Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

Nam Raj Bhatta by Nam Raj Bhatta
March 20, 2025
in News
Reading Time: 1 min read
A A
0
Health ministry

Health ministry

587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ७ चैत २०८१

हरेक बर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवसका रुपमा मनाइदै आएकोमा यस बर्ष नेपालमा पनि ” स्वस्थ्य मुख सकारात्मक सोच भन्ने नारा सहित विभिन्न कार्यक्रमहरु आयोजना गरी देशभरी मनाइदै छ।

यस नाराले मुख स्वास्थ्यमा सरोकार राख्ने सबै पक्षहरुलाई समुदाय स्तरमै जनचेतना जगाउन, मुख स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा पैरवी गर्न अति आवश्यक रहेको सन्देश प्रदान गर्दछ ।

मुख सम्बन्धी रोगको उपचारमा सुधार भएता पनि दाँत किराले खाने रोग, गिजा सम्बन्धी रोग, मुख र ओठको अर्बुद्ध रोग (क्यान्सर) विकसित र अल्पविकसित देशहरुमा जनस्वास्थ्य समस्याको रुपमा रहेको छ ।

विश्व स्वास्थ्य संगठनको अध्ययन (सन् २०१९) अनुसार नेपालमा १ देखि ९ बर्ष उमेर समूहका करिब ५१.२ प्रतिशत बालबालिकाहरु दाँत किराले खाने रोग र १५ बर्ष भन्दा माथिको उमेर समूहका करिब १४.८ प्रतिशत जटिल प्रकृतिका गिजा रोगबाट प्रभावित रहेको देखिएको छ। प्रति एक लाख जनसंख्यामा लगभग ३.४ व्यक्तिहरु ओठ र मुखको क्यान्सरबाट प्रभावित छन् ।

मुख स्वास्थ्य सम्बन्धी उच्च तथा मध्यम स्तरको उपचार सेवाको विस्तारमा उल्लेखनीय प्रगति हुँदै गईरहेको छ । तसर्थ स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई कार्यान्वयन गर्नका लागि मुख स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको खाँचो देखिन्छ ।

अधिकांश दुर्गम स्थानीय तहहरुमा मुख स्वास्थ्य सेवाको पहुँच पर्याप्त नहुनु, आवश्यकता अनुसार उपलब्ध मुख स्वास्थ्य जनशक्तिको समतामुलक वितरण हुन नसक्नु, अनुसन्धानबाट प्राप्त तथ्य अनुसार नीति योजना निर्माण तथा कार्यान्वयन नहुनु, आधुनिकीकरण संगै नेपालीहरुको आहारमा आएको परिवर्तनले गर्दा मुख स्वास्थ्य सम्बन्धी समस्याहरु बढेका छन् ।

मुख स्वास्थ्य सेवामा सरकारी लगानी वृद्धि गर्दै सेवाग्राही मैत्री गुणस्तरीय सेवा सुनिश्चित गर्नु र देश भरी सञ्चालित सेवाहरुको प्रभावकारी नियमन गर्नु, सामाजिक आर्थिक रुपले कमजोर रहेका जनसमुदायमा हालको उपलब्ध श्रोत साधनबाट आधारभूत मुख स्वास्थ्य सेवा पुर्याउनु, मुख स्वास्थ्य सेवालाई समतामुलक र उपयुक्त स्रोत साधन सहित सेवालाई व्यवस्थित गर्नु ठूलो चुनौती रहेको छ । साथै बढ्दै गएको दाँत तथा मुख स्वास्थ्य सम्बन्धी शिक्षण संस्थाहरुको गुणस्तर सुनिश्चित गर्नु, मुख स्वास्थ्य सेवाको सुधारका लागि अनुगमन प्रणाली सुदृढ गर्नु पनि चुनौती रहेको छ ।

जनस्वास्थ्य नियमावली २०७७ को अनुसूची १ मा आधारभूत स्वास्थ्य सेवामा मुख स्वास्थ्य समावेश भै आईसकेको परिस्थितिमा संघ, प्रदेश र स्थानीय तह बिचको सम्मन्वय र सहकार्यबाट मुख
स्वास्थ्य सञ्जाललाई स्थानीय तहसम्म विस्तार गर्न सकिने अवस्था छ। प्रायः नेपालीहरुका लागि मुख स्वास्थ्य सम्बन्धी रोगहरुको समयमा उपचार नहुँदा महंगो भएको र सिमान्तकृत तथा कम आय हुने जनसंख्याको लागि सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत मुख स्वास्थ्य सेवाको विकास र विस्तार गर्न सकिन्छ ।

नेपाल सरकारको राष्ट्रिय मुख स्वास्थ्य रणनीति (२०८१-२०८७) को दीर्घकालीन सोच “स्वास्थ्य मुख,

सुन्दर शरीर” रहेको छ भने यसको लक्ष्य मुख स्वास्थ्यको प्रवर्द्धन र मुख स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि, रोगहरुको रोकथाम, नियन्त्रण, उपचारको विकास र पूर्नस्थापना गर्दै प्रत्येक नागरिकमा गुणस्तरीय मुख स्वास्थ्य सेवाको समतामुलक र सर्वसुलभ पहुँच सुनिश्चित गर्ने रहेको छ ।

आगामी दिनमा मुख सम्बन्धी समस्याहरुलाई सम्बोधन गर्न मुख सम्बन्धी समस्याहरुको रोकथाम र जोखिम कम गर्न, उनीहरुका परिवार र समाजलाई मुख स्वास्थ्यका विषयमा सचेत गराउन बिभिन्न सम्बन्धित संघिय मन्त्रालय, प्रदेश र स्थानिय तहसम्मको समन्वयात्मक लगानी र भूमिका आबश्यक रहेको हुँदा सबै निकायले आ-आफ्नो तहबाट प्राथमिकता तय गरी कार्यान्वयनमा जान आवश्यक रहेको छ ।

Tags: #government of Nepal#Health and population ministryOral Health
SummarizeShare235ScanTweet147

Related articles

जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

by Nam Raj Bhatta
July 4, 2026
0

नेपालमा उच्च शिक्षाको इतिहासमा नयाँ अध्याय थपिएको छ। विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ अन्तर्गत सञ्चालित खुला तथा प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रधानमन्त्री तथा विश्वविद्यालयका...

बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

by Nam Raj Bhatta
July 2, 2026
0

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन्। सरकारले डा. सिंहलाई अध्यक्ष चयन गरेको छ। डा. सिंहले नियुक्त...

बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया

बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया

by Nam Raj Bhatta
July 1, 2026
0

सुदूरपश्चिम प्रदेशको दुर्गम क्षेत्र अछाममा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा प्रादेशिक अस्पतालले एकै दिन ६ जनाको सफल शल्यक्रिया गरेको छ। अस्पतालले एकै दिनमा हाडजोर्नीसम्बन्धी विभिन्न जटिल प्रकृतिका...

लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने

लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने

by Nam Raj Bhatta
July 1, 2026
0

लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ G (Lions Clubs International District 325 G) अन्तर्गत चिकित्सकहरूको विशेष र विशिष्ट क्लब "लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्स" को अध्यक्षमा बालरोग विशेषज्ञ...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    827 shares
    Share 331 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    691 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    687 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त
  • बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
  • बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया
  • लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने
  • वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.