आज मिति : २०८२ जेष्ठ १०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

विश्व औलो दिवस २०८० : शुन्य औलोको दिशामा नेपाल #WorldMalariaDay

Nam Raj Bhatta by Nam Raj Bhatta
April 25, 2023
in News
A A
0
विश्व औलो दिवस २०८० : शुन्य औलोको दिशामा नेपाल #WorldMalariaDay
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १२ वैशाख २०८०

विश्व स्वास्थ्य संगठनको अगुवाइमा हरेक वर्ष अप्रिल २५ का दिन विश्व औलो दिवस मनाइन्छ । औलोको भार कम गर्न रोगको बारेमा जनचेतना जगाउन र रोगको प्रभावाकारी व्यवस्थापन आदिको बारेमा सहज सुचना आम मानिस सम्म पुगाउन र यस बिषयको वारेमा वहस र वकालत गर्नको लागि विश्व औलो दिवस मनाउने गरिएको हो । सोहि कुरालाई आत्म साथ गर्दै नेपालमा पनि सन २००७ देखि विश्व औलो दिवस मनाउने काम गरिदै आएको छ ।

टेकूस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा  इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाले आज विश्व औलो दिवस सम्बन्धि पत्रकार सँगको अन्तर्क्रिया कार्यक्रम गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, विशिष्ट अथिति राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. यदु चन्द्र घिमिरे र अथितिमा राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. दामोदर बसौला रहनु भएको थियो।

प्रमुख अथिति डा. दिपेन्द्र रमण सिंहले शुन्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी भन्ने मूल नाराका साथ वर्ष २०८० को औलो दिवस मनाउने काम हुदै छ । यस नाराले औलो रोग लाइ शुन्यमा झार्न र सोहि स्थितिलाई कायम राख्नको लागि प्रयास गर्नुपर्ने, नवीनतम कामहरु सम्पादन गर्नुपर्ने र कार्यान्वयनमा लगानी गर्नुपर्ने कुरा जोड दिएको देखिन्छ ।

World Malaria Day
World Malaria Day

 

नेपालको औलो रोग निवारणको चरणमा रहेको छ । रोग निवारण हुनको लागि लगातार तिन वर्ष सम्म स्थानिय स्तरमा प्रशारण हुने औलो रोगीको संख्या शुन्य हुनु पर्ने कुरा विश्व स्वास्थ्य संगठनको सिफारिस रहेको छ । विश्व स्वास्थ्य संगठन कै सिफारिसका आधारमा नेपालमा पनि स्थानीय औलो शुन्यमा झार्नको लागि काम भइरहेको कुरा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले बताउनु भएको छ ।

नेपालको औलो कार्यक्रमको इतिहास हेर्ने हो भने सबैभन्दा पहिलो जनस्वास्थ्य कार्यक्रम नै औलो कार्यक्रम हो । औलो रोगको व्यवस्थापनको लागि सन् १९५८ देखि १९७८ सम्म उन्मुलनको लागि काम गरियो। त्यसपछी सन् १९७८ देखि सन् २०१४ सम्म नियन्त्रणको लागि काम गरियो भने सन् २०१४ देखि सन् २०२५ सम्मको लागि निवारण गर्ने भनि काम भइरहेको डा. दाहालले बताउनु भएको छ ।

Malaria

औलो रोगको समस्याको कुरा गर्ने हो भने सन १९६० को दशकमा वर्षेनी ५० हजार भन्दा बढी बिरामीको उपचार तथा व्यवस्थापन हुने गरेको सरकारी तथ्यांक रहेको छ । तर बिगत केहि वर्ष यता भने नेपालको औलो कार्यक्रमले निकै सफलता हासिल गरि रोगको समस्या निकै कम भइसकेको छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रकाशित गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा देश भरि कुल औलो रोगिको संख्या ४९१ जना रहेको देखिन्छ भने त्यसमा पनि स्थानीय बिरामीको संख्या भने ३८ जना मात्र थियो । हजारौको संख्यामा रहेको औलो अब निकै कम भइसकेको र प्रभावकारी तरिकाले र समन्वयात्मक तरिकाले काम भयो भने निकट भविष्यमा शुन्य औलोको लक्ष्यमा पुग्ने कुरामा कुनै दुबिधा नहुने कुरामा समेत बिज्ञहरु ढुक्क देखिन्छन ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Gokarna dahalWorld Malaria Day
Nisarga hospital Dhangadhi
Previous Post

एड्स हेल्थ केयर फाउण्डेशन नेपालले सरकार संग थप ५ बर्ष सहकार्य गर्ने

Next Post

किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

Related articles

बोटुलिनम टक्सिनको प्रयोगबारे विराटनगरमा प्रथम गोष्ठी सम्पन्न
News

बोटुलिनम टक्सिनको प्रयोगबारे विराटनगरमा प्रथम गोष्ठी सम्पन्न

7 minutes ago
782
राष्ट्रिय चिकित्सक संघको अध्यक्ष पदमा प्राडा. गौचन निर्वाचित
News

राष्ट्रिय चिकित्सक संघको अध्यक्ष पदमा प्राडा. गौचन निर्वाचित

2 hours ago
784
नेपाल क्यान्सर अस्पतालले गर्यो वार्षिकोत्सबको अवसरमा वाकाथन कार्यक्रम
News

नेपाल क्यान्सर अस्पतालले गर्यो वार्षिकोत्सबको अवसरमा वाकाथन कार्यक्रम

4 hours ago
780
राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै
News

राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै

1 day ago
784
नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार
News

नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार

2 days ago
828
भक्तपुर क्यान्सर अस्पतालले म्यामोग्राफी सेवामा ५० प्रतिशत छुट दिने घोषणा
News

भक्तपुर क्यान्सर अस्पतालले पूर्व नेपालमा क्यान्सर रोगको निःशुल्क शिविर संचालन गर्ने

3 days ago
853
Next Post
किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,037)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...