आज मिति : २०८२ बैशाख २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

डा. चन्दन न्यौपानेको अध्यक्षतामा फेनक्यान चितवन शाखा गठन #Chitwan

Nam Raj Bhatta by Nam Raj Bhatta
December 22, 2022
in Nutrition
A A
0
डा. चन्दन न्यौपानेको अध्यक्षतामा फेनक्यान चितवन शाखा गठन #Chitwan
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन, ७ पुस २०७९

नेपाल खाद्य आयुर्वेदिक, न्युट्रास्युटिकल तथा कस्मास्युटिकल ( फेनक्यान) संघले डा. चन्दन न्यौपानेको अध्यक्षतामा चितवन शाखाको आज देखि विधिवत रुपमा शुभारम्भ भएको छ।

नारायणी किनार स्थित सिटि बैन्केटमा केन्द्रिय तथा प्रादेशिक कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिमा चितवन शाखाको कार्यसमितिको गठन भएको हो।

चितवनमा रहेर न्युट्रास्युटिकल तथा कस्मास्युटिकल आयातकर्ताहरुको पटक पटक बैठकपछि व्यवसायिक एकता, व्यवसायिक हकहित तथा शुद्धिकरणका लागि केन्द्रिय समितिसंगको छलफल पश्चात मात्र चितवन शाखा कार्यसमितिको गठन गर्ने निर्णय गरिएको तदर्थ समितिका सचिव सुदीप राज सुवेदीले बताउनुभयो।

त्यसैगरी उपाध्यक्षमा दिनेश रेग्मी, सचिवमा सुदीप राज सुवेदी, सहसचिवमा चिरन्जीवी ढकाल, कोषाध्यक्षमा लक्ष्मण जिसी र सदस्यहरुमा सुजन कोइराला र विरेन्द्र पटेल मनोनित हुनुभएको छ। साथै शाखाको संरक्षकको रुपमा नारायण मल्ल, रामबहादुर पौडेल, अजामिन ढकाल र सुरेश थापा पनि मनोनित हुनुभएको हो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नारायण मल्लले केन्द्रिय कार्यसमितिलाई चितवनमा स्वागत गरेका थिए। सम्पूर्ण कार्यसमितिका सदस्यहरुलाई केन्द्रिय अध्यक्ष सुरेन्द्र मानन्धरले बधाई ज्ञापन गर्नुभएको छ ।

 

 

Surendra manandharफेनक्यान केन्द्रिय कार्यसमितिका अध्यक्ष सुरेन्द्र मानन्धरले कार्यक्रममा बोल्दै न्युट्रास्युटिकल व्यवसायलाई मर्यादित बनाउँदै अगाडी बढ्न पनि व्यवसायीहरुलाई आग्रह गर्नुभयो। व्यवसायमा नीतिगत सुधारका निम्ति आँफुहरुले केन्द्रिय स्तरमा लबिङ्ग गर्ने र स्थानीय स्तरमा व्यवसायीहरुलाई पेशागत मर्यादालाई ध्यानमा राख्दै अगाडी बढ्न पनि सुझाउनु भयो। औषधि तथा न्युट्रास्युटिकलको हबको रुपमा र मेडिकल सिटि उपनाममा परिचित चितवन जिल्लामा आएर शाखा सुरुवात गर्न पाउँदा पनि अध्यक्ष मानन्धरले खुसि व्यक्त गरे। कार्यक्रममा बोल्दै मानन्धरले भने, विकसित मुलुकहरूमा आहारपूरक खाद्य पदार्थ ‘फुड सप्लिमेन्ट’ हरूलाई रोगबाट बचाउने चिजको रूपमा लिइन्छ र ओटीसी प्रडक्ट भनेर सर्वत्र उपलब्ध हुन्छ । सजिलै मानिसले उपभोग गर्न पाउँछन् । हाम्रो देशमा भने आहारा पूरक खाद्यपदार्थ ‘फुड सप्लिमेन्ट’ हरूलाई प्रतिबन्धित औषधि भनेर प्रचार गरिन्छ । औषधि नियमन गर्नेहरू फुड सप्लिमेन्टलाई प्रतिबन्धित औषधि भन्न लाज मान्दैनन् । औषधि र फुड सप्लिमेन्टको परिभाषा फरक छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि नजर अन्दाज गर्छन् ।

सुरुवात देखिने विभिन्न बाधाअड्चन व्यहोरेर यहाँसम्म आइपुगेको फेनक्यान नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनुमति लिएर संचालन भईरहेको छ। औषधि व्यवस्था विभाग र खाद्य प्रविधिको अन्तर्द्वन्दका कारण पनि व्यवसायीहरु संशंकित बनिरहेको अवस्थामा निर्धक्क भएर व्यवसाय गर्न पनि अध्यक्ष मानन्धरले अनुरोध गरेका छन्। औषधि व्यवस्था विभागले फार्मेसी संचालन निर्देशिका अनुसार औषधि बाहेकका अरु सामाग्रीहरु फार्मेसीबाट बेच्न नपाउने हो भने ७० % व्यवसाय धरासायी हुने अध्यक्ष मानन्धरले बताए। यो विषयमा सम्बन्धित सरोकार निकायहरुसंग नीतिगत छलफलमा निरन्तर लागिरहेको पनि उनले बताएका छन्।

फेनक्यान केन्द्रिय कार्यसमितिका कोषाध्यक्ष प्रदिप कुमार महत्तो, महासचिव शम्भु यादव, केन्द्रिय सदस्य विजय उपाध्याय, बागमती प्रदेश प्रमुख विप्लब रञ्‍जित लगायतको उपस्थिति रहेको थियो।

फेनक्यानको मूल नारा नै “Prevention is better than cure” रहेको छ भने उक्त कार्यक्रम संचालन नयाँ कार्यसमितिका सचिव सुदीपराज सुवेदीले गर्नुभएको थियो।

Tags: Corona Virus #Covid19FancanJunk foodSurendra manadhar
Nisarga hospital Dhangadhi
Previous Post

पूर्वमै पहिलो पटक नोबेल अस्पतालमा विना चिरफार नसा च्यापिएको सफल शल्यक्रिया #Nobelhospital

Next Post

अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्विलचियर बास्केटबल प्रतियोगिता हुँदै

Related articles

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved
Nutrition

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

6 months ago
924
तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने
News

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

12 months ago
785
दसैँमा सागसब्जी कम, माछा बढी खपत
Nutrition

दसैँमा सागसब्जी कम, माछा बढी खपत

2 years ago
805
जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ
Nutrition

जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ

2 years ago
821
स्वास्थ्य क्षेत्रको गुणस्तरीयता कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्छौं : मन्त्री गिरी
Nutrition

स्वास्थ्यमन्त्री पदम गिरी पदबाट ४२ दिनपछि बाहिरिए

2 years ago
778
Nepali Khana Thaali Set
Nutrition

स्वास्थ्य र जीवनशैली दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली #DaalBhatTarkari #NepaliThaali

2 years ago
828
Next Post
अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्विलचियर बास्केटबल प्रतियोगिता हुँदै

अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्विलचियर बास्केटबल प्रतियोगिता हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...