Magnus pharma
आज: २०८२ चैत्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदुरपश्चिम प्रदेशमा मेडिकल कलेजको यस्तो छ नालीबेली

Nam Raj Bhatta by Nam Raj Bhatta
August 30, 2022
in Articles
Reading Time: 1 min read
A A
0
सुदुरपश्चिम प्रदेशमा मेडिकल कलेजको यस्तो छ नालीबेली
592
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ तारिणी दत्त चटौत 

सुदूरपश्चिम प्रदेश मेडिकल कलेज, गेटा कैलालीबारे ढिलै भए पनि अहिले व्यापक चर्चा भैरहेको छ र जनचासो पनि बढेको छ।

२०४८ सालको आमनिर्वाचनमा विजयी भएर सांसद भएदेखि नै कञ्चनपुर जिल्लामा र सुदूरपश्चिममा जनहितका केही महत्त्वपूर्ण कार्य गर्ने मेरो प्रमुख लक्ष्य थियो। यसमा दोधारा चाँदनीको बाढी नियन्त्रण, कञ्चनपुरको उत्तरी भेगमा खानेपानी, महाकाली अञ्चल अस्पतालको भवन निर्माणसहित यसको स्तरोन्नति, स्वास्थ्यचौकीहरू विस्तार, विद्यालय भवन निर्माण र थप स्वीकृति एवं यातायात र दूरसञ्चार आदि कार्य प्रमुख थिए। सुदूर पश्चिमका जनता स्वास्थ्योपचारका लागि भारतको बरेली, दिल्ली आदि ठाउँमा जानुपर्ने अथवा काठमाडौँ नै पुग्नुपर्ने बाध्यता थियो। त्यसैले स्वास्थ्य सेवा कसरी सुलभ बनाउने भन्नेतिर मेरो प्रमुख ध्यान थियो।

यसै क्रममा नेपालमा आमनिर्वाचन भएर सरकार गठन भएको अवसरमा नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्ने ध्येयले अमेरिकामा बस्ने भारतीय डाक्टरहरू (एन.आर.आइ.)को एक समूह नेपाल आएको थियो। तिनीहरूसँग मेरो भेटपछि मैले सुदूरपश्चिमको भौगोलिक अवस्थाप्रति र भारतको दिल्लीसँगको निकटता आदिबारे जानकारी गराउँदै कञ्चनपुरमा मेडिकल कलेज बनाइ सञ्चालन गर्नेबारे कुरा गरेँ।

कञ्चनपुरको दैजी गा.वि.स.को छेलामा वन/बुट्यान भएको ८० विघा जमिनमा मेडिकल कलेज बनाउने गरी प्रधानमन्त्री गिरिजाबाबुसँग छलफल र सहमतिपछि मेडिकल कलेजलाई उक्त जमिन उपलब्ध गराउने गरी प्रस्ताव अघि बढाउने क्रममै २०५१ असारमा मध्यावधि निर्वाचन घोषणा भएपछि मेडिकल कलेज बनाउने प्रक्रिया रोकियो।

मध्यावधि निर्वाचनपछि एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्यो। दैजीमा बनाउने भनिएको मेडिकल कलेज त्यही ठाउँमा बनाउँदा कांग्रेस, खास गरेर मेरो नाउँसँग जोडिने हुँदा स्थान परिवर्तन गरियो। त्यसलाई कञ्चनपुरकै वाइसीविचवा गाविसको पचकडियामा स्थापना गर्न लगियो। यो कैलाली जिल्ला, धनगढी भन्सार पश्चिम र भारतको गौरीफन्टा (दुदुवा नेसनलपार्क) कोसीमानामा पर्थ्यो। तर मेडिकल कलेज स्थापना गर्नुपर्ने स्थान आदि विविध कारणले मेडिकल कलेज निर्माणको कार्य अघि बढ्न सकेन र स्थगित रह्यो। त्यसपछि पनि सुदूरपश्चिममा मेडिकल कलेज स्थापना गर्ने मेरो प्रयास जारी नै रह्यो।

२०५५ सालको कुरा हो। एक दिन म अपराह्न प्रधानमन्त्री निवास बालुवाटार गएँ। सदाझैँ म माथिल्लो तलामा रहेको प्रधानमन्त्री शयनकक्षमा प्रवेश गरेँ (मलाई गिरिजाबाबुको शयनकक्षमा जाने सुविधा सधैँ थियो)। यहाँ स्मरणयोग्य एउटा कुरा के छ भने मलाई गणेशमानजी, किसुनजी र गिरिजाबाबुसँग बैठक र आवश्यकताअनुसार शयनकक्षसम्म पनि भेटघाट सहज थियो। त्यस दिन प्रधानमन्त्रीको शयनकक्षमा गिरिजाबाबु र उहाँकी सुपुत्री सुजाता कोइराला थिए। म थपिएँ। वार्तालापका क्रममा सुजाताले भनिन्-यो सुनसरीको इटहरीमा बन्नुपर्छ। मैले जिज्ञासा राखेँ के हो भनेर। सुजाताले भनिन्- हेर्नुस् तारिणीजी, शंकराचार्यले एउटा मेडिकल कलेज नेपालमा बनाइदिने प्रस्ताव राखेका छन्। किसुनजी भन्नुहुन्छ, त्यो मेडिकल कलेज वीरगन्जमा बनाउनुपर्छ। गिरिजाबाबु भन्नुहुन्छ, पाल्पामा बनाउनुपर्छ र म भन्दैछु त्यो सुनसरीको इटहरीमा बनाउनुपर्छ ।

मैले भने-गिरिजाबाबु पूर्वको धरानमा बि.पी.कोइराला मेडिकल इन्स्टिच्युट छ। मध्यमाञ्चलको चितवन र काठमाडौँमा, पश्चिमाञ्चलको पोखरा र भैरहवामा एवं मध्यपश्चिमाञ्चलको नेपालगन्जमा मेडिकल कलेजहरू छन्। तर सुदूरपश्चिमाञ्चल क्षेत्रमा अहिलेसम्म पनि कुनै मेडिकल कलेज छैन। त्यहाँका जनता उपचारका लागि सधैँ भारतको बरेली र दिल्ली जानुपर्ने अथवा काठमाडौँ आउनुपर्ने बाध्यतामा छन्। तपाईंले सुदूरपश्चिममा मेडिकल कलेज बनाउँछु भन्ने आश्वासन पनि दिनुभएको हो। पहिले २०४९/५० सालतिर प्रयास पनि भएको हो तर त्यो सफल हुन सकेन। त्यसैले यो मेडिकल कलेज सुदूरपश्चिममा बन्नुपर्छ। गिरिजाबाबु (प्रधानमन्त्री) ले तत्काल हुन्छ, यो सुदूर पश्चिममा बनाउने भन्नुभयो।

थप भन्नुभयो-तपाईं आजै गएर पशुपति क्षेत्रको वनकालीको धर्मशालामा शंकराचार्य बस्नुभएको छ, उहाँलाई मैले पठाएको भनेर सबै कुरा गर्नोस्। बालुवाटारबाट म सोझै पशुपति क्षेत्र वनकालीको धर्मशाला गएर शंकराचार्यसँग सबै कुरा गरेँ। शंकराचार्यजीले भन्नुभयो-भोलि म मानसरोवर गैरहेछु र प्रधानमन्त्रीलाई भन्नोस्, फर्केपछि मलाई सरकारको पत्र चाहिन्छ। अर्को दिन सरकारको तर्फबाट लेखेको पत्र शंकराचार्यजीलाई उपलब्ध गराइयो। यसरी सुदूरपश्चिममा मेडिकल कलेज बनाउने प्रक्रिया पुनः अघि बढेको हो। मेडिकल कलेज बनाउने गरी करिब ८०/८२ विघा जमिन (वन-बुट्यान भएको वन क्षेत्र) दिने क्याबिनेट निर्णय पनि भएको हो।

२०५६ सालमा किसुनजी (कृष्णप्रसाद भट्टराई) प्रधानमन्त्री हुँदा उहाँको क्याबिनेटमा म पनि मन्त्री थिएँ। प्रधानमन्त्री किसुनजीसँग सुदूरपश्चिममा मेडिकल कलेज बनाउने प्रक्रियाबारे सविस्तार कुरा गरेपछि उहाँकै सक्रियतापूर्ण निर्देशन तथा शंकराचार्यजीको उपस्थितिमा मन्त्री योगप्रसाद उपाध्याय र म (न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्री) ले एक भव्य समारोहमा संयुक्तरूपमा मेडिकल कलेज भवनको शिलान्यास पनि कैलालीको गेटामा गरेका थियौँ। कालान्तरमा विविध कारणले प्रारम्भ भैसकेको भवन निर्माण कार्य अघि बढेन र सबै कार्य अवरुद्ध भयो।

केही वर्षपछिको पुनः प्रयासपछि २०६४/६५ सालतिर गेटाको यसै जमिनमा मेडिकल कलेज सरकारबाटै बन्नुपर्छ भन्ने कुरा उठेपछि अन्ततः सरकारले नै त्यहाँ मेडिकल कलेज बनाउने प्रक्रिया अघि बढ्यो।

Geta medical college

शंकराचार्यलाई मेडिकल कलेज बनाउन उपलब्ध गराएको जमिनमा नै प्रक्रिया मिलाइ सरकारले नै मेडिकल कलेज बनाउने क्याबिनेटबाटै निर्णय गरियो र केही बजेट पनि छुट्याइयो। यो सबै कार्य २०६२/६३ सालको जनआन्दोलनबाट संसद् पुनस्र्थापना भएपछि बनेको गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेला अघि बढेको हो।

मन्द गतिले अघि बढिरहेको सुदूरपश्चिमाञ्चल मेडिकल कलेज बनाउने कार्यमा २०७१ सालबाट भने तीव्रता आयो र अहिले चार अरबभन्दा बढी सरकारी लगानीमा मेडिकल कलेज भवन निर्माण प्रायः सम्पन्न भैसकेको छ। यो वा त्यो बहानामा सरकारले ढिलाइ नगरिकन अविलम्ब गेटामा मेडिकल कलेज सञ्चालन गरिनुपर्छ। मेडिकल कलेज भवनहरू, जमिन र त्यहाँको अवस्थिति आदि सबै सुविधा सम्पन्नतालाई हेरी यसलाई सुदूर पश्चिमाञ्चल मेडिकल विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्छ जुन देशकै एक (मेडिकल विश्वविद्यालय) बनोस्। यहाँ देशवासीले सर्वसुलभ स्वास्थ्योपचार सुविधा पाउन् र मेडिकल अध्ययनको सुविधा प्राप्त गर्न सकून्।

Tags: Corona Virus #Covid19Farwestrn-nepalGeta medical college DhangadhiTarani Datta chataut
SummarizeShare240ScanTweet147

Related articles

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.