10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

ललितपुर महानगरपालिकाले नगरबासीको घर घरमा गएर सुर्तीजन्य पदार्थ नखान सचेतना गर्ने

Nam Raj Bhatta by Nam Raj Bhatta
May 30, 2022
in News
Reading Time: 1 min read
A A
0
ललितपुर महानगरपालिकाले नगरबासीको घर घरमा गएर सुर्तीजन्य पदार्थ नखान सचेतना गर्ने
641
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

ललितपुर, १६ जेठ २०७९

विश्व सुर्तीजन्य पदार्थरहितको दिवसको अवसरमा नगरप्रमुख र जनप्रतिनिधिहरु ललितपुर नगरपालिकाको घरघरमा गएर सुर्तीजन्य प्रदार्थ त्याग्न आग्रह गर्ने कार्यक्रम रहेको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जनताले दिएको भोट त्यतिकै खेर जान नदिने बताउनुभएको छ। विश्व सुर्तीजन्य प्रदार्थरहितको दिवसको पूर्वसन्ध्यामा महर्जनले भने जनताले दिएको भोट खेर जान नदिने बताउनुभएको हो ।

मेयर चिरिबाबुले आफूलाई स्थानीय चुनावमा अत्यधिक मतले भोट दिएर विजय बनाएकोमा सबै मतदाताहरूलाई उहाँले धन्यवाद दिनुभयो । पहिले थोरै मात्रैले जितेको थिएँ, तर यसपटको स्थानीय तहको निवार्चनमा धेरै भन्दा धेरै भोट दिनुभएको छ सबैलाई धन्यवाद दिन चाहन्छु।

Tobacco scaled 1

जनताले दिएको माया र विश्वासले दिएको भोट खेर जान दिन्न, काम गरेर देखाउँछु ।सुर्तीजन्य प्रदार्थको नियन्त्रण गर्न कार्यक्रम बनाउने र बजेट छुट्याइने‌ उहाँले बताउनुभयो।

नगरप्रमुख सीताराम हाछेँथुुको नेतृत्वमा महानगरभित्रका चार वटा महत्वपूर्ण ठाउँहरु पाटन दरवार स्क्वायर, लगनखेल, जाउलाखेलको पार्कमा र पुलचोकमा सुर्तीजन्य पदार्थरहित क्षेत्र बनाएको छ ।

कार्यक्रममा स्मार्ट सिटी बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै नगरप्रमुख सीताराम हाछेँथुलाई सम्मान गरेको थियो ।

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले १५ दिनभित्र विद्यालय छेउछाउमा सुर्तीजन्य पदार्थ बेच्न नदिने बताउनुभयो। कानुनले भनेका कुरा कार्यान्वयन गर्दै उहाँले विद्यालय आस पासमा सुर्तीजन्य पदार्थको विक्रीवितरण रोक्ने बताउनुभयो ।

पोखरेलले भने, १५ दिनभित्रमा विद्यालयको छेउछाउमा सुर्तीजन्य पदार्थ बेच्न दिँदैनौं, कानुनले भनेका कुरा हामी गर्छौं। नियन्त्रण गर्न समय लाग्छ। तर अप्ठ्यारोलाई पनि सहज बनाउँदै अघि बढ्छौं।

Sitaram

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । भएका स्रोतसाधन र जनशक्तिको प्रयोग गरेर स्वास्थ्यको लक्ष्य प्राप्त गर्न सबै प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानुन कार्यान्वयनका लागि स्थानीय प्रशासनले सहजीकरण गर्ने बताए । उनले नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थ कुलतमा लाग्नबाट जोगाउँने गरी कामहरु अघि बढाउने बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण विरुद्धको कानुन कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय तहसंग समन्वय गरेर अघि बढेको जानकारी दिए । उनले कानुन कार्यान्वयनका लागि अन्य सरोकारवालासंग समन्वय गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा पाटन अस्पतालका निर्देशक प्रा डा. रबि शाक्यले नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थको कुलतमा लाग्न नदिनका लागि अव विशेष अभियान चलाउनु पर्ने बताए । उनले अस्पताल र वरपरका क्षेत्रलाई धुमपान मुक्त क्षेत्र बनाउन आफ्नो तर्फबाट पहल गर्ने बताए ।

20220530 092759 scaled 1

सुर्तीजन्य पदार्थ विरुद्ध अभियान सञ्चालन गर्दै आएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले ललितपुरलाई दीगो रुपमा स्वस्थ शहर बनाउन महानगरले चालेको कदमको सराहाना गर्दै कानुन कार्यान्वयनका अझ लाग्नुपर्ने बताए । उनले खिल्ली चुरोट विक्रीमा रोक लगाउने, सार्वजनिक स्थललाई धुमपान निषेधित क्षेत्र घोषणा गर्नुपर्ने लगायतका कार्यक्रमहरु अघि बढाउनु पर्ने बताए ।

ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले नगरलाई स्वस्थ शहर बनाउन सुर्तिजन्य पदार्थको प्रयोगलाई उल्लेख्य रुपमा घटाउने बताए । उनले मंगलबारबाट ५ जना नगरप्रहरी सुर्तीजन्य पदार्थ विरुद्धको अभियान खटिने जानकारी दिए । उनले केही वर्ष भित्रै ललितपुरलाई सुर्तीजन्य पदार्थ मुक्त नगर बनाउने घोषणा गरे ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. घ्याम्पोले नेपालले सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि चालेका कदम आफैमा उत्कृष्ठ रहेको भन्दै यो उपलव्धीलाई संस्थागत गर्दै थप प्रयासहरु अघि बढाउनु पर्ने बताए ।

सेन्ट जेभियर्स स्कुलका फादर साइमल सिनिकले पछिल्लो समय शहरी क्षेत्रका कतिपय बालबालिकाहरु समेत सुर्तीजन्य पदार्थको कुलतमा फसेको भन्दै यसका लागि विद्यालय, शिक्षक र अभिभावकहरु चनाखो हुनुपर्ने बताए । उनले जनचेतनाका माध्यमबाट बालबालिकालाई कुलतमा लाग्नबाट जोगाउन सकिने बताए ।

कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईँले सुर्तीजन्य पदार्थले क्यान्सर सहितका नसर्ने रोगको जोखिम बढाउने गरेको भन्दै यसको प्रयोग नियन्त्रणका लागि सबै पक्ष चनाखो हुनुपर्ने बताईन । उनले सुर्तिजन्य पदार्थमा ७ हजार बढी केमिकल हुने भन्दै यसबारेमा आम सर्वसाधारणलाई जानकारी हुनुपर्ने बताए । नेपालले कानुन राम्रो बनाईसकेको भन्दै यसको पुर्ण कार्यान्वयन हुनुपर्ने बताईन ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वाथ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनाएको कानुन र कार्यान्वयनको अवस्थाको बारेमा प्रस्तुती गरेका थिए।

Dr. Bhakta KC scaled 1

कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च नेपाल र एक्सन नेपालले संयुक्त रुपमा आयोजना गरेको हो।

Tags: #government of Nepal#Health and population ministryAnanda Bahadur ChandChiribabu maharjanCorona Virus #Covid19Dr. Bhakta bahadur KCSunil Raj Sharma
SummarizeShare290ScanTweet146

Related articles

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण

by Nam Raj Bhatta
March 2, 2026
0

कञ्चनपुर, १८ फागुन २०८२ सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३८ वर्षीय वीरेन्द्र मल्ल लाई अचानक देखिएको समस्याको परीक्षण गराउन उहाँ कैलालीस्थित...

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

by Nam Raj Bhatta
February 28, 2026
0

स्याङ्जा, १६ फागुन २०८२ स्याङ्जाको वालिङ नगरपालिकास्थित गह्रौं प्राथमिक अस्पतालमा शव सुरक्षित राख्न मिल्ने मोरटुअरी रेफ्रिजरेटर जडान गरिएको छ । लामो समयदेखि शव संरक्षणका लागि उचित व्यवस्था नहुँदा...

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

by Nam Raj Bhatta
February 28, 2026
0

काठमाडौं, १६ फागुन २०८२ निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक...

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

by Nam Raj Bhatta
February 25, 2026
0

काठमाडौं, ११ फागुन २०८२ परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले फिस्टुला (Obstetric and Iatrogenic Fistula) को निःशुल्क शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ। अस्पतालले यो सेवा कार्तिक महिनामा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    626 shares
    Share 250 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    599 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.