✍️ डा. सन्तोष गौतम
आयुर्वेद चिकित्सक
१. खाेकी , रुघा, घाँटी दुख्ने आदि लक्षण भएमा पानिमा रुदिलाे, सिमली, तुलसीपत्र, भिक्सझारकाे पात ( उपलब्ध भए जति) राखेर उमालेर दिनमा २-३ पटक वाफ लिने गर्नुस् ।
२. ज्वराे, छाति दुख्ने, खाेकि, शरीरकाे दुखाई भएमा भएमा असुराेकाे पात, तुलसीपत्र, रुदिलाे, कण्टकारी, तेजपात, दालचिनि, अदुवा, राम्राेसंग छिप्पिएकाे गुर्जाेकाे काण्ड कुटेर, मरिच पाउडर, जीरा, ज्वानाे, ल्वाङ् र बेसार ( उपलब्ध भए जति) राखेर उमालेर चिया जति दिनमा ४-५ पटक पिउनुहाेस् ।
३. बाेझाे वा जेठिमधु (मुलेठी) काे टुक्रा मुखमा राखेर पटक पटक चुस्ने गर्नुहोस् ।
४. चटनीमा कागती, अदुवा, लसुन, धनिया, पुदिना र टिमुर( उपलब्ध भए जति) काे प्रयाेग अनिवार्य जस्ताे बनाउनुस् ।
५. पखाला वा पाचन प्रकृयामा समस्या भएमा वेलकाे कलिला पात ४/५ वटा धाेएर दिनमा ४-५ चपाएर खानुस् साथै दाल/तरकारी हिंगले झानेर वा राखेर खाने गर्नुस् साथै खाना र चटनीमा वीरेनुनकाे प्रयाेग बढाउनुस् ।
६. अमला वा अमलाकाे अचार नियमित प्रयाेग गर्न सकिन्छ।
७. कागतिलाई खानपिनमा नियमित गर्नुहाेस् ।
८. ताताेपानि तथा प्रसस्त झाेलिलाे आहारमा ध्यान दिनुहाेस् ।
९. नियमित याेग, शारीरिक अभ्यास, सामाजिक दुरी कायम गरि पारिवारीक छलफलमा ध्यान दिनुहाेस् । सजग र सुरक्षित रहनुहाेस् तर महामारीका समाचारमा खासै ध्यान नदिनुहाेस् ।
१०. कम्तिमा हरेक वेलुका १ चम्चा वेसार संगै दुध पिउनुहाेस् वा हलेदाे र उपलब्ध गरम मसला राखेकाे मासुकाे सुप वा ताताे पानि संगै ज्वानाे र वेसार ( कुनै एक मात्र) पिउनुहाेस् ।
आवश्यक परेमा नियमित स्वास्थ्यकर्मी तथा चिकित्सककाे निगरानिमा रहनुहाेस् र जटिलताकाे पुर्वाभाष संगै अस्पताल वा स्वास्थ्य केन्द्र जानुहाेस् ।
[डा. गौतम माता मनकामना आरोग्य केन्द्रमा कार्यरत हुनुहुन्छ।]