10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ चैत्र १
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

Nam Raj Bhatta by Nam Raj Bhatta
February 23, 2026
in Articles
Reading Time: 1 min read
A A
0
नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम
591
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. सन्दिप के.सी.

नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि “लाज”, “कमजोरी” वा “पागलपन” सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता (एन्क्जायटी), तनाव, निद्रा समस्या वा अन्य मानसिक रोगबाट पीडित भए पनि आफ्नो अवस्था खुलेर भन्न सक्दैनन्। समाजले के भन्छ भन्ने डर, परिवारको दबाब, र गलत बुझाइका कारण धेरै बिरामीहरू आफ्नो पीडा मनभित्रै दबाएर बस्न बाध्य छन्।

हामीले दैनिक जीवनमा देख्ने धेरै व्यवहार, अत्यधिक चिन्ता, रिस, एक्लोपन, आत्मविश्वासको कमी, काममा रुचि घट्नु, निद्रा नलाग्नु। यी सबै मानसिक स्वास्थ्य समस्याका संकेत हुन सक्छन्। तर दुर्भाग्यवश, यस्ता लक्षणलाई रोगको रूपमा नलिई “मन कमजोर भयो”, “धेरै सोच्यो” भनेर बेवास्ता गरिन्छ। यसले गर्दा रोग समयमै पहिचान र उपचार हुन पाउँदैन।

सबैभन्दा ठूलो समस्या के छ भने, मानसिक रोगको औषधि सेवनलाई समाजमा अझै पनि नकारात्मक रूपमा हेरिन्छ। धेरै बिरामीहरू औषधि लुकाएर खान्छन्, फार्मेसीबाट औषधि किन्दा समेत डराउँछन्, वा अरूले थाहा पाउँछन् कि भनेर उपचार नै रोकिदिन्छन्। मैले धेरै पटक सुनेको छु, औषधि सेवन गरिरहेको व्यक्तिलाई समाजले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुव्यर्वहार गर्ने गरेको छ। कतिपयलाई त “पागलको औषधि खान्छ” भन्दै जिस्क्याइन्छ, कतिलाई उनीहरूको मानसिक अवस्था थाहा पाएपछि मान्छेहरू टाढा-टाढा बस्न थाल्छन्। अफिसमा सहकर्मीले “यो मान्छेको मति बिग्रिएको छ, नजिक नजाऊ” भन्दै हेप्ने, गिज्याउने वा पक्षपातपूर्ण व्यवहार गर्ने गरेको पनि सुनिन्छ। यस्तो अवस्थामा बिरामीहरू आफैं डराउँछन्, कसैले केही भन्ला, मानसिक अवस्था थाहा पाएर अरूले हेप्लान्, वा उनीहरूको व्यवहारले अप्ठ्यारो पार्लान् भन्ने त्रासले गर्दा धेरैले उपचार नै लुकाउन बाध्य छन्।

तर हामीले बुझ्नुपर्ने कुरा के हो भने, मानसिक रोग पनि शरीरका अन्य रोगजस्तै नै हो। जसरी मधुमेह, उच्च रक्तचाप, थाइराइड वा दमको लागि नियमित औषधि खानु सामान्य कुरा हो, त्यस्तै मानसिक स्वास्थ्य समस्याका लागि औषधि लिनु पनि पूर्ण रूपमा सामान्य र आवश्यक उपचार हो।मानसिक रोग कमजोरी होइन, यो उपचारयोग्य स्वास्थ्य अवस्था हो। समयमै उपचार पाएमा अधिकांश बिरामीहरू पूर्ण रूपमा सामान्य जीवनमा फर्किन सक्छन्—काम गर्न, परिवारसँग खुसी हुन, समाजमा सक्रिय हुन सक्षम हुन्छन्। तर उपचार ढिलो हुँदा समस्या गम्भीर बन्न सक्छ, जसले व्यक्ति, परिवार र समाज सबैलाई असर पुर्याउँछ।

हामी सबैले मानसिक स्वास्थ्यबारे सोच्ने तरिका परिवर्तन गर्न आवश्यक छ। कसैले मनोचिकित्सकलाई भेट्नु, काउन्सेलिङ लिनु वा मानसिक रोगको औषधि खानु भनेको साहसिक र जिम्मेवार निर्णय हो, लाजको विषय होइन। बिरामीलाई आलोचना होइन, सहयोग र समझदारी चाहिन्छ। उनीहरूलाई हेला गर्ने, गिज्याउने वा पक्षपात गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।

अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी र समाजका सबै जिम्मेवार व्यक्तिहरूले मानसिक स्वास्थ्यबारे खुला संवाद सुरु गर्नुपर्छ। घर, विद्यालय र कार्यस्थलमा “तिमी ठीक छौ?” भन्ने एउटा प्रश्नले पनि कसैको जीवन बदल्न सक्छ।मानसिक स्वास्थ्य पनि स्वास्थ्यकै महत्वपूर्ण भाग हो। शरीर स्वस्थ मात्र भएर पुग्दैन, मन स्वस्थ हुनु पनि उत्तिकै आवश्यक छ। त्यसैले अब समय आएको छ, मानसिक रोगलाई लुकाउने होइन, स्वीकार गर्ने; डराउने होइन, उपचार गर्ने; र बिरामीलाई एक्लो पार्ने होइन, साथ दिने। स्वस्थ समाजको आधार स्वस्थ मन हो।

[ हाल डा. केसी धवलागिरी अस्पताल बाग्लुङमा कार्यरत छ्न। ]

Tags: Dr. Sandip kcMental Health
SummarizeShare236ScanTweet148

Related articles

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

by Nam Raj Bhatta
February 22, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर १ .NCD भनेको के हो? नेपालमा कस्ता NCD धेरै छन्? NCD भनेको नसर्ने रोग हो – एक व्यक्तिबाट अर्कोमा सर्दैन, तर भएपछि...

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

by Nam Raj Bhatta
February 20, 2026
0

✍️ डा. दिपक पौडेल मोटोपन हुनुका मुख्य कारण प्रमुख कारण खराब जीवनशैली र अस्वस्थ खानपान हो। वंशाणुगत वा हर्मोनको गडबडीका कारण, अत्यधिक गुलियो पेय पदार्थको सेवन, फास्ट फूडको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    628 shares
    Share 251 Tweet 157
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    611 shares
    Share 244 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    610 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    656 shares
    Share 294 Tweet 151
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    604 shares
    Share 242 Tweet 151

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ‘नेपाल फार्मा एक्स्पो’ सम्पन्न
  • नेपाल चिकित्सक संघको निर्वाचनको नयाँ मिति तय गर्न बुधबार उम्मेदवारसँग छलफल हुने
  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ स्किल्स ल्याब सञ्चालनमा
  • नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने
  • औषधि क्षेत्रलाई प्राथमिकतामा राखेर नीति र रणनीति अघि बढाइँदै : सचिव डा. देवकोटा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.