आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

नेपालमा दम र एलर्जीको अवस्था #AsthmaAllergy

Nam Raj Bhatta by Nam Raj Bhatta
April 29, 2023
in Research & Study
A A
0
नेपालमा दम र एलर्जीको अवस्था #AsthmaAllergy
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १६ वैशाख २०८०

नेपालजस्तो विकासोन्मुख देशमा विशेषगरी शहरी क्षेत्रमा  बालबालिका, बयस्क देखि वृद्दहरुसम्म एलर्जी तथा दमको  सम्बन्धि समस्याहरु बढ्दै गएका छन् ।

यसै सन्दर्भमा आउँदो मे महिनामा परेको एलर्जी तथा आस्थाका जनचेतना महिना भएकोले नेशनल अस्थमा एलर्जी सेन्टर लाजिम्पाटका विशेषज्ञ तथा एलर्जी सोसाईटी (PAAIPSON) का अध्यक्ष एवम् बालरोग तथा एलर्जी रोग विशेषज्ञ डा. महेश कुमार गौतम सँग स्वास्थ्य पत्रकार नमराज भट्टले गरेको कुराकानीका आधारमा।

* एलर्जी भनेको के हो?

एलर्जी भन्नाले शरीर बाहिरको तत्त्व विशेषत: प्रोटिन तत्वहरु संग शरीरले देखाउने एक किसिमको अवाञ्चित असर भन्ने बुझिन्छ।यदि‌ छालामा एलर्जी भएमा छाला सुख्खा हुने देखि लिएर चिलाउने डाबर आउने सम्मका लक्षणहरू देखिन्छन् जसलाई एलर्जीक डर्माटाइटिस भनिन्छ।‌ त्यस्तै नाकमा एलर्जी भएमा नाक चिलाउने, बन्द हुने, हाछ्यु आउने वा नाकबाट पानी बगीरहने हुन्छ । यसलाई एलर्जीक राइनाइटिस भनिन्छ।‌ नाक सँगै आखाँ रातो हुन्छ भ‌ने यसलाई एलर्जीक राइनाेकन्जङटिभाइटिस भनिन्छ। त्यस्तै छातीमा स्वास फेर्ने नलीमा एलर्जी भएमा लामो समय खोकि लाग्ने वा बल्झिरहने, स्याँस्याँ हुने वा छिटो थकान महसुस हुने लक्षण देखिन्छन् जसलाई एलर्जीक ब्रोङकाइटिस भनिन्छ। समान्य भाषामा हामी यसलाई दम (Asthma) भनेर बुझ्दछौं।

यदि कसैलाई खानेकुराको एलर्जी भएको छ भ‌ने खानेकुरा नपच्ने, पेट दुख्ने, झाडावान्ता हुने सँगै छालाको एलर्जीका लक्षणहरू देखिन सक्छन्। त्यस्तै कुनै मुखवाट खाने वा सुइबाट दिने औषधिको एलर्जी छ भने छालामा डाबर आउने र चिलाउने हुन्छ यसलाई ड्रग एलर्जी भनिन्छ। 

माथिका मध्ये कुनै पनि एलर्जीमा‌ शरीरमा डावर आउने बाहेक ओठ आँखा सुन्निने, खोकि लाग्ने वा श्वास फेर्न गाह्रो हुने, ब्लड प्रेसर कम हुने वा अचेल हुने लक्षण एकैसाथ देखिएमा यसलाई जटिल एलर्जीक रियाक्सन भनिन्छ। मेडिकल भाषामा सबैभन्दा जटिल ज्यानै जान सक्ने एलर्जीक रियाल्सनलाई एनाफाइलेक्सिस ( Anaphylaxis) भनिन्छ।‌‌

Skin

* यसका लक्षणहरू के के हुन सक्दछन्? 

छालामा हुने लक्षणहरू : छाला सुक्खा हुने, डाबर आउने, चिलाउने

नाकमा हुने लक्षणहरु :  विहान उठ्दा खेरी हाच्छिउँ आउने, नाक बगिरहने, सिगान नबगेर नाक बन्द हुने, आँखा चिलाउने र आँखा रातो हुने। 

छातीमा हुने लक्षणहरु :  खोकी लाग्ने,  थकान महसुस हुने, रातीमा बढी खोकी लाग्ने, स्याँस्याँ हुने।

* एलर्जीको जाचँ के नेपालमा‌ गर्न सम्भव छ कि छैन ?

आफुलाई के कुराको एलर्जी छ भनेर जाँच्ने सुबिधा अब नेपालमै सम्भव छ। यसमा सबैभन्दा विश्वासिलो जाँचमा एलर्जेन‌ स्किन प्रिक टेस्ट पर्दछ। जसमा एलर्जी सम्बन्धि विशेषज्ञ चिकित्सकले बिरामीको मेडिकल इतिहास, खानपिन, बसाइँ, पारिवारिक एलर्जी इतिहास इत्यादि विभिन्न कुराहरुको‌ आधारमा आवश्यक ठहरिएका दोसी एलर्जेनहरुको छनोट गरी जाँच गर्छन्। यी बाहेक पनि अन्य बिभिन्न एलर्जी जाँचहरु उपलब्ध छन्। 

Allergy

* एलर्जीको उपचार कसरी गर्ने ? 

हाम्रो देशमा यस्ता रोगीहरु प्रायः एलर्जी रोग हेर्ने विशषज्ञ डाक्टरहरुकोमा पुग्ने सम्भावना एकदमै कम हुन्छ।

जस्तै बच्चाहरूमा रुघाखोकी लागि रहन्छ भने प्राय जसो आमाबुबाहरुले पहिलो त औषधि पसलमा गएर औषधि किनेर खुवाउने बानी हुन्छ। रुघाखोकी भनेर डिकोल्ड र साइनिक्स किनेर खुवाइदिन्छन जसले गर्दा पछि गएर समस्याहरु पर्न सक्छन् । धेरैजसोले एन्टिबायोटिक औषधि खुवाउने बानी पनि परेका छन्। यदि डाक्टरकहाँ पुगे पनि यो एलर्जी हुन सक्छ भनेर विचार नगरिदिने, रुघाखोकी लाई पनि एन्टिबायोटिक लेखिदिने, बच्चाहरुलाई स्याँस्याँ अनि गाह्रो भएको छ भने मुखबाट खाने औषधी जस्तो स्टरुवाइड औषधिहरू राखिदिने गर्छन्।  जुन किसिमको उपचार गर्नुपर्ने हो त्यो नभएर बच्चालाई पछि गएर धेरै समस्याहरु उत्पन्न हुने गर्दछन्। 

यस्ता समस्याहरु विशेषज्ञ चिकित्सकको कमिले गर्दा पनि हो। जुन यस्तो समस्या भएका बच्चा विशेषज्ञ चिकित्सक कहाँ पुग्छन् उनीहरूलाई समस्या छालाको छ भने छालालाई प्रदूषित वातावरणबाट जोगाउने गर्नुपर्दछ। त्यसको लागि मोइस्चराइजरको प्रयोग गर्नुपर्ने हुन्छ वा नरिवलको तेल पनि प्रयोग गर्न सकिन्छ।  त्यसपछि पनि समस्या भइरहेको छ भने विभिन्न किसिमका औषधिहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।

Aasthma

त्यस्तै एलर्जीक राइनाइटुस समस्या छ भने नाकमा हाल्ने स्प्रे औषधि प्रयोग गर्नुपर्ने हुन्छ। त्यस्तै दम छ भने इनहेलर औषधिको प्रयोग गर्नुपर्ने हुन्छ। यी बाहेक कुनै निश्चित चिजको एलर्जी हो भनि ठम्याउन सकेमा त्यस विरुद्ध इम्युनोथेरापि दिन सकिन्छ। यो सँगसँगै एलर्जी गर्ने तत्वबाट पनि जोगिन एकदम जरुरी छ। 

 * नेपालमा‌ एलर्जी रोग उपचारको अवस्था कस्तो छ ? 

नेपालमा एलर्जि भनेर उपचार गर्ने चिकित्सकहरूको कमी रहेको छ‌ । यो पढाइ प्रायः नयाँ भएको हिसाबले पनि हुन् सक्छ। हाम्रै छिमेकी मुलुक भारत र  बंगलादेशमा पनि एलर्जीको विद्या बिकसित हुँदै गइरहेको छ । पहिला-पहिला एलर्जी रोग भनेको एकदमै विकशित देशहरुमा मात्रै हुने रोगको रुपमा चिनिन्थ्यो। अहिले आएर दक्षिण एसियाको राष्ट्रहरूमा पनि एलर्जी एकदमै बढिरहेको छ।  समस्या के हो भने राष्ट्रिय तहमा नीति निर्माणको तहमा एलर्जी पनि समस्या हो भनेर कतिपयले चासो नदेखाइ दिनाले, यसलाई प्रभाव पार्ने वातावरणीय प्रदूषण चुरोटको धुवाँ, महिना नपुगिकन जन्मने, आमाको दुध भन्दा पनि बट्टाको दूध खुवाउने चलन बढिरहेकोले गर्दा एलर्जी समस्या बढिरहेको छ । तर नीति निर्माण गर्ने जुन ठाउँमा जुन व्यक्ति हुनुहुन्छ उहाँले त्यसतर्फ ध्यान नदिएकोले बढ्दो क्रममा छ । जसले गर्दा यो रोग पहिचानमा आउन सकेको छैन र राष्ट्रिय तहमा पनि यसको डाटा अपुग अवस्थामा छ।

Dam

* एलर्जी रोगको पहिचानमा‌ नेपाल सरकारले के गरिदिनुपर्ने  जस्तो लाग्छ?

नेपाल सरकारले सबैभन्दा पहिले जनचेतना बढाउनुमा मद्दत गर्नुपर्यो, जसरी हामीले चुरोट खानु हुँदैन भन्ने जनचेतना बढाउनमा‌ सरकारको प्रमुख भूमिका छ। बायु प्रदुषण र एलर्जीले गर्दा पनि बच्चाहरूमा तथा बयस्कहरुमा हरुमा दम हुन्छ । प्रदुषित खानेकुराहरुले गर्दा एलर्जी बढ्दै जाँदा पाचनप्रणालीमा समस्या भएर त्यसको पनि एलर्जी बढ्दो रुपमा छ भनेर जनमानसमा यो सन्देश पुर्याइदिनु नितान्त आवश्यक रहेको छ।

त्यसैगरी अहिले जो चिकित्सकहरु अभ्यास गरिरहनुभएको छ उहाँहरुलाई पनि एलर्जी भन्ने पनि विधा छ यसको राम्रोसँग पहिचान गर्नुपर्छ। डाटा राम्रोसँग कलेक्सन गर्ने र इपिडिमियोलोजीकल रिसर्च पनि गर्नुपर्छ ‌। एलर्जीको विज्ञहरु पनि बढुन भनेर सरकारी तहबाटै पनि डाक्टरहरुलाई विदेशमा एलर्जी शिक्षाको तालिम दिनको लागि पठाउनु पर्दछ।  समय-समयमा विदेशबाट विशेषज्ञ चिकित्सकहरुलाई नेपालमा ल्याएर तालिम दिलाउनु नितान्त आवश्यक रहेको छ।

Tags: AllergyCorona Virus #Covid19Dr. Mahesh Kumar gautam
Nisarga hospital Dhangadhi
Previous Post

पाटन अस्पतालमा ५९ जना नर्स सहित १२० जना स्वास्थ्यकर्मी माग

Next Post

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट चिकित्सक सहित २२ जना सम्मानित

Related articles

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै
Research & Study

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै

2 months ago
1.1k
अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह
Research & Study

अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

6 months ago
802
स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
Research & Study

स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

6 months ago
828
सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery
Research & Study

सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery

7 months ago
1.1k
नेपाल फार्मेसी काउन्सिलको भूमिका
Research & Study

नेपाल फार्मेसी काउन्सिलको भूमिका

8 months ago
884
rashtriya anusandhan
Research & Study

एनएचआरसी बेष्ट परफर्म अवार्ड बाट चन्द्रभुषण यादव सम्मानित

1 year ago
924
Next Post
स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट चिकित्सक सहित २२ जना सम्मानित

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट चिकित्सक सहित २२ जना सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,013)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...