Magnus pharma
आज: २०८२ चैत्र ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

“स्तन क्यान्सर: सबैभन्दा धेरै तर सत प्रतिसत निर्मूल पार्न सकिने क्यान्सर

Nam Raj Bhatta by Nam Raj Bhatta
October 2, 2020
in Articles
Reading Time: 1 min read
A A
1
“स्तन क्यान्सर: सबैभन्दा धेरै तर सत प्रतिसत निर्मूल पार्न सकिने क्यान्सर
679
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डा.अरुण शाही

हामी सबैको अनुभब हाम्रो समाज, हाम्रो परिवारमा पक्कै पनि हाम्रो साथी, हाम्रो नातेदार बहिनी, दिदी, आंटी,आमा, कोही न कोही स्तन क्यान्सर संग लडिरहेको हुनुहुन्छ वा लड़िरहेको हुनुहुन्थ्यो। अझै प्रस्ट रुपमा भन्नुपर्दा यो रोग नभएको सायद कुनै टोल, गाऊँ तथा सहर नहोला।

तथ्यांक हेर्ने हो भने बिश्वमा महिलाहरूमा हुने क्यान्सरहरुमा स्तन क्यान्सर पहिलो नम्बरमा पर्दछ ।तर हाम्रो देश नेपालमा यो क्यान्सर पाठेघरको मुखको क्यान्सर पछि दोस्रो नम्बरमा आउँदछ। ग्लोबोकान GLOBOCAN( WHO) २०१८ को तथ्यांक अनुसार प्रत्येक दिन नेपालमा ६ जना महिलाहरु लाई स्तन क्यान्सरको पहिचान हुने गर्दछ र प्रत्येक दिन ३ जना महिलाहरूको मुत्यु यस क्यान्सरले गर्दा हुने गर्दछ।

अझै संसारको सबै भन्दा विकसित मूलक अमेरिकाको कुरा गर्ने हो भने, अमेरिकन क्यान्सर सोसाइटीको तथ्यांक अनुसार प्रत्येक आठजना महिलामा एक जनालाई स्तन क्यांसर हुने जोखिम छ। अमेरिकामा फोक्सोको क्यान्सर पछि सबैभन्दा बढ़ी क्यान्सर द्वारा महिलाहरूको मृत्यु स्तन क्यान्सरले गर्दा हुने गर्दछ।

अक्टोबर, अंग्रेजी वर्षको यस महिनालाई स्तन क्यान्सर बिरुद्ध जागरण फैलाउने अभियान महिनाको रूपमा संसारभर बिभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ। यो महिनामा हामी सबै गुलाबी रंग मग्न हुन्छौं। मानिसहरु गुलाबी रंगको रिबन लगायर, गुलाबी रंगका पहिरन लगायर,बिभिन्न कार्यक्रम(जस्तै: बाटोमा र्याली गर्ने , नाचगान गर्ने तथा अरु सामूहिक कार्यक्रम गर्ने) गरी समाजका सबै महिलाहरुमा स्तन क्यान्सरको जोखिमबाट कसरी आफुलाई सुरक्षित राख्ने तथा समयमै पहिचान गरे स्तन क्यान्सर निदान हुने क्यान्सर हो भन्ने संदेश दिनु नै यस जागरण अभियानको मुख्य उद्देश्य हो।

अहिले सम्मको बैज्ञानिक खोज तथा अनुसन्धानले स्तन क्यान्सर ठ्याकै यही कारणले हुन्छ भन्ने पत्ता लगाउँन सकेको छैन तर केही कारण हरु छन जसले जोखिम बढ़ने सम्भावना रहन्छ:

१) महिलाहुनु र बढ़दो उमेर ( धेरै जसो स्तनक्यान्सर ५५ बर्ष भन्दा माथिका महिलाहरुलाई)

२) पारिवारिमा कसैलाई स्तन वा डिम्बाशयको क्यान्सर भएमा

३)race( जातीय ; गोरा महिलाहरुलाई धेरै)

४) Increased Breast Density

५) Genetics( BRCA1 , BRCA2)

६) धेरै सानो उमेरमा महिनावारी भएको महिला अथवा धेरै उमेर भएर महिनावारी रोकिएका महिलाहरु ।

अरु जोखिम बढाउने कारणहरु जो हाम्रो दैनिक जीवनशैली संग सम्बन्धित छन :

१) धेरै गर्भनिरोधक औषधि प्रयोग गर्नु
२) Hormone थेरापी धेरै लिनु
३) ढीलो उमेरमा सन्तान जन्माउने वा संतान नजन्माउन महिला
४) अत्यधिक धूम्रपान र मादक पदार्थ सेवन गर्ने महिला
५) धेरै मोटो महिला वा शारिरिक ब्याया नगरने महिलाहरु

स्तन क्यान्सरको जोखिमलाई कम गर्ने केही उपायहरु पनि छन:

१) रक्सी तथा सुर्तीजन्य पदार्थ बाट टाढा रहनु
२) स्तनपान गराउनु
३) शरीरको तौल स्वास्थ्य लेवलमा राख्न
४) योगा, कसरत र दैनिक शारीरिक व्याया गर्नु र पौस्टिक खानेकुरा खानु।

स्तनक्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरेर उपचार गर्नुपर्छ भन्ने संदेश सम्पूर्ण महिलाहरु सम्म पूर्याउनु नै स्तन क्यान्सर जागरण अभियानको मुख्य उधेश्य हो। यसका लागी स्तन क्यान्सरका लक्षणहरुको बारेमा सबै महिलाहरुले थाहा पाउन एकदमै ज़रूरी छ।

स्तन क्यान्सरका लक्षणहरु:

१) स्तनमा नयाँ गिर्खा तथा गाँठोहरु देखिनु
२) स्तनको आकार र प्रकारमा परिबर्तन आउनु
३) स्तन दुख्नू वा सुन्निनु
४) स्तनमा खाल्टो पर्नू
५) स्तनको मुंटोबाट रगत अथवा तरल पदार्थ बिना कारण आउ
६) शरीरको तौल घटनु

स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरी समयमै उपचार गर्नु नै स्तन क्यांसरलाई निर्मूल पार्ने अचूक अस्त्र हो।यदि यो क्यान्सरलाई समयमै पहिचान गरी समयमा उपचार गर्यो भने यसलाई सतप्रतिशत निर्मूल पार्न सकिन्छ। र यदि ढीलो अर्थात् स्टेज ३ वा ४ मा पत्ता लागे यसलाई निदान पार्न सकिदैन। यस्तो अवस्थामा यस क्यान्सरलाई palliative उपचार गरी बिरामिको दुखाई तथा पिडा कम गरी बाँकी जीवन सजिलो बनाउन प्रयास गरिन्छ।

स्तन क्यांसरलाई सुरुको अवस्थामा पहिचान गर्नको लागी २ओटा महत्वपूर्ण उपायहरू छन:

१) ब्रेस्ट सेल्फ़ इग्ज़ैमिनेशन अर्थात् आफ़्नो स्तन आफै जाँच्ने;
यस अन्तर्गत १८ बर्षको उमेर भन्दा माथीको महिलाहरूले प्रत्येक महिनाको एकचोटी महिनावारी भएको ५ देखि ७ दिनमा आफ्नो स्तन आफै जाँच गर्ने। महिनावारी सुकिसकेको महिलाहरूले प्रत्येक महिनाको एउटै दिनमा आफ्नो स्तन जाँच गर्ने।जसले गर्दा स्तनको आकार तथा प्रकारमा हुने परिवर्तनको बारेमा सुरुको अवस्थामा थाहा हुन्छ। र केही परिवर्तन भेटिएमा तुरन्त चिकित्सकको परामर्श लिने।

२) Mammography द्वारा ब्रेस्टको स्क्रीनिंग गर्ने;
कुनै पनि रोगको लक्षण देखिनु भन्दा पहिले त्यस रोगलाई पहिचान गर्ने प्रबिधिलाई स्क्रीनिंग भनिन्छ। स्तन क्यासरलाई सुरुको अवस्थामा पत्ता लगाउनको लागी महिलाहरूले स्क्रीनिंग जाँच गर्नुपर्छ। स्तन क्यान्सरको सबैभन्दा उत्तम बैज्ञानिक स्क्रीनिंग गर्ने प्रबिधि भनेको Mammography हो। अमेरिकन क्यान्सर सोसाइटीको गाइडलाइन अनुसार ४५ बर्ष देखि ६५ बर्षसम्मको महिलाहरूले बर्षमा एक पटक mammography जाँच गर्नुपर्छ। Mammography यक प्रकारको x-ray हो जसले स्तनको आकार तथा प्रकारमा भएको परिवर्तनलाई पहिचान गर्ने गर्दछ। mamography संगै अथवा mamography गर्न नमिल्ने महिला हरूलाई स्तनको विडीओ एक्सरे तथा एमआरआई पनि गर्ने गरिन्छ। यदी यि जाँचहरुमा स्तन क्यान्सरको शंका भएमा बायोप्सी गरेर स्तन क्यांसर भए नभएको निश्चित हुन्छ।

अन्त्यमा, अहिलेसम्मको बैज्ञानिक अनुसंधान तथा हामी क्यान्सर रोग बिशेषज्ञको अनुभबको आधारमा , जो महिलाहरुको दैनिक जीवन शैली स्वास्थ्य तथा अनुसाशित हुन्छ ऊनीहरुमा स्तन क्यान्सरको जोखिम अरु भन्दा न्यून हुन्छ त्यसैले तपाई सबै महिलाहरुले आफ्नो दैनिकीमा शारीरिक व्यायाम, योगा र पौस्टिक खाना संगै स्वस्थ जीवनशैली निर्वाह गर्नुहोस।स्तन क्यान्सर सम्बन्धी केही शंका भएमा चिकित्सकको परामर्श लिनुहोस र उमेर पुगिसकेपछि चिकित्सकको सल्लाह बमोजिम प्रत्येक वर्षमा एकचोटि म्यामोग्राम गर्नुपर्छ ।

 

Tags: Breast cancerCorona Virus #Covid19Dr.Arun shahiFeaturedHams hospitalPatan hospitalWomen's Health
SummarizeShare328ScanTweet146

Related articles

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

by Nam Raj Bhatta
February 22, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर १ .NCD भनेको के हो? नेपालमा कस्ता NCD धेरै छन्? NCD भनेको नसर्ने रोग हो – एक व्यक्तिबाट अर्कोमा सर्दैन, तर भएपछि...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    628 shares
    Share 251 Tweet 157
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    615 shares
    Share 246 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    610 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    659 shares
    Share 295 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    604 shares
    Share 242 Tweet 151

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • महाकाली प्रादेशिक अस्पतालमा हेमोफिलिया ‘ए’ उपचार सेवा सुरु
  • कान्ति र भक्तपुर क्यान्सर अस्पतालबीच क्यान्सर उपचारमा सम्झौता
  • किष्ट शिक्षण अस्पताल र मेदान्ता बीच क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न #Kisthospital
  • ‘नेपाल फार्मा एक्स्पो’ सम्पन्न
  • नेपाल चिकित्सक संघको निर्वाचनको नयाँ मिति तय गर्न बुधबार उम्मेदवारसँग छलफल हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.