Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

औषधि क्षेत्रको यो पेशालाई मर्यादित र उत्कृष्ट बनाउन लाग्नेछु #Medicine

Nam Raj Bhatta by Nam Raj Bhatta
March 17, 2023
in Articles
Reading Time: 3 mins read
A A
0
औषधि क्षेत्रको यो पेशालाई मर्यादित र उत्कृष्ट बनाउन लाग्नेछु #Medicine
608
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
✍️ धुर्ब कोइराला 
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघका केन्द्रीय उपाध्यक्ष धुर्ब कोइराला सँग स्वास्थ्य पत्रकार नमराज भट्टले गरेको कुराकानीका आधारमा।
१)  एमआर (M.R)  भने को के हो र यो कस्तो पेशा हो ? 
# एमआर भन्नाले : Medical Representative  भन्ने शब्दावली लाई बुझाउँदछ।‌ यसको नेपाली शाब्दिक अर्थ औषधि प्रतिनिधि अर्थात् औषधीधीजन्य बजारमा औषधिको प्रतिनिधित्व गर्ने सीपयुक्त आधिकारिक जनशक्तिलाई जनाउँदछ ।‌ यो पेशामा आवद्ध जनशक्तिले उनीहरुले कार्यरत कम्पनीका यो औषधि र औषधिजन्य उत्पादनको बारेमा दक्षता हासिल गरी उक्त उत्पादकहरुलाई औषधिको बजारसम्म प्रतिनिधि गर्ने काम गर्दछन्।  उनीहरुसँग आफना कम्पनीबाट उत्पादित औषधीको बारेमा सम्पूर्ण जानकारीहरु हुन्छ सोही अनुसार विभिन्न अस्पताल, नर्सिङ होम र औषधिजन्य स्थानहरुमा त्यहाँ कार्यरत स्वास्थ्य जनशक्ति लाई प्रत्यक्ष भेटघाट गरी कार्यरत कम्पनीका  उत्पादनहरुका बारेमा प्रयोग गर्दा हुने असर, प्रतिअसर र नयाँ नयाँ जानकारी, स्पष्ट रुपमा जानकारी आदानप्रदान गर्ने गर्दछौं र आफना उत्पादनलाई औषधी बजारमा प्रवर्द्धन गर्ने गर्दछन्।

२) एमआर बन्नको लागि न्युनतम शैक्षिक योग्यता कति चाहिन्छ ?

# एमआर पेसामा आबद्ध हुनु कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र औषधी तथा औषधिको बजारीकरण सम्बन्धी आवश्यक तालिमप्राप्त जनशक्ति हुनु आवश्यक छ। नेपालको औषधि सम्बन्धी निगमन गर्ने निकाय औषधि व्यवस्था विभागले पनि एमआर पेशामा  आवè हुनको लागि न्युनतम शैक्षिक योग्यता विज्ञान विषय, फार्मेसी विषय वा अन्य कुनै संकायमा स्नातक तह उत्तीर्ण गरेको जनशक्ति जसले रोजगारदाता कम्पनी बाट दिइने उत्पादन सम्बन्धि तालिमलाई पास गरेको हुनुपर्ने मापदण्ड तोकेको छ।

३) नेपालमा एमआरहरुको सँख्या कति रहेको छ ?

# नेपालमा मानविय औषधिको प्रतिनिधित्व गर्ने एमआरहरुको संख्या करिब ८ हजार रहेको छ।

४) यो पेशामा काम गर्ने एमआर हरुले पाउने सेवा सुविधा आकर्षक छ भन्ने गरिन्छ, वास्तवमा के तपाईंहरुले पाउने तलब भत्ता लगायतका सेवा सुविधाहरूका बारेमा भन्न मिल्छ ?

# झट्ट हेर्दा एमआरहरुको आकर्षक पोशाक  पेशागत मर्यादा अनुशासन देख्दा समाजले अर्थात् सर्वसाधारणहरुले हामीलाई बारम्बार सोधिरहने साझा प्रश्न हो यो। तर बाहिर देखे जस्तो भित्र छैन। कुनै जमाना थियो म आफैंले यो पेसा शुरु गर्नु अघि एक विद्यालयमा शिक्षक थिए उक्त बेला म ठ्याक्कै दोब्बर तलब,  आकर्षक भत्ता बुझ्नेगरी यो पेशामा प्रवेश गरेको थिए तर आजको अवस्था पहिलेजस्तो छैन। कार्यरत कम्पनीहरूको कारोबार जुन अनुपातमा बढिरहेको छ त्यो अनुपातमा कम्पनीका असली खम्बा एमआरको सेवा–सुविधा, तलब भत्ता नबढेको यथार्थ छ। रोजगारदाता कम्पनीले जनशक्ति कम्तीमा स्नातक तह पास गरेको खोज्ने तर तलब नेपाल सरकारको शाखा अधिकृत भन्दा पनि धेरै कम दिने र काम बिहान ६ बजे देखि बेलुका सम्म (जुन निश्चित नै हुदैन) लगाइदिने। यो त भयो तलबको कुरा। अब भत्ताको सवालमा यस पेशामा कार्यरत जनशक्तिलाई अति न्युनतम भत्ता (अधिकांश कम्पनीहरुले) दिइरहेको अवस्था छ। बिहानदेखि बेलुकासम्म घर छाडेर काम गर्ने जनशक्तिलाई दैनिक दिइने भ्रमण भत्ता – २ छाक खाना खान र बिहान दिउँसो खाजा खान सम्म नपुग्ने खालको छ । बाध्यता नेपालमा रोजगारीको प्रशस्त सम्भावना नभएको हुँदा अधिकांश जनशक्तिहरु लामो समय यो पेशामा नरहने वैकल्पिक पेशा अंगाल्ने वा वैदेशिक रोजगारमा जाने हरु धेरै छन।  त्यसैले आजकल धेरै कम्पनीमा काम गराउन दक्षजनशक्ति नपाउने सम्मको अवस्था छ जुन असाध्यै दर्दनाक छ।

५) तपाइको भनाइ अनुसार एमआरहरु माथि कम्पनीहरूको व्यापक श्रम शोषण छ भन्ने हो ?

# म एउटा जिम्मेवारी एमआर भएको हुँदा व्यापक श्रमशोषण छ भन्दा अलि बढी नै पूर्वाग्रही भएको जस्तो देखिन्छ तर जुन स्प्रिटमा यो पेशामा प्रवेश गरेका जनशक्ति छन् औसतमा धेरै एमआरहरु सन्तुष्ट छैनन् ।

६) कम्पनीहरूले तपाईहरुलाई आकर्षक बोनस् लगायत अन्य इन्सेन्टिभहरु प्रदान गर्दछन् होइन र ?

# हाम्रो पेशामा जन शक्तिहरूलाई निश्चित लक्ष्य दिइएको हुन्छ उक्त लक्ष्यलाई सिमित श्रोत र साधनमा पूरा गर्नुपर्ने हुन्छ तथापि यस प्रक्रियामा कम्पनीको साथ त हुन्छ नै तथापि बजारको अस्वस्थ प्रतिस्पर्दाका कारण कहिले लक्ष्य पुरा हुन्छ त कहिले हुँदैन तसर्थ यो शीर्षकमा दिइने बोनस लगायत क्ष्लअभलतष्खभ औषतमा ५० प्रतिशत एमआरहरुले मात्र प्राप्त गर्न सकेको वास्तविकता हामीसामु छ आकर्षक भन्ने शब्द सुन्न मा मात्र सिमित छ।

Nmsra ktm

७) यो पेशामा कार्यरत जनशक्तिलाई राज्यले हेर्ने अवस्था के कस्तो रहेको छ ?

# हाम्रो देशमा यस पेशामा कार्यरत जनशक्तिलाई राज्यले खासै वास्ता नगरेको यथार्थ हो किनभने यस पेसामा हासिल गरेको ज्ञान र सीप यो पेशा सके सँगै अर्को पेशामा आवद्ध हुनुपर्ने दुखद अवस्था छ जबकि हाम्रो छिमेकी देश भारत लगायत अन्य देशहरुमा यस पेशामा कार्यरत जनशक्तिलाई कार्यअनुभवको आधारमा आवश्यक पहिचान गरी आवश्यक स्थान दिइएको हुन्छ। जस्तो कि औषधि र औषधिजन्य पदार्थको आयात गर्नसक्ने थोक व्यवसाय गर्न सक्ने सम्मका व्यवस्था गरिएको छ तर विडम्बना नेपालमा जति वर्ष यो पेशामा काम गरेपनि कुनै पहिचान नभएको यथार्थ छ।

८) नेपालमा भारतीय, विदेशी र स्वदेशी कम्पनीका एम आरहरुलाई दिइने सेवा सुविधामा धेरै अन्तर छ भनिन्छ नि ? साथै एम आरहरुले नेपालमा कर कसरी तिर्छन त ?

# हाम्रो पेशामा कार्यरत दक्ष जनशक्तिलाई दिइने तलब भत्ता सुविधा कम्पनी पिच्छे (स्वदेशी भारतीय र अन्य) असाध्यै असमान छ केही केही थान कम्पनी बाहेक अधिकांश अतिनै न्यून तलब र सेवा उपलब्ध गराएका छन् अर्को कुरा स्वदेशी औषधि उद्योगहरु नेपालको प्रचलित ऐन कानुन पूरागरी खोलिएका हुँदा उनीहरुको कर्मचारी सबैले नेपालमा कर तिर्छन तर भारतीय र अन्य कम्पनीहरुले नेपालमा औषधि बजारीकरण गर्दै आएका छन् तर कम्पनी दर्ता प्रक्रियामा नगएका कारण त्यस्ता खाले कम्पनीमा कार्यरत कर्मचारीले नेपालभित्र कर तिर्ने‌ पाएका छैनन्।‌ जसले गर्दा नेपालको कानुनले दिएको करदाता नागरिकको पहिचान गराउनुपर्ने परेको छ। तथापि तलबभत्ता बाहिरबाट आउने हुँदा देशको रेमिटेन्स भित्र्याउन उनीहरूको उल्लेखनीय योगदान लाई बिर्सनु हुँदैन यसको समाधान तर्फ नेपालको औषधी क्षेत्र हेर्दा ती उचित निकायले उचित निकास दिनुपर्ने हुन्छ र केही विदेशी कम्पनीहरू दर्ता प्रक्रियामा गइरहेका छन् जुन सुखद पक्ष पनि हो।

९) तपाइहरुको संस्था ल्ःक्च्ब् नेपालको बारेमा केही भनीदिनुहुन्छ ?

# हाम्रो पेशा कर्मी आवद्ध संस्था श्री नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ ल्ःक्च्ब् नेपाल एउटा विशुद्ध पेसागत संघ हो यो कुनै राजनीतिक पार्टीको सिद्धान्त संग आवद्ध छैन। अन्तर्राष्ट्रिय श्रम संगठन संग आवद्धता राखेको संगठन हो। यो संस्थाले हाम्रा सदस्य साथीहरुको पेशामा परेका समस्या, थिचोमिचो र अन्यायमा परेका बेला शितल छहारी बनेर श्रमिक बिरोधीहरुलाई झड्का दिए न्याय दिने संगठन हो। यो ५३ वर्ष अघि स्थापना भई नेपालको प्रचलित ऐन कानुन बमोजिम श्रम विभागमा दर्ता भएको पुरानो संस्था हो ।‌

१०) तपाईंको संस्थाले आफना सदस्यहरुको बचाउमा गर्ने सांगठनिक गतिविधि हरुलाई नेपालको औषधि सम्बन्धी काम गर्ने निकायहरुले बिरोध गरेको देखिन्छ यसमा तपाईको के धारणा छ ?

# तपाईंले अहिलेको सन्दर्भमा उठाएको प्रश्न सान्दर्भिक छ म तपाईंलाई धन्यवाद दिन चाहन्छु। किनकि यो प्रश्नको उत्तरले धेरै भ्रम चिर्न प्रयास गर्नेछ। पहिलो कुरा त यो बुझ्न जरुरी छ कि किन श्रमिकहरु आन्दोलित हुदै छन् भन्ने कुरा तपाईलाई म जानकारी गराउँदछु कि नेपालको औषधि क्षेत्रमा कार्यरत उद्योगीहरु, व्यवसाइहरुले हाम्रा सदस्यहरुलाई श्रम शोषण गर्ने, न्युनतम तलबमान, भत्तामा काम गराउने, रोजगार दिएपछि ५÷६ वर्ष स्थायी नियुक्ति नदिने यस्तो चरम महंगीमा तलब वृद्धि, मंहगी भत्ता र पोसाक भत्ता नदिने सार्वजनिक बिदाको दिन पनि जबरजस्ती काम गराउने, स्वास्थ्य विमा र दुर्घटना बिमाको बारेमा मौन बसिदिने‌ भइसकेपछि उक्त ज्यादती पुर्ण व्यवहार बाट आजित श्रमिक हरु संगठित त हुने नै भए र हाम्रो संगठन उपरोक्त मागहरु पुरा गर्न ताकेता गर्ने भएपछि त साहुहरुले बिरोध गर्नु स्वभाविक नै त हो नि र फेरि पनि म भन्दछु केही थान व्यक्तिले गर्दा यो समस्या आएको छ। सबैलाई एउटै ठाउँमा राखेर हाम्रो संगठनले नहेरेको अवस्था हो। अर्को कुरा हाम्रो पेशागत संगठन सँग निरपेक्ष बस्न सक्ने अन्य पेशागत संगठनले पनि यथार्थ नबुझि श्रमिक बिरोधी कित्तामा उभिएको देख्दा हामीहरु  अचम्मित भएका छौं।

 

११) तपाईहरुको श्रम संगठन ल्ःक्च्ब् ले औषधि कम्पनीका प्रबन्धकहरु, व्यवस्थापकहरु वा सिधै भन्नुपर्दा कम्पनीका मालिकहरुलाई औषधि बजारमा प्रवेश निषेध गर्ने, कारवाही गर्ने र पैसा असुली गर्ने जस्ता कार्यहरू गर्नुहुन्छ भन्ने आरोप उद्योगीहरु र कम्पनीका प्रवन्धकहरुको छ नि के भन्नुहुन्छ ?

# सर्वप्रथम त यी आरोपहरु सरासर गलत, भ्रमक र कपोकल्पित हुन। हामीहरु यी आरोपहरुलाई खुल्ला रुपमा पुष्टि गर्न चुनौती दिन चाहन्छौं साथै तपाईहरु जस्तो स्वास्थ्य क्षेत्रमा कार्यरत पत्रकारलाई यसको गहिराइमा पुगेर खोजमुलक पत्रिकारिता गरी सत्यतथ्य बाहिर ल्याउन अपिल गर्दछु। हाम्रो पेशा एउटा मर्यादित पेशा हो। यो पेशालाई दुर्गन्धित हुनेगरी काम गर्ने छुट कसैलाई छैन यो वा त्यो नाममा, हामीहरु मर्यादित छांै र मर्यादामा रहेर कार्यसम्पादन गरिरहेका छौं । औषधि बजारको गहिरो अध्ययन नगरि धेरै मुनाफा कमाउने उदेस्यले उधोग खोल्ने बजारबाट सोचे जस्तो प्रतिफल नआएपछिको पुरापुर दोष कर्मचारीलाई दिने  कर्मचारीलाई घरमा काम गर्न राखेको कामदार सरहको व्यवहार गर्ने अनावश्यक टचर दिने कर्मचारीलाई प्रोत्साहन दिने व्यवस्था (केही कम्पनी बाहेक) नहुनु कर्मचारीलाई अति निगरानी ( भन्न अलि अप्ठेरो लाग्छ अलि अपराधी जस्तो) गर्नु । अघि नै उल्लेख भए बमोजिम कर्मचारीलाई दिइने तलब भत्ता अत्यन्त न्युन हुनु ( शैक्षिक मापदण्ड र तलबमान) मा व्यापक असमानता हुनु प्रमुख कारणहरु हुन्। यी विषयमा बेलैमा नसोचिमा यसले अगामी दिनहरूमा औषधि क्षेत्रमा झन ठुलो समस्या ल्याउने पक्कापक्की छ ।

१२) अब यी सबै विषयबस्तुहरु लागु गर्ने यहाँहरुको श्रम संगठनको के कार्ययोजना बनाएको छ त ?

# हेर्नुहोस् सर्वप्रथम त हामीहरु कम्पनीका, प्रतिष्ठानका कर्मचारी हौ त्यस पछि मात्र हामी श्रम संगठनको सदस्य हौं । पहिलो काम रोजगारदाताले दिएको उचित र समयानुकुल काम त पुरा गर्नैपर्छ । तथापि प्रतिफल आफु केन्द्रित भएर साहुहरुले लिने जुन खालको परिस्थिति छ (सबै कम्पनी नभनौ) यो तोडिनु आवश्यक छ । हामीहरु हाम्रा दैनिक पेशागत  काम संगै हाम्रा हकहितका मुद्दाहरु अगाडि बढाउदै जान्छौ। आपसी छलफल सकारात्मक क्रियाकलाप पहिलो प्राथमिकता हुन्छन् मागहरु पुरा नभएमा नेपालले दिएको कानुनको बाटो अपनाउने साथसाथै ट्रेड युनियन अधिकारका लागि संघर्ष गर्ने सम्मको योजना छ।

१३) अन्तमा आफनो पेशामा आवद्व सदस्यहरू साथै रोजगार दाता  कम्पनीहरुलाई केही भन्नुहुन्छ ?

# हाम्रो संगठनले हाम्रा सदस्यहरूलाई समयसमयमा पेशागत हकहित सम्बन्धि आवश्यक प्रशिक्षण दिने गरेको छ। हामीहरुले प्रष्ट रुपमा भन्ने गरेका छौं यो पेशा मर्यादित पेशा हो। यसलाई हाम्रा सदस्यहरु बाट यो वा त्यो बाहनामा दुर्गन्धित बनाउने छुट कदापि छैन। आफनो निश्चित र निर्धारित (उचित र समयानुकुल)  काम गर्नैपर्छ । एउटा पेशाकर्मीको हैसियतमा काम गर्ने क्रममा कटिबद्ध भएर लाग्दालाग्दै तपाईंहरु माथि भइगरेका ज्यादतीमा हाम्रो संगठनले सशक्तरुपमा कडा प्रतिवाद गर्दछ। अब रोजगार दाता कम्पनीहरुलाई औषधिको क्षेत्रमा काम गर्ने पेशा कर्मीहरुलाई उचित तलब भत्ता प्रोत्साहन सहित सकात्रामक तरिकाले काम गर्ने वातावरण मिलाउन माग गदैछौं । यो पेशा मर्यादित हो यसलाई गुणस्तरिय बनाउन माग गर्दछौ ।

Tags: #ChitwanCorona Virus #Covid19Dhurba koieralaNMSRA
SummarizeShare256ScanTweet147

Related articles

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    707 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    699 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त
  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.