10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डा. चन्दन न्यौपानेको अध्यक्षतामा फेनक्यान चितवन शाखा गठन #Chitwan

Nam Raj Bhatta by Nam Raj Bhatta
December 22, 2022
in Nutrition
Reading Time: 1 min read
A A
0
डा. चन्दन न्यौपानेको अध्यक्षतामा फेनक्यान चितवन शाखा गठन #Chitwan
603
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

चितवन, ७ पुस २०७९

नेपाल खाद्य आयुर्वेदिक, न्युट्रास्युटिकल तथा कस्मास्युटिकल ( फेनक्यान) संघले डा. चन्दन न्यौपानेको अध्यक्षतामा चितवन शाखाको आज देखि विधिवत रुपमा शुभारम्भ भएको छ।

नारायणी किनार स्थित सिटि बैन्केटमा केन्द्रिय तथा प्रादेशिक कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिमा चितवन शाखाको कार्यसमितिको गठन भएको हो।

चितवनमा रहेर न्युट्रास्युटिकल तथा कस्मास्युटिकल आयातकर्ताहरुको पटक पटक बैठकपछि व्यवसायिक एकता, व्यवसायिक हकहित तथा शुद्धिकरणका लागि केन्द्रिय समितिसंगको छलफल पश्चात मात्र चितवन शाखा कार्यसमितिको गठन गर्ने निर्णय गरिएको तदर्थ समितिका सचिव सुदीप राज सुवेदीले बताउनुभयो।

त्यसैगरी उपाध्यक्षमा दिनेश रेग्मी, सचिवमा सुदीप राज सुवेदी, सहसचिवमा चिरन्जीवी ढकाल, कोषाध्यक्षमा लक्ष्मण जिसी र सदस्यहरुमा सुजन कोइराला र विरेन्द्र पटेल मनोनित हुनुभएको छ। साथै शाखाको संरक्षकको रुपमा नारायण मल्ल, रामबहादुर पौडेल, अजामिन ढकाल र सुरेश थापा पनि मनोनित हुनुभएको हो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नारायण मल्लले केन्द्रिय कार्यसमितिलाई चितवनमा स्वागत गरेका थिए। सम्पूर्ण कार्यसमितिका सदस्यहरुलाई केन्द्रिय अध्यक्ष सुरेन्द्र मानन्धरले बधाई ज्ञापन गर्नुभएको छ ।

 

 

Surendra manandharफेनक्यान केन्द्रिय कार्यसमितिका अध्यक्ष सुरेन्द्र मानन्धरले कार्यक्रममा बोल्दै न्युट्रास्युटिकल व्यवसायलाई मर्यादित बनाउँदै अगाडी बढ्न पनि व्यवसायीहरुलाई आग्रह गर्नुभयो। व्यवसायमा नीतिगत सुधारका निम्ति आँफुहरुले केन्द्रिय स्तरमा लबिङ्ग गर्ने र स्थानीय स्तरमा व्यवसायीहरुलाई पेशागत मर्यादालाई ध्यानमा राख्दै अगाडी बढ्न पनि सुझाउनु भयो। औषधि तथा न्युट्रास्युटिकलको हबको रुपमा र मेडिकल सिटि उपनाममा परिचित चितवन जिल्लामा आएर शाखा सुरुवात गर्न पाउँदा पनि अध्यक्ष मानन्धरले खुसि व्यक्त गरे। कार्यक्रममा बोल्दै मानन्धरले भने, विकसित मुलुकहरूमा आहारपूरक खाद्य पदार्थ ‘फुड सप्लिमेन्ट’ हरूलाई रोगबाट बचाउने चिजको रूपमा लिइन्छ र ओटीसी प्रडक्ट भनेर सर्वत्र उपलब्ध हुन्छ । सजिलै मानिसले उपभोग गर्न पाउँछन् । हाम्रो देशमा भने आहारा पूरक खाद्यपदार्थ ‘फुड सप्लिमेन्ट’ हरूलाई प्रतिबन्धित औषधि भनेर प्रचार गरिन्छ । औषधि नियमन गर्नेहरू फुड सप्लिमेन्टलाई प्रतिबन्धित औषधि भन्न लाज मान्दैनन् । औषधि र फुड सप्लिमेन्टको परिभाषा फरक छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि नजर अन्दाज गर्छन् ।

सुरुवात देखिने विभिन्न बाधाअड्चन व्यहोरेर यहाँसम्म आइपुगेको फेनक्यान नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनुमति लिएर संचालन भईरहेको छ। औषधि व्यवस्था विभाग र खाद्य प्रविधिको अन्तर्द्वन्दका कारण पनि व्यवसायीहरु संशंकित बनिरहेको अवस्थामा निर्धक्क भएर व्यवसाय गर्न पनि अध्यक्ष मानन्धरले अनुरोध गरेका छन्। औषधि व्यवस्था विभागले फार्मेसी संचालन निर्देशिका अनुसार औषधि बाहेकका अरु सामाग्रीहरु फार्मेसीबाट बेच्न नपाउने हो भने ७० % व्यवसाय धरासायी हुने अध्यक्ष मानन्धरले बताए। यो विषयमा सम्बन्धित सरोकार निकायहरुसंग नीतिगत छलफलमा निरन्तर लागिरहेको पनि उनले बताएका छन्।

फेनक्यान केन्द्रिय कार्यसमितिका कोषाध्यक्ष प्रदिप कुमार महत्तो, महासचिव शम्भु यादव, केन्द्रिय सदस्य विजय उपाध्याय, बागमती प्रदेश प्रमुख विप्लब रञ्‍जित लगायतको उपस्थिति रहेको थियो।

फेनक्यानको मूल नारा नै “Prevention is better than cure” रहेको छ भने उक्त कार्यक्रम संचालन नयाँ कार्यसमितिका सचिव सुदीपराज सुवेदीले गर्नुभएको थियो।

Tags: Corona Virus #Covid19FancanJunk foodSurendra manadhar
SummarizeShare252ScanTweet146

Related articles

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

by Nam Raj Bhatta
November 13, 2025
0

काठमाडौं, २७ कात्तिक २०८२ विश्व मधुमेह दिवसको अवसरमा नेपाल डायटीसियन एशोसिएसनले विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने भएको छ। शुक्रबार दिवसको अवसरमा एशोसिएसनले ललितपुरको पाटन दरबार स्क्वायर महारानी पोखरीमा सचेतनामूलक...

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

by Nam Raj Bhatta
November 15, 2024
0

✍️ डा. बिजय किशोर पंडित  जाडोयाममा आयुर्वेदले स्वास्थ्य रक्षाका लागि विभिन्न औषधि र उपचार विधिहरू बताइएको छ। यद्यपि, कुनै एक औषधिले सबै प्रकारका समस्याबाट बच्न सक्छ भन्न सकिन्न।...

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

by Nam Raj Bhatta
May 28, 2024
0

काठमाडौं, १५ जेठ २०८१ अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउ लगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज हुने भएको छ। मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक...

दसैँमा सागसब्जी कम, माछा बढी खपत

दसैँमा सागसब्जी कम, माछा बढी खपत

by Nam Raj Bhatta
October 27, 2023
0

काठमाडौँ, ९ कार्तिक २०८० दसैँमा सागसब्जीको खपत ह्वात्तै घटेको छ भने माछाको खपत बढेको पाइएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो पटक तरकारी, फलफूल, मसला लगायतका वस्तुको खपत घटेको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    603 shares
    Share 241 Tweet 151
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    602 shares
    Share 241 Tweet 151
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • १९ पटक मन्त्री भएका शरतसिंह भण्डारीलाई हराउँदै रास्वपाका साह विजयी
  • जनस्वास्थ्य अभियान्ता डा. आनन्द चन्द कैलाली ५ बाट विजयी
  • नेपाल आँखा अस्पताल ‘बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित
  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता
  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.