औषधि नचिन्नु ठूल भूल: धन्वन्तरी आयुर्विज्ञान

तपाईं कुनै वनजङ्गलमा गएर एकमुठी झारपात उखेल्नुहोस, तपाईंको पन्जामा आउने अधिकांश झारपातमा औषधिय गुण छ।

काठमाडौं फागुन २३, शुक्रबार ऋषिमुनिको देश ,तपोभूमी ,स्वर्गको टुक्रा जस्तै हाम्रो देश नेपालले आयुर्वेदको बारेमा विश्वलाई चिनाउनु पर्नेमा हामी आफैं विना हराएको कस्तुरी जस्तै भएका छौँ ।कस्तुरी सङ्ग बिना छ तर उसले थाहा पाउदैन र ऊ अन्तै भौतारिन्छ भने झैं हामी कहाँ जडिबुटीको भण्डार छ तर त्यसको भेउ पाउन सकिरहेका छैनौं ।

तपाईं कुनै वनजङ्गलमा गएर एकमुठी झारपात उखेल्नुहोस, तपाईंको पन्जामा आउने अधिकांश झारपातमा औषधिय गुण छ। पहाडको कुनै पाखोमा खोज्नुस ,तपाईंकै अाँखा वरिपरि जटामसी ,चिराइतो , पाँचऔंले वनमूला , लालगेडी ,ऐसेलू ,देख्नु हुनेछ ।यी सबै बनस्पति हुन् ।

हिमाली भेगमा पाइने यार्सागुम्बा देखि तराई भेगमा पाईने बर्‍रोसम्मको उच्च औषधीय मूल्य छ।हिमालयको स्वच्छ हावा वहने हाम्रो वायुमण्डलमा अनेकथरी बनस्पति छ्न, जसमा केहि न केहि औषधिय गुण छ।हाम्रा पुर्खाहरुले यिनै जडिबुटीको उपयोगबाट आफुलाई निरोगी र बलियो बनाए। पेट दुख्दा उनीहरु अस्पताल धाउदैनथे, हात काट्दा औषधि खोजदैनथे तर आज हामीले पुर्खाको ज्ञान र सीपलाई लत्यायौ ।आफ्नै घर आगनको बनस्पति पहिचान गर्न र त्यसको उपयोग गर्ने विधिबारे उत्सुकता जगाएनौ ।कसरी निरोगी र खुसी जीवन बिताउने भन्दा पनि रोग लागि सकेपछी उपचार गर्नुपर्छ भन्ने धारणा बिकास भयो। हामी अस्पताल मुखी भयौं , उपचारमुखी भयौं , औषधिमुखी भयौं र आज हामी रोगी भयौं ।

हामीलाई उच्च रक्तचाप , मधुमेह मोटोपन थाइराइड ,पक्षघात ,र डिप्रेसन भयो।हामी रोगै रोगले थलिएर बाचिरहेका छौ । हिजोको दिनमा सर्ने रोगले मान्छेहरू मर्थे भने अहिले नसर्ने रोगले हामीलाई थला पारेको छ ।जस्तो क्यान्सर ,लिभर रोग , किड्नी फेल,मुटुरोग ,मस्तिष्क रोगले बिकराल अवस्था ल्याउदै छ।हामी रोगी जीवन बाचिरहेका छौँ ।हामीले चाहेजस्तो खानेकुरा खान र चाहेजस्तो जीवन बाचिरहेका छैनौं ।हामी औषधिको भरमा मात्र प्राण धानिरहेका छौँ ।यी सबैको कारक भनेको हाम्रो खराब जीवनशैली र सुबिधाभोगी शरीर हो।
हामी ब्यायाम गर्दैनौं मस्त खान्छौ र येस आराम गर्छौं ।यसले गर्दा शरिरले कहिले सम्म धान्छ? रोगले शरीरलाई कब्जा गर्दै जान्छ ।तब हामी उपचारको खोजीमा भौतारिन्छौरोग लागिसकेपछी उपचार खोज्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो।तर रोग नलाग्दा सम्म हामी बिन्दास बाचिरहेका हुन्छौं ।मासु ,रक्सी ,चुरोट खाईरहेका हुन्छौं ।रोग लागेपछि अस्पताल धाउँछौ।

अस्पताल र औषधिले पनि काम नगरेपछी बल्ल आयुर्वेदको शरणमा पुग्छौ।जब रोग अन्तिम चरणमा पुग्छ, तब हामीलाई आयुर्वेदको होस खुल्छ।हुनुपर्ने चाहिँ के हो भने ,रोग लाग्नु अघि नै हामी आयुर्वेदको शरणमा पुग्नुपर्ने भन्ने हो। जडिबुटीको पहिचान गर्नुपर्ने ,उपयोग गर्नुपर्ने ,योग ब्यायाम तथा ध्यान दिनुपर्छ।यसरी निरोगी र खुसी जीवन बाच्नुपर्छ। देशमै आयुर्वेद सम्बन्धि विभिन्न उपचार सेवा उपलब्ध गराउनुलर्छ।


✍️ दल बहादुर जीसी
प्रबन्धक : धन्वन्तरी आयुर्विज्ञान अध्ययन सस्थान तथा अस्पताल, बानेश्वर

Next Post
ADVERTISEMENT