आज मिति : २०८२ बैशाख २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Nam Raj Bhatta by Nam Raj Bhatta
June 26, 2022
in Articles
A A
0
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा. नितेश अर्याल

आजभोलि वर्षातको समय चलिरहेको छ। सबैभन्दा बढी त काठमाडौं उपत्यकामा मनसुन दिनहुँ भइरहेको छ। खानेपानीको मुहानमा वर्षातको पानी मिसिएकोले धारामा पानी धमिलो आइरहेको छ। धमिलो पानी पिउनाले झाडापखाला तथा हैजा भएका बिरामीहरू बढ्दै गएका छन्। केही दिन अगाडि मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ जना बिरामीमा हैजाको पुष्टि भएको थियो। हामीले यो मनसुनको समयमा सकभर पानी तताएर वा फिल्टर गरेर पिउनु नितान्त आवश्यक छ।

यसै सन्दर्भमा हैजा तथा झाडापखालाबाट बच्न १० वटा उपायहरु अपनाउन सकिन्छ।

१. वर्षाको पानीले एकठाउँको फोहोर अर्को ठाउँमा पुर्याएको हुन्छ । फोहोरमैलामा जुनसुकै सडेगलेका बस्तुहरु मिसिएको हुन्छ। दिनभरि काम गर्न यताउती बाहिर हिडिरहेका हुन्छौं। घरमा आउँदा सावुन पानीले राम्ररी धोएर भित्र पस्नु पर्दछ।

२. धारा, इनार, ट्यांकर, जार, मिनरल वाटर इत्यादि फिल्टर गरेर तथा १० मिनेट जति उमालेर मात्र पिउनुपर्छ । कतै जाँदा घरकै पानी बोतलमा बोकेर जाँदा उपयुक्त हुन्छ।

३. घर भन्दा बाहिरीको खाना तथा खाजा नखानुहोला । खानु परेमा किचेन, भाँडा, पकाउने व्यक्ति आदि सफा भएको ठाउँमा मात्र खानुहोला । सकभर पानीको प्रयोग नहुने खाजा खाने गर्नुहोस्।

४. फलफूल र तरकारी राम्रोसँग पखालेर तथा पूर्ण पाकेको मात्र सेवन गर्नुहोस्।

५. मासु खादा पनि सफा ठाउँ भएको मासु पसलबाट मात्र किनेर तथा राम्रोसंग पकाएर मात्र खानुहोस्।

६. धेरै बालबालिका फोहोर पानीमा पौडी खेलेपछि बिरामी भएका छन् । हाम्रा पौडी खेल्ने ठाउँमा पर्याप्त पानी आउने र जाने व्यवस्था छैन । स्विमिङ पुलको प्रयोग गर्दा राम्रो ठाउँमा मात्र जाने र जहाँ पानीको राम्रो सर्कुलेसन होस तथा संक्रमण बिरामीलाई पानी प्रयोग गर्न नदिनुहोस्।

७. दूधलाई राम्रोसँग उमालेर मात्र सेवन गर्नुहोला ।

८. यदि दिनमा ३ पटक वा सोभन्दा बढीपटक झाडापखाला लाग्यो वा पातलो दिसा भयो भने जीवनजल, सादा पानी, सुप, दालको रस प्रशस्त मात्रामा सेवन गर्नुहोला । हैजादेखि अन्य झाडाबान्तामा शरीरमा पानीको मात्रा कम भयो भने जोखिम बढ्ने सम्भावना हुन्छ। तसर्थ प्रशस्त झोलिलो खाने, नजिकको स्वास्थ्य संस्थामा गएर औषधि खाने गर्नुहोस्।

९. हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट हुने भएकाले उक्त ब्याक्टेरिया एन्टिबायोटिकले मर्दछ । हैजामा मान्छेको मृत्यु ब्याक्टेरियाको कारणभन्दा जलवियोजनको कारणले हुन्छ ।

१०. पानी तथा जीवनजल पर्याप्त मात्रामा खान नसकेमा, चौलानी पानीजस्तो पातलो पखाला लागेमा, मुख सुकेमा, छाला चिसो भएमा, पिसाब कम भएमा तथा बिरामी गलेमा तुरुन्तै नजिकको अस्पतालमा जानुहोला । यस्ता बिरामीलाई सलाइनबाट उपचार गर्नुपर्ने हुन्छ । पटक पटक साबुन पानीले मिचिमिची हात धुने बानी बसाल्नु होस। जसले गर्दा झाडापखाला तथा हैजाबाट बच्न सकिन्छ।

Tags: Corona Virus #Covid19Dr. Nitesh AryalHealth Symptoms
Nisarga hospital Dhangadhi
Previous Post

सेती अस्पतालले माग्यो ठुलो जनशक्तिमा कर्मचारी (सुचना सहित)

Next Post

किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

Related articles

Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

2 weeks ago
841
नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व
Articles

नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व

2 months ago
879
अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति
Articles

अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति

4 months ago
802
बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical
Articles

बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical

4 months ago
1.2k
कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer
Articles

कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer

5 months ago
926
पक्षघात: लक्षण, कारण र बच्ने उपाय
Articles

पक्षघात: लक्षण, कारण र बच्ने उपाय

5 months ago
820
Next Post
किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.