10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery

Nam Raj Bhatta by Nam Raj Bhatta
October 19, 2024
in Research & Study
Reading Time: 1 min read
A A
0
सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ३ कात्तिक २०८०

नेपालमा प्लाष्टिक सर्जरीमा डिग्री हासिल गर्ने डाक्टर निकै कम छन् । ती मध्येका एक हुन प्लाष्टिक सर्जरीमा अब्बल मानिने डा. सन्तोष बिक्रम भण्डारी ।

पब्लिक हाइस्कूलबाट प्लस टु पास गरिसकेपछि सन्तोष बिक्रम भण्डारी एमबीबीएस पढ्न चीनतर्फ गए ।

चीनबाट एमबीबीएस सकेपछि सन् २००४ मा डा. भण्डारी स्वदेश फर्किए। प्लास्टिक, रिकन्स्ट्रक्टिम एन्ड कस्मेटिक सर्जरीमा विशेषज्ञता हासिल गर्ने योजना पहिले देखिकै डा. भण्डारीको योजना थियो। शिक्षण पेसामा संलग्न पिता कृष्ण भण्डारी र माता शान्ता भण्डारीको लागि भरपूर्ण साथ उनको योजनामा रह्यो। विशेषज्ञता हासिल गर्न उनी दुई वर्षपछि फेरि चीन गए । चीनबाट डा. भण्डारीले प्लास्टिक, रिकन्स्ट्रक्टिभ एन्ड कस्मेटिक सर्जरीमा विशेषज्ञता (एमएस) हासिल गरेर सन् २००९ मा स्वदेश फर्किनुभयो ।

चीनमा एमएस पढ्‌दा सन्तोषको चिनजान सुष्मा कोइराला मेमोरियल हस्पिटलमा कार्यरत एक जना चिकित्सक सङ्ग भयो । जो छात्रवृत्तिमा त्यहाँ पढ्न गएका थिए । ती चिकित्सकबाट उनले सुष्मा कोइराला मेमोरियल हस्पिटलबारे जानकारी पाउनुभयो। आगोले जलेका, दुर्घटनामा परेर अंगभंग भएका विपन्न बिरामीको निःशुल्क उपचार हुने सुष्मा कोइराला हस्पिटलका बारेमा राम्रो जानकारी पाएपछि उनलाई त्यही हस्पिटलमा काम गर्न पाए हुन्थ्यो भन्ने मनमा लागेको थियो।

उच्च विशेषज्ञता हासिल गरेपछि डा. भण्डारी स्वदेश फर्किनुभयो। डा. भण्डारीलाई केही दिनपछि सुष्मा कोइराला मेमोरियल हस्पिटलमै सेवा गर्ने अवसर मिल्यो । त्यहाँ काम गर्दा उनका दुई वटा चाहना एकैसाथ पूरा भए, पहिलो प्लास्टिक रिकन्स्ट्रक्टिभ एन्ड कस्मेटिक सर्जनको रुपमा अभ्यास सुरू गर्ने र अर्को विपन्न जनताको सेवा गर्ने ।

जेठो छोरोले प्लास्टिक, रिकन्स्ट्रक्टिभ एन्ड कस्मेटिक सर्जन भएर दुर्घटनामा परेर अंगभंग भएका विपन्नहरुको सेवा गर्न थालेपछि आमाबुवाले आफ्‌ना कान्छो छोरा छोरीलाई पनि चिकित्सक पढाउने योजना बनाउनु भयो। जसअनुसार अहिले कान्छो छोरा एनिस्थेसियोलोजिस्ट र छोरी स्त्री तथा प्रसूति रोग विज्ञ भएर आफ्‌नो कार्य क्षेत्रमा कार्यरत छन । तिनै छोराछोरी चिकित्सक भएपछि आमाबुवा अहिले निकै खुशी भएका छन् । आमाबुबाको खुसीलाई आत्मसात गर्दै डा. भण्डारी सुष्मा कोइराला मेमोरियल हस्पिटलको सदस्य भएर अस्पतालमा मात्र नभइ देशका दूरदराजमा आयोजना हुने विभिन्न सर्जिकल शिविरमार्फत सेवा गर्न पाउँदा मक्ख छन् ।

डा. भण्डारी भन्छन, चिकित्सा पेसा भनेकै सेवामूलक हो । त्यसमा पनि गैरनाफामूलक हस्पिटलमा विपन्न बिरामीको निःशुल्क उपचार गर्न पाउँदा मैले पाउने खुसी अमूल्य छ।सुष्मामा काम गर्दा डा. भण्डारीले उपचार सेवा प्रदान गर्नुका साथै धेरै कुरा सिक्ने मौका पनि पाए । इन्टरप्लास्ट जर्मनीको सहयोगमा सञ्चालित यो हस्पिटलमा बेलाबेलामा उपचार सेवा प्रदान गर्न जर्मनबाट विशेषज्ञहरु आउने गरेका छन् ।Shusma memorial koierala hospital

ती विशेषज्ञहरुले प्लास्टिक, रिकन्स्ट्रक्टिभ एन्ड कस्मेटिक सर्जरीसम्बन्धी आधुनिक प्रविधिमार्फत जटिल शल्यक्रिया गर्दै आइरहेका छन् । उनीहरूले शल्यक्रिया गर्दा नेपाली चिकित्सकहरुलाई पनि समावेश गराएर सिकाउँदै आइरहेका छन् । उनीहरुबाट आफूले आधुनिक प्रविधि र त्यसको प्रयोग गर्ने तरिकाबारे सिकेको डा. भण्डारी बताउँछन् । मेरो लागि यो ठूलो मौका हो। अन्य अस्पतालमा भए यो अवसर मैले नपाउन पनि सक्थे डा. भण्डारी बताउँछन् ।

सिनियर नेपाली चिकित्सकहरुबाट पनि आफूले धेरै कुरा सिक्ने मौका पाएको डा. भण्डारी स्मरण गर्छन् । उनी सेवा गर्दै, सिक्दै र अगाडि बढ्‌दै गए । सुष्मा कोइराला मेमोरियल हस्पिटल प्रवेश गरेको १५ वर्षमा डा. भण्डारीले करिव ७ हजार प्लास्टिक, रिकन्स्ट्रक्टिम एन्ड कस्मेटिक सर्जरी गरेका छन् । डा. भण्डारीले ७ हजार व्यक्तिको मुहारमा खुसी ल्याएका छन्  । यो संख्या धेरै ठूलो हो । त्यसमा पनि सर्जरी गरिएका देशका कुनाकन्दराबाट आएका विपन्न व्यक्तिहरु छन् । उहाँले आगोले पोलिएकामध्ये कत्तिको अनुहारमा हाँसो फर्काएका छन् भने हात गुमाएकाहरुको हात बनाएका छन्।

अस्पतालले डा. भण्डारीलाई ह्यान्ड एन्ड माइक्रो सर्जरीमा सुपरस्प्यासिलिटी पढ्न छात्रवृत्तिमा भारत पठायो । सन् २०१८ मा भारतको तमिलनाडुको गंगा मेडिकल कलेजमा उनले डेड वर्ष हात तथा माइक्रो सर्जरीमा सुपरस्प्यासिलिटी अध्ययन सकेर सोही हस्पिटल फर्किए । यो उच्च अध्ययनले उनलाई र हस्पिटलमा आउने बिरामीलाई निकै फाइदा मिलेको छ । बिरामीहरुको छिनिएका औंलाहरुलाई सफलतापूर्वक जोड्न सफल भएको डा. भण्डारी सुनाउछन् । त्यसपछि भण्डारीले आफूले सिकेको सीपको प्रयोग गर्दै रिप्लान्टेसन सर्जरी गर्न थाले । किनकि नेपालमा जलेर अंगभंग हुने घटना पछि विभिन्न मेसिनमा काम गर्दा हात खुट्टाका औलालगायतका अंग गुमाउनेको संख्या पनि ठूलो छ ।

इमानदार भएर काम गर्दै जाँदा ११ वर्षमै डा. भण्डारी सुष्मा कोइराला मेमोरियल हस्पिटलको मेडिकल डाइरेक्टर नियुक्त भएका थिए । ५ कन्सल्टेन्ट, १५ जना नर्सिङ स्टाफ गरी हस्पिटलमा अहिले ६१ जना कर्मचारी कार्यरत छन् । आत्मसन्तुष्टि नै आफ्‌नो अहिलेसम्मको असली कमाइ भएको डा. भण्डारी बताउँछन् ।

मेडिकल डाइरेक्टर भएपछि उनी आफूमा थप जिम्मेवारी थपिएको र यो जिम्मेवारीलाई पनि सहज रुपमा पार लगाउन दृढ संकल्पित छन् । सुष्मामै काम गर्दा देशका कुनाकप्चा पुगेर शिविर चलाउँदा उनले देश बुझ्‌न पाएका छन् । सर्जिकल शिविर चलाउँदा पोलिएका, अंगभंग भएका, खुडे व्यक्तिको निःशुल्क सेवा प्रदान गर्दा आफूलाई चिकित्सक भएकोमा गर्व महसुस हुने गरेको डा. भण्डारी सुनाउँछन् ।

भुपू प्रधानमन्त्री एवं नेपाली काग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाकी धर्मपत्नी सुष्मा कोइरालाको देहावसान जलेकै कारण भएको थियो । कुनै पनि बिपन्नको जलेको उपचार नपाएर ज्यान जान नपाओस् र त्यो व्यक्तिले समाजमा आत्मसम्मानका साथ जिउन पाओस् भन्ने महान् उद्देश्य राखेर उनै सुष्मा कोइरालाको स्मरणमा यो अस्पताल खोलिएको हो । गैरनाफामूलक संस्थाको रुपमा सुष्मा कोइराला मेमोरियल ट्रस्टको स्थापना सन् १९९० मा भएको हो । नेपाली जनतालाई प्लास्टिक तथा रिकन्सट्रक्टिभ सर्जरी सेवा उपलब्ध गराउने उद्देश्यले सन् १९९७ सुष्मा कोइराला मेमोरियल अस्पताल सञ्चालनमा आएको हो ।

काठमाडौंको शंखरापुर नगरपालिका वडा न. ६ स्थित  रहेको यस हस्पिटलमा अत्याधुनिक प्रविधिका सामान सहितको दुई वटा मेजर अपरेसन थ्रीएटर, प्लास्टिक तथा रिकन्सटक्टिभ सर्जरी तथा ओपीडी, २४ सै घण्टा सञ्चालित इमरजेन्सी, एम्बुलेन्स तथा एक्स-रे सेवा, अर्थोपेडिक सर्जरी तथा ओपीडी सेवा, डेन्टल क्लिनिक, गाइनेकोलोजी सेवा, फिजियोथेरापी सेवा, भिडियो एक्सरे, मर्चरी कक्ष, इन्सिनरेटर सुविधा, नाक कान र घाटी विशेषज्ञ सेवा, यौन तथा चर्मरोग सेवा र जनरल फिजिसियन सेवा उपलब्ध छन । दुई शय्याको बर्न आईसीयू पनि छ ।

अस्पतालमा कस्मेटिक सर्जरीसम्ब्न्धी सेवाहरु सुरु,  कपालको प्रत्यारोपण यस्तै  आँखाको मुद्री नाकको कस्मेटिक सर्जरी अनुहार तथा घाँटीको चाहुरीपन हटाउने, स्तनको आकार सानो ठूलो बनाउने, पेटको बोसो घटाउने, लगायतका सम्पुर्ण कस्मेटिक सेवाहरु पनि उपलब्ध रहेका छन् ।

सन्  १९९७ देखि सन् २०२४ सम्म ३ लाख ५० हजार २९८ जना बिरामीहरूले सर्जरी, मेडिकल र डेन्टलसम्बन्धी सेवा यस अस्पतालबाट प्राप्त गरेका छन् । हस्पिटलले देशका ७२ वटा जिल्लाहरुमा सफलतापूर्वक घुम्ती शल्यक्रिया शिविर सञ्चालन गरिसकेको छ । उक्त शिविरमा १५ हजारभन्दा बढीले सेवा पाएका छन् ।

इन्टर प्लास्टले अस्पताल सञ्चालन खर्चका साथै यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई बेलाबेलामा विदेशमा पढ्न र आधुनिक सीप सिक्ने विभिन्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । फलस्वरूप यहाँ कार्यरत अधिकांश चिकित्सकले छात्रवृत्ति पाएका छन् । पहिले अस्पतालको व्यवस्थापन जर्मनहरुको हातमा थियो । तर पछि विस्तारै नेपालीहरुलाई नै दक्ष बनाएर व्यवस्थापनको जिम्मा नेपालीलाई नै सुम्पेका छन् ।

नेपालमा जलेका र यसका कारण हुने अंगभंग भएका व्यक्तिको उपचारका लागि विशेषज्ञसहितको कुनै सरकारी अस्पताल छैन । जबकि बर्सेनि ५० हजारभन्दा बढी मानिस आगोले तातोपानीले वा विभिन्न कारणले जल्ने गरेका छन् । डा. भण्डारीका अनुसार आगोले पोलिनेमा धेरैजसो विपन्न नागरिकहरु रहेका छन् । पोलिने मध्येमा धेरैजसो आगोकै कारण बढी हुन्छन् । खाना पकाउने काममा महिला नै बढी सक्रिय हुने भएकाले आगोले बढी पोलिनेमा महिला नै बढी छन् ।

सुष्मा कोइराला हस्पिटलको पहलमा बिगत ४ वर्षदेखि नेपाल सरकारले थोरै सहयोग दिन थालेको छ । गत वर्ष ३० लाख रूपैयाँ दिएकोमा यो वर्ष अनुदान स्वरूप ६० लाख दिएको डा. भण्डारी बताउँछन् । सरकारले दिएको ६० लाख रूपैयाँको १८ वर्ष मुनिका पोलिएका बच्चाहरुको निः शुल्क उपचार गर्ने गरिएको डा. भण्डारी बताउँछन् । सुष्मा कोइराला हस्पिटलले बेलाबेलामा देशका दूरदराजमा आयोजना गर्ने शल्यक्रियासहितका शिविरले जलेर अंगभंग भएर उपचार नपाएका हजारौं विपन्नले निःशुल्क उपचार पाएका छन् ।

बिपन्न भएका बिरामीले अनुहारमा नयाँ हाँसो पाएका छन् । नयाँ जीवन पाएका छन् । समाजबाट खोसिएको आत्मससम्मान पाएका छन् । डा. भण्डारीका अनुसार यसरी दूरदराजमा वर्षमा ६/ ७ वटा शिविर आयोजना हुने गरेका छन् ।

५० शय्याको अस्पताललाई भविष्यमा एक सय शय्याको बनाउने योजना

डा. भण्डारीले भने, ‘अस्पतालबाट अन्य सेवा समेत सुरू गरी जनरल अस्पतालको रुपमा विकास गर्न क्षमता बढाएर एक सय शय्याको बनाउने गरी काम अगाडि बढाइएको छ । सुष्मा कोइराला मेमोरियल ट्रस्टले अस्पतालका साथै नर्सिङ कलेजसमेत सञ्चालन गरिरहेको छ । भण्डारीका अनुसार हरेक वर्ष दूरदराजमा नियमित हुने गरेका सर्जिकल शिविर सञ्चालन भइरहेको छ ।

Tags: Dr. Santosh Bikram Bhandariplastic surgerySushma Koirala Memorial Hospital (सुष्मा कोइराला मेमोरियल अस्पताल)
SummarizeShare234ScanTweet146

Related articles

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

by Nam Raj Bhatta
October 9, 2025
0

✍️ डा. कन्चन दाहाल, मनोरोग विशेषज्ञ  जेनजी क्रान्तिले नेपालको सामाजिक चेतनामा ठूलो हलचल ल्याएको छ। तर यसका बीचमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गलत समाचार, अतिरञ्जना र भ्रम फैलिरहेकाले...

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

by Nam Raj Bhatta
September 26, 2025
0

काठमाडौं, १० असोज २०८२ सुदुरपश्चिम डोटीका कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका...

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

by Nam Raj Bhatta
May 31, 2025
0

काठमाडौं, १६ जेठ २०८२ नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको ज्यान...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    625 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    608 shares
    Share 243 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    596 shares
    Share 238 Tweet 149

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
  • धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.