आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

नेपाल फार्मेसी काउन्सिलको भूमिका

Nam Raj Bhatta by Nam Raj Bhatta
September 25, 2024
in Research & Study
A A
0
नेपाल फार्मेसी काउन्सिलको भूमिका
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नेपाल फार्मेसी काउन्सिलको भुमिका के कस्तो छ भनेर काउन्सिलका अध्यक्ष प्रज्वल जंग पाण्डे सङ्ग स्वास्थ्य पत्रकार नमराज भट्टले गरेको कुराकानीमा आधारित

१) नेपाल फार्मेसी काउन्सिलको भूमिका कस्तो छ?

  •  नेपाल फार्मेसी काउन्सिल भनेको जति पनि फार्मेसी पढिरहेका हुन्छन् जस्तै: डिप्लोमा मास्टर तिनीहरूको लागि हामीले दर्ता गर्ने काम गर्छौ, त्यही नै नेपाल फार्मेसी काउन्सिल हो। फार्माशिष्टले गरेका अभ्यासहरूलाई हामीले हेर्ने गर्ने गर्छौ। नेपाल फार्मेसी काउन्सिलको आफ्नै ऐन, नियम र कानुन रहेको छ। यो काउन्सिल स्वास्थ्य मन्त्रालय अन्तर्गत भएकोले यसको छुट्टै संरचना छ। नेपालमा भएका फर्मासिष्टहरुले गर्दै आएका काम कर्तव्य कुशल अभ्यासहरुलाई हेर्ने साथै फर्मासिष्टको निश्चित अवधिमा अध्यावधिक गर्ने गर्छौ। फार्मेसिलाई कुन- कुन विधामा कति जति जनशक्ति उत्पादन भइरहेको छन् भन्ने तथ्याङ्क नेपाल सरकारले पनि सहयोग गरिरहेको हुन्छ।

२) नेपाल फार्मेसी काउन्सिलमा अध्यक्षको भूमिका के हुन्छ ?

  •  अध्यक्षको भूमिका भन्दा पनि एउटा काउन्सिलको एउटा आफ्नै संरचना छ। काउन्सिलको अध्यक्ष भनेको एउटा अभिभावक मूलक जिम्मेवारी हो। जति पनि गतिविधिको संरक्षण गर्छ, नीति नियम दक्ष जनशक्तिको प्रक्षेपण गर्नको लागि अध्यक्षको प्रमुख भूमिका रहेको हुन्छ। नेपाल सरकारले फार्मेसी काउन्सिलमा भएको गतिविधिको विभिन्न क्रियाकलाप गर्नको लागि अध्यक्षको प्रमुख जिम्मेवारी रहन्छ। नेपालमा स्वायत्त भएका जनशक्तिको प्रक्षेपण गर्नका लागि अध्यक्षको प्रमुख भूमिका रहन्छ । समितिमा अध्यक्ष रजिष्टार र सदस्यहरु लगायत १० जनाको कार्यसमिति रहेको छ । जसमा विभिन्न विधाका विभिन्न विषयमा दक्षता गरेकोलाई राख्ने गरिन्छ। जस्तै: हस्पिटल, एकेडेमी र उद्दोग लगायतका ठाउँमा काम गर्ने पनि यो समितिमा रहेका छन्।

३) तपाईंले अध्यक्ष भइसकेपछि पुराना कामलाई निरन्तर अगाडि बढिरहेका छन् कि केही नयाँ काम पनि गरिरहनुभएको छ?

  •  नेपालमा अहिले काउन्सिलहरूले एउटा आफ्नै समिति दायरामा रहेर काम गरिरहेका हुन्छन् । नेपाल फार्मेसी काउन्सिल जस्तै: आयुर्वेदिक काउन्सिल, मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिल पनि छन्। यी सबैले आआफ्नै काम गरिरहेका छन्। त्यस्तैगरी फार्मेसी काउन्सिलले पनि आफ्नै दक्ष जनशक्तिमा दर्तालाई बढी भन्दा बढी ध्यान दिएको पाइन्छ। औषधि उत्पादन हुने संस्थाको शिक्षामा अनुगमन हुने काम गरिरहेको छ। हामी अहिले बढीभन्दा बढी दक्ष जनशक्ति दर्ता परीक्षाहरू गरिरहेका छौं हामीले पुरानो कामलाई निरन्तर गरिरहेका छौं । नयाँ काम पनि गरिरहेका छौं। म आइसकेपछि अभिमुखीकरण तालिमहरु नियमित दिईरहेका छौं । फर्मासिस्टले नियमित आफ्नो सीप तथा अभिमुखीकरण तालिमहरु प्रदान गरिरहेका छौ। लाइसेन्स अध्यावधिक गर्नको लागि उपत्यका बाहिर पनि काउन्सिल शाखा राखेका छौं । फार्मेसीको विभिन्न विधामा आवश्यक पर्ने तालिमको पनि व्यबस्था गर्ने योजनामा छौ। राज्यलाई आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गर्दै आएका छौ। विधागत विषयमा देशलाई आवश्यक पर्ने जनशक्तिको आकरण गर्ने क्रममा छौ। विदेशमा कति गएका छन् निजी तथा सरकारीमा कति छन् भनेर लेखाजोखा गर्ने गरेका छौं। जसले गर्दा वेबसाइटको विकास गरेर प्रत्येक फार्मासिस्टले आफ्नो दर्ता वा अध्यावधिक गर्न पाउने अधिकार छ।

  • कोभिड – १९ को बेला नेपाल सरकारको संयोजकत्वमा नेपाल मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिल मिलेर पेपकिप्सनको अडिट गरेका थियौ। गुणस्तर शिक्षा बढाउनको लागि चिकित्सा आयोग र विभिन्न काउन्सिल सङ्ग समन्वयन गरी गुणस्तर परीक्षा प्रणाली गर्ने क्रममा छौँ ।

४) नेपालमा फार्मेसी दर्ता कति छन्?

# हाल सम्म फार्मेसी असिस्टेन्ट र फार्मेसी गरी १३,६२६ छन् जसमध्ये स्नातकभन्दा माथिका ६ हजार ६०६ रहेका छन्।

५) बिना प्रमाणपत्र वा लाइसेन्स औषधि पसल चलाएको पाइएको छ यसमा फार्मेसी काउन्सिलको भूमिका के छ ?

  •  काउन्सिलले औषधि पसल वा व्यवसायमा अनुगमन गर्ने गर्दैन। यो नेपाल औषधि व्यवस्था विभागले हेर्ने गर्छ। हामीले अनुगमन गर्ने भनेको दोहोरो सर्टिफिकेट प्रयोग गरेको छ कि छैन । सर्टिफिकेटको कुनै दुरुपयोग त भएको छैन भनेर अनुगमन गर्ने गरेका छौं ।

६) फार्मेसी काउन्सिलबाट लिईने लाइसेन्सको परीक्षा कहिले – कहिले हुन्छ?

  •  हामीले प्रत्येक वर्ष परीक्षा गर्ने गरेका छौं। वर्षमा ३ देखि ४ वटा परीक्षा हुन्छन् । जसमा डिप्लोमा र स्नातक तहको हुने गर्छ। हामीले नियमित रुपमा परीक्षा गर्ने गरेका छ

७) नेपालमा पछिल्लो अवस्थामा फार्मासिष्टहरूको अवस्था कस्तो छ ?

  • अहिले नेपालमा ३५ प्रतिशत फर्मासिस्ट विदेश गएको तथ्याङ्क छ । तर विद्यमान अवस्थामा उद्योगको पनि विकास भएको छ। शैक्षिक संस्थाको पनि विकास भएको छ। भोलिको दिनमा विभिन्न उद्योगहरू औषधि पसलहरू बढ्ने क्रममा फार्मासिस्टको प्रभावकारिता नेपालमा बढ्ने सम्भावना देखिन्छ। हामीले नेपालमा अझै फार्माशिष्टको क्षेत्र बढ्ने अनुमान गरेका देख्छौ। फार्मेसी काउन्सिलले आचारसंहिता पनि लागू गरेका छ। फर्मासिस्टले के गर्ने के नगर्ने भनेर अचार संहिताले भन्ने गर्द्छ।

८) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फार्मेसी काउन्सिललाई के कस्ता सहयोग गर्ने गरेको छ ?

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एकदमै सहयोग छ। स्वास्थ्य मन्त्रालयले पनि औषधिभन्दा फर्मासिस्टको बढी भूमिका र योजनाको बारेमा फार्मेसी काउन्सिललाई बोलाएर समय-समयमा मिटिङ गर्ने गरेको छ। जसले गर्दा सहयोग र साथ मिलेको छ। मन्त्रलायमा विषयगत योजना बनाउने बेला फार्मेसी काउन्सिलको भुमिका रहन्छ। मन्त्रालयले औषधिको सही सदुपयोग गर्न फार्मासिस्टको भुमिकालाई अति प्रभावकारी बनाउनुमा सहयोग गर्ने गर्द्छ। फार्मेसी काउन्सिलले अगामी दिनमा पनि स्वास्थ्य मन्त्रालय सङ्ग समन्वय गरि विभिन्न नीति तथा कार्यक्रम ल्याउने क्रममा छ।

९) नेपाल फार्मेसी काउन्सिलले भावी योजना के कस्तो रहेको छन् ?

  • जुन हामीले सुरुवात देखि नै काम गरिरहेका थियौ, त्यसैलाई निरन्तरता दिने प्रमुख उद्देश्य हो । काउन्सिलले गुड फार्मेसी प्राक्टिसलाई प्रबर्द्धन गर्नेछ। राष्ट्रिय स्वास्थ्य नीतिमा फार्मेसी काउन्सिलको भुमिका पनि महत्त्वपूर्ण हुने हुँदा आवश्यक योजनाहरु, सुझाबहरु सम्बन्धित मन्तालयमा दिने गर्दछौ। सुगममा मात्र नभएर दुर्गम क्षेत्रमा गएर पनि कार्यक्रम वा तालिम दिन शुरूवात गरेका छौँ । मुख्य एजेण्डा भनेकै फार्मेसीलाई राम्रो गर्ने हो । समस्त रुपमा फार्मेसी अभ्यासको विकास गर्ने योजनाहरु प्रस्तुत गर्दैछौं । एन्टिबायोटिकको सदुपयोगमा फर्मासिष्टको पनि प्रमुख भुमिका हुने हुँदा यस सम्बन्धित आवश्यक पर्ने तालिमको व्यवस्था गर्ने क्रममा छौँ ।
Tags: #Health and population ministryNepal pharmacy CouncilPrajwaljang pandey
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. पन्त आईएपिबिको बोर्ड अफ ट्रस्टीमा निर्वाचित

Next Post

गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख मेसु डा. तिवारीद्वारा पदभार ग्रहण

Related articles

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै
Research & Study

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै

2 months ago
1.1k
अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह
Research & Study

अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

6 months ago
802
स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
Research & Study

स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

6 months ago
828
सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery
Research & Study

सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery

7 months ago
1.1k
rashtriya anusandhan
Research & Study

एनएचआरसी बेष्ट परफर्म अवार्ड बाट चन्द्रभुषण यादव सम्मानित

1 year ago
924
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलन सम्पन्न
News

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलन सम्पन्न

1 year ago
820
Next Post
गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख मेसु डा. तिवारीद्वारा पदभार ग्रहण

गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख मेसु डा. तिवारीद्वारा पदभार ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,012)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.