Magnus pharma
आज: २०८२ चैत्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोना नियन्त्रणको लागि चीनको अनुभवबाट सिक्नुपर्छ #Covid19

HNN Staff by HNN Staff
August 18, 2020
in Research & Study
Reading Time: 1 min read
A A
0
कोरोना नियन्त्रणको लागि चीनको अनुभवबाट सिक्नुपर्छ #Covid19
626
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️  डा.रमेश आचार्य 

नेपालमा कोरोना संक्रमणले निकै चुनौतीपूर्ण अवस्था सिर्जना गरिरहेको छ । सरकारले लकडाउन गरेको हो कि खुलाएको हो, बुझ्न कठिन छ । आम जनतालाई मान्य हुने गरी सरकारले कार्यक्रमसहित अघि नबढ्ने हो भने नेपालमा ठूलो दुर्घटना निम्तिन सक्ने कोरोनाका विषयमा सूक्ष्म अध्ययन गरिहनुभएका थुंग्ची मेडिकल कलेज चीनका रिसर्च स्कलर डा. आचार्यले चीनको अनुभव सुनाउँदै भन्नुभयो– चीनको उहानमा २०१९ डिसेम्बर १ मा ख्वानान सिफुड मार्केटमा पहिलोपटक कोरोना भाइरस देखियो ।

त्यसपछि जनवरी २१ सम्म भाइरसको नेचर र गति कसरी अगाडि बढ्छ भन्ने बिषयमा नै अनुसन्धान भयो । जनवरी २१ देखि अप्रिल १५ सम्म उक्त ठाउँमा पूर्णरूपमा यातायात, मेट्रो, रेल, सपिङ महलदेखि पार्क, विश्वविद्यालय, स्कुल, होटल सबै लकडाउन गरियो । सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पूर्णरूपमा प्रतिबन्ध लगाइयो । त्यो अवस्था कफ्र्यु लगाएकै बेलाकै जस्तो थियो ।

मान्छेले साबुनपानी र स्यानिटाइजर प्रयोग गरेजस्तै हरेक क्षेत्रमा निर्मलीकरणका लागि कस्तो विधि अपनाइएको थियो ?

प्रत्येक सडक, सपिङमलदेखि यातायात, मेट्रो, रेल, पार्क, सर्वसाधारण व्यक्ति हिँड्ने ठाउँहरूमा शून्य दशमलव ५ प्रतिशत सोडियम हाइप्रोक्लोराइड रासायनिक झोल छर्कियो भने मानिस बस्ने भवनभित्र, एलिभिटर, मानिस बस्ने र प्रयोग गर्ने सबै सामानमा भने ७० प्रतिशत इथानल प्रयोग गरिएको थियो । आवत–जावतमा त पूर्णरूपमा प्रतिबन्ध लगाइएकै अवस्था थियो ।

खानेकुरामा पनि प्रतिबन्ध लगाइएको थियो कि ?

पूरा तीन महिनासम्म माछा, मासु, चराचुरुङ्गी, खसी, विशेष गरी बंगुर, कुखुरा र सिफुडमा पूर्णरूपमा सिल गरिएको अवस्था थियो । तर, मानिसलाई तरकारी र खाद्यान्न घर–घरमा वितरण गर्नका लागि पीएलएका स्वयंसेवक प्रयोग गरिएका थिए ।

कोरोना संक्रमित र सम्भावित संक्रमितलाई कसरी सुरक्षाको व्यवस्था मिलाइएको थियो ?

कोरोना संक्रमितलाई क्वारेन्टाइनको व्यवस्था गरिएको थियो र प्रत्येक दिन त्यहाँको केन्द्र सरकारले ५० हजारदेखि ५ लाखसम्म आरडीटी र पीसीआर परीक्षण गर्नैपर्ने र त्यो संख्याभन्दा कम परीक्षण हुनेबित्तिकै कारबाही गरिन्थ्यो । यसरी सरकारले दिएको निर्देशनअनुरूप काम गर्नैपर्ने हुन्थ्यो । यसरी काम गर्ने आधार भनेको एग्रेसिभ्ली आरडीटी र पीसीआर परीक्षणबाट नै हो ।

यसकै आधारमा दुईवटा गभर्नर, मेडिकल बोर्डका निर्देशक, अस्पतालका निर्देशकदेखि डाक्टरहरू कारबाहीमा परे । ती जनशक्ति कारबाहीमा पर्दा योग्य नयाँ व्यक्तिलाई नियुक्त गरिएको थियो । त्यसपछिका एक महिनाभित्रै (जनवरी २१ देखि फेब्रुअरी २१ सम्म) करिब १५ लाखको पीसीआर परीक्षण र २० लाखभन्दा बढी मानिसको कन्ट्रयाक टेस्टिङ भइसकेको अवस्था थियो । त्यसपछिका ४० दिनमा ३५ लाखभन्दा बढीको पीसीआर सम्पन्न गरिएको, २ लाखभन्दा बढी क्षमताको आईसीयू बेड तयार गरिएको र ७५ हजार भेन्टिलेटरसहितको वार्ड तयार गरी उपचार गर्ने व्यवस्था मिलाइएको थियो ।

लकडाउनका बेला प्रत्येक घर–परिवारका व्यक्तिको अवस्था कसरी पहिचान गरिन्थ्यो ?

प्रत्येक घर –परिवारको अवस्थाका बारेमा रातको ९ बजेभन्दा अघि अनिवार्य तापक्रम मापन गर्नैपर्ने र गरेर अनलाइनमा पठाउनैपर्ने अनिवार्य नियम लागू गरिएको थियो । यदि जुन व्यक्तिले नियम पालना नगरी तापक्रम रेकर्ड गरेर अनलाइनमा पठाउँदैन त्यसको भोलिपल्टै ऊ कारबाहीमा पथ्र्यो । नियमको पालना नगर्नेलाई सरकारी आइसोलेसन र क्वारेन्टाइनमा अनिवार्यरूपमा पठाइथ्यो ।

चिनमा सबै अस्पतालहरू  सुचारु थिए ?

उहानलगायतका होवेका कुनै पनि अस्पताल बन्द भएनन् । सबै अस्पताललाई कोभिड–१९ अस्पतालका रूपमा सञ्चालन गरियो । अन्य बिरामी जो प्रत्येक दिन दैनिक ओपीडी या आकस्मिकका लागि आउँथे उनीहरूका लागि छुट्टै होम हेल्थ शिविर सञ्चालन गरिएको थियो । त्यसमा प्रत्येक डाक्टर, नर्स, पारामेडिक्सहरू घरमै गएर ओपीडीमा आउनुपर्नेका लागि सेवा दिने काम हुन्थ्यो । आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि केही सीमित अस्पताल र अप्रेसन थिएटर व्यवस्था गरिएको थियो र त्यहाँ ओपीडी पूर्णरूपमा बन्द थिए ।

ती बन्द ओपीडीका डाक्टर, नर्स, प्राविधिक सबै कोभिड अस्पतालमै परिचालित थिए । हरेक भवनमा पारामेडिक्स फिजिसिएन तयारी अवस्थामा थिए र कुनै पनि ओपीडी जानुपर्ने बिरामी अस्पताल जानैपर्ने अवस्था आएन ।
सबै टोल, भवन, समुदायमा एम्बुलेन्स र आकस्मिक सवारी तयारी अवस्थामा राखिएका थिए । बिरामीलाई आकस्मिक पर्दा प्रत्येक ५ सयदेखि १ हजार मिटरको क्षेत्रमा करिब १० हजार जनाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो ।

प्रत्येक १० हजार जनताका लागि टोल फ्री नम्बर उपलब्ध गराएको थियो । उहान र हुवेका प्रत्येक परिवारका सदस्यमा कम्तीमा २ देखि २० पटकसम्म पीसीआर परीक्षण गरिएको थियो र त्यहाँ प्रत्येक नागरिकलाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्न लगाइएको थियो । सबै नागरिकले राज्यको नियमको पालना गरेर बसेकै थिए ।

त्यस्तो अवस्थामा डाक्टर नर्सले कसरी काम गरेको अवस्था थियो ?

सबै अनिवार्यरूपमा फिल्डमा खट्नैपथ्र्यो । फिल्डमा नखट्ने फ्रन्टलाइनमा नखट्ने कसैलाई पनि केन्द्र सरकारले विज्ञ मानेन । त्यस कारण त्यहाँ डाक्टर, प्रोफेसर, जनस्वास्थ्यकर्मी सबैले प्रत्येक समुदायको जिम्मा लिनुपथ्र्यो । उहान र हुवेय प्रान्तमा रहेका अरू भाइरोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, इमिनोलोजिस्ट, साइकोलोजिस्ट सबैले फ्रन्टलाइनमा बसेरै काम गरे । प्रत्येक समुदायमा अस्थायीरूपमा ज्वरो र मोबाइल क्लिनिक सञ्चालन गरिएको थियो । त्यहाँ डाक्टर, नर्स र पारामेडिक्स सबै खुला आकाशमा काम गरेको अवस्था थियो ।

अनुसन्धान कर्ता डा.आचार्य हाल : थोङ्ची मेडिकल वुहान‌ रिसर्च स्कलरका रुपमा कार्यरत हुनुहुन्छ।

Tags: Corona Virus #Covid19Dr.ramesh acharyainternational news
SummarizeShare275ScanTweet146

Related articles

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

by Nam Raj Bhatta
October 9, 2025
0

✍️ डा. कन्चन दाहाल, मनोरोग विशेषज्ञ  जेनजी क्रान्तिले नेपालको सामाजिक चेतनामा ठूलो हलचल ल्याएको छ। तर यसका बीचमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गलत समाचार, अतिरञ्जना र भ्रम फैलिरहेकाले...

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

by Nam Raj Bhatta
September 26, 2025
0

काठमाडौं, १० असोज २०८२ सुदुरपश्चिम डोटीका कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका...

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

by Nam Raj Bhatta
May 31, 2025
0

काठमाडौं, १६ जेठ २०८२ नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको ज्यान...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    662 shares
    Share 296 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया
  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.