid Message
Tarakeshwor Municipality Covid Vaccine for Kids MessageTarakeshwor Municipality Covid Vaccine for Kids Message
Yoga for HumanityYoga for Humanity
Samyak Diagnostic JawalakhelSamyak Diagnostic Jawalakhel
Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Bhageshwor Gaunpalika Covid public awareness messageBhageshwor Gaunpalika Covid public awareness message
Health Office Lalitpur Typhoid Vaccine noticeHealth Office Lalitpur Typhoid Vaccine notice
Nepal National Hospital Kathmandu NepalNepal National Hospital Kathmandu Nepal
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

कोरोनाको संक्रमणको आशकांमा २ जना महाकाली अस्पतालको क्वारेन्टाइनमा

2 years ago
471
किटजन्य रोगका भेक्टर हरुको सर्भिलेन्स तथा खोजपड्ताल शुरु

किटजन्य रोगका भेक्टर हरुको सर्भिलेन्स तथा खोजपड्ताल शुरु

2 years ago
473
Vet lab for corona test dhangadi

फेरी अर्को भेटेरिनरी प्रयोगशालामा कोभिड १९ परिक्षणको तयारी #Covid19

2 years ago
471

Don't Miss

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

June 27, 2022
573
डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

June 27, 2022
729
किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

June 26, 2022
523
हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

June 26, 2022
585
Seti provincial hospital

सेती अस्पतालले माग्यो ठुलो जनशक्तिमा कर्मचारी (सुचना सहित)

June 26, 2022
517
परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

June 24, 2022
503
गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

June 23, 2022
746
काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

June 23, 2022
488
सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

June 22, 2022
489
सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

June 22, 2022
501
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (77)
  • Disease (93)
  • English (36)
  • Fitness (23)
  • Health (164)
  • Lifestyle (52)
  • News (1,457)
  • Nutrition (33)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In