Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ कार्तिक ७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

ललितपुर महानगरपालिकाले नगरबासीको घर घरमा गएर सुर्तीजन्य पदार्थ नखान सचेतना गर्ने

Nam Raj Bhatta by Nam Raj Bhatta
May 30, 2022
in News
Reading Time: 1 min read
A A
0
ललितपुर महानगरपालिकाले नगरबासीको घर घरमा गएर सुर्तीजन्य पदार्थ नखान सचेतना गर्ने
645
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

ललितपुर, १६ जेठ २०७९

विश्व सुर्तीजन्य पदार्थरहितको दिवसको अवसरमा नगरप्रमुख र जनप्रतिनिधिहरु ललितपुर नगरपालिकाको घरघरमा गएर सुर्तीजन्य प्रदार्थ त्याग्न आग्रह गर्ने कार्यक्रम रहेको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जनताले दिएको भोट त्यतिकै खेर जान नदिने बताउनुभएको छ। विश्व सुर्तीजन्य प्रदार्थरहितको दिवसको पूर्वसन्ध्यामा महर्जनले भने जनताले दिएको भोट खेर जान नदिने बताउनुभएको हो ।

मेयर चिरिबाबुले आफूलाई स्थानीय चुनावमा अत्यधिक मतले भोट दिएर विजय बनाएकोमा सबै मतदाताहरूलाई उहाँले धन्यवाद दिनुभयो । पहिले थोरै मात्रैले जितेको थिएँ, तर यसपटको स्थानीय तहको निवार्चनमा धेरै भन्दा धेरै भोट दिनुभएको छ सबैलाई धन्यवाद दिन चाहन्छु।

Tobacco scaled 1

जनताले दिएको माया र विश्वासले दिएको भोट खेर जान दिन्न, काम गरेर देखाउँछु ।सुर्तीजन्य प्रदार्थको नियन्त्रण गर्न कार्यक्रम बनाउने र बजेट छुट्याइने‌ उहाँले बताउनुभयो।

नगरप्रमुख सीताराम हाछेँथुुको नेतृत्वमा महानगरभित्रका चार वटा महत्वपूर्ण ठाउँहरु पाटन दरवार स्क्वायर, लगनखेल, जाउलाखेलको पार्कमा र पुलचोकमा सुर्तीजन्य पदार्थरहित क्षेत्र बनाएको छ ।

कार्यक्रममा स्मार्ट सिटी बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै नगरप्रमुख सीताराम हाछेँथुलाई सम्मान गरेको थियो ।

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले १५ दिनभित्र विद्यालय छेउछाउमा सुर्तीजन्य पदार्थ बेच्न नदिने बताउनुभयो। कानुनले भनेका कुरा कार्यान्वयन गर्दै उहाँले विद्यालय आस पासमा सुर्तीजन्य पदार्थको विक्रीवितरण रोक्ने बताउनुभयो ।

पोखरेलले भने, १५ दिनभित्रमा विद्यालयको छेउछाउमा सुर्तीजन्य पदार्थ बेच्न दिँदैनौं, कानुनले भनेका कुरा हामी गर्छौं। नियन्त्रण गर्न समय लाग्छ। तर अप्ठ्यारोलाई पनि सहज बनाउँदै अघि बढ्छौं।

Sitaram

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । भएका स्रोतसाधन र जनशक्तिको प्रयोग गरेर स्वास्थ्यको लक्ष्य प्राप्त गर्न सबै प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानुन कार्यान्वयनका लागि स्थानीय प्रशासनले सहजीकरण गर्ने बताए । उनले नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थ कुलतमा लाग्नबाट जोगाउँने गरी कामहरु अघि बढाउने बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण विरुद्धको कानुन कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय तहसंग समन्वय गरेर अघि बढेको जानकारी दिए । उनले कानुन कार्यान्वयनका लागि अन्य सरोकारवालासंग समन्वय गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा पाटन अस्पतालका निर्देशक प्रा डा. रबि शाक्यले नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थको कुलतमा लाग्न नदिनका लागि अव विशेष अभियान चलाउनु पर्ने बताए । उनले अस्पताल र वरपरका क्षेत्रलाई धुमपान मुक्त क्षेत्र बनाउन आफ्नो तर्फबाट पहल गर्ने बताए ।

20220530 092759 scaled 1

सुर्तीजन्य पदार्थ विरुद्ध अभियान सञ्चालन गर्दै आएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले ललितपुरलाई दीगो रुपमा स्वस्थ शहर बनाउन महानगरले चालेको कदमको सराहाना गर्दै कानुन कार्यान्वयनका अझ लाग्नुपर्ने बताए । उनले खिल्ली चुरोट विक्रीमा रोक लगाउने, सार्वजनिक स्थललाई धुमपान निषेधित क्षेत्र घोषणा गर्नुपर्ने लगायतका कार्यक्रमहरु अघि बढाउनु पर्ने बताए ।

ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले नगरलाई स्वस्थ शहर बनाउन सुर्तिजन्य पदार्थको प्रयोगलाई उल्लेख्य रुपमा घटाउने बताए । उनले मंगलबारबाट ५ जना नगरप्रहरी सुर्तीजन्य पदार्थ विरुद्धको अभियान खटिने जानकारी दिए । उनले केही वर्ष भित्रै ललितपुरलाई सुर्तीजन्य पदार्थ मुक्त नगर बनाउने घोषणा गरे ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. घ्याम्पोले नेपालले सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि चालेका कदम आफैमा उत्कृष्ठ रहेको भन्दै यो उपलव्धीलाई संस्थागत गर्दै थप प्रयासहरु अघि बढाउनु पर्ने बताए ।

सेन्ट जेभियर्स स्कुलका फादर साइमल सिनिकले पछिल्लो समय शहरी क्षेत्रका कतिपय बालबालिकाहरु समेत सुर्तीजन्य पदार्थको कुलतमा फसेको भन्दै यसका लागि विद्यालय, शिक्षक र अभिभावकहरु चनाखो हुनुपर्ने बताए । उनले जनचेतनाका माध्यमबाट बालबालिकालाई कुलतमा लाग्नबाट जोगाउन सकिने बताए ।

कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईँले सुर्तीजन्य पदार्थले क्यान्सर सहितका नसर्ने रोगको जोखिम बढाउने गरेको भन्दै यसको प्रयोग नियन्त्रणका लागि सबै पक्ष चनाखो हुनुपर्ने बताईन । उनले सुर्तिजन्य पदार्थमा ७ हजार बढी केमिकल हुने भन्दै यसबारेमा आम सर्वसाधारणलाई जानकारी हुनुपर्ने बताए । नेपालले कानुन राम्रो बनाईसकेको भन्दै यसको पुर्ण कार्यान्वयन हुनुपर्ने बताईन ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वाथ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनाएको कानुन र कार्यान्वयनको अवस्थाको बारेमा प्रस्तुती गरेका थिए।

Dr. Bhakta KC scaled 1

कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च नेपाल र एक्सन नेपालले संयुक्त रुपमा आयोजना गरेको हो।

Tags: #government of Nepal#Health and population ministryAnanda Bahadur ChandChiribabu maharjanCorona Virus #Covid19Dr. Bhakta bahadur KCSunil Raj Sharma
SummarizeShare292ScanTweet147

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

कांग्रेसको पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित

by Nam Raj Bhatta
October 16, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्। लामो समयदेखि चिकित्सा सेवा तथा सामाजिक कार्यमा...

डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त

डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त

by Nam Raj Bhatta
October 16, 2026
0

सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत डा. धामीलाई डीन पदमा नियुक्त गरेको हो। बझाङको छबिसपाथिभेरा...

नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ

नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ

by Nam Raj Bhatta
October 16, 2026
0

औषधि व्यवस्था विभागबाट प्रदान गरिने औषधि, औषधिजन्य कच्चा पदार्थ तथा औषधि उत्पादन सामग्रीहरूको निकासी तथा पैठारीसम्बन्धी सिफारिसपत्र, अनुमतिपत्र, इजाजतपत्र, प्रमाणपत्रलगायतका सेवाहरूलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने उद्देश्यले नेपाल राष्ट्रिय...

CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

by Nam Raj Bhatta
October 14, 2026
0

नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) मा पुर्‍याएको योगदान र भोटेकोशी बाढी प्रभावित समुदायहरूका लागि गरेको कार्यको कदरस्वरूप विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा CMC-NEPAL लाई...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    886 shares
    Share 354 Tweet 222
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    704 shares
    Share 303 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    704 shares
    Share 313 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    651 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कांग्रेसको पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित
  • डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त
  • नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ
  • रसुवा बाढीले ३५ हजार बालबालिका दादुरा खोप बाट प्रभावित
  • CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.