Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

विश्व कण्डम दिवस : नेपालमा कण्डम प्रयोगकर्ता घट्दै

Nam Raj Bhatta by Nam Raj Bhatta
February 18, 2023
in News
Reading Time: 1 min read
A A
0
विश्व कण्डम दिवस : नेपालमा कण्डम प्रयोगकर्ता घट्दै
613
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ६ फागुन २०७९

नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्या घट्दै गएको छ। हरेक पाँच वर्षको अन्तरालमा हुँदै आइरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले सन् २०११ को तुलनामा सन् २०१६ मा आधुनिक विधि प्रयोग गर्नेको संख्या घटेको देखाएको हो।

नेपालका लागि अमेरिकी अनुसन्धान संस्था आइसिएफको प्राविधिक अनुगमनमा न्यु एराले गरेको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण (एनडिएचएस) २०१६’ले नेपालमा प्रजनन उमेर (१५ देखि ४९ वर्ष) का ४२ दशमलव ८ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ। सन् २०११ मा ४३ दशमलव २ प्रतिशतले साधन प्रयोग गर्थे।

परिवार नियोजनका आधुनिक विधिमा महिला र पुरुषले गर्ने शल्यक्रियासहित कण्डम, सुइ, पिल्स, इमप्लान्स र आइयुडी पर्छन्।

कन्डमको प्याकेटको एक छेउमा समातेर खुँडे भएको ठाउँतिरबाट नङको प्रयोग नगरी बिस्तारै प्याकेट च्यात्नुपर्छ। योनिमा पुरुष लिंग छिराउनुअगाडि नै कन्डम सुल्टो पारी राख्नुपर्छ। खतना नगरेको भए अग्रचर्म (पुरुष लिंग ढाक्ने छाला) लाई पछाडितिर तान्नुपर्छ। लिंगको टुप्पोमा नफुकाइएको कन्डम राखेपछि कन्डमको टुप्पातिर रहेको हावा बूढीऔँला र चोरऔँलाले च्यापेर निकाल्नुपर्छ। कन्डम बिस्तारै फुकाउँदै उत्तेजित लिंगको टुप्पाबाट फेदतिर लगाउँदै जानुपर्छ। यसरी कन्डम सुल्टो लगाएमा फुकाउँदै लैजान अप्ठ्यारो हुँदैन।

कन्डममा चिप्लो पदार्थ राखिएको हुँदा थप चिल्लो पदार्थ राख्नुपर्ने आवश्यकता पर्दैन। थप चिल्लो पदार्थले कन्डम फुट्ने सम्भावना बढ्न सक्छ। वीर्य स्खलन भएपछि लिंग शिथिल नहुँदै कन्डम नफुस्किने गरी राम्ररी समातेर योनिबाट बाहिर निकाल्नुपर्छ। कन्डमलाई विसर्जन गर्नुअघि फुटे-नफुटेको जाँच्नुपर्छ। कन्डम फुटेमा वा योनिभित्र नै अड्केमा आकस्मिक परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ। योनि क्षेत्रमा वीर्य नपोखिने गरी, बिस्तारै कन्डमलाई लिंगबाट फुकाल्नुपर्छ। अनि प्रयोग गरिसकेको कन्डमको फेदलाई गाँठो बनाउनुपर्छ। प्रयोग गरिसकेको कन्डमलाई उचित स्थानमा विसर्जन गर्नुपर्छ।

परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेको प्रतिशत १० वर्ष अगाडिको भन्दा पनि कम देखिएको छ। सन् २००६ मा पनि नेपालका ४४ दशमलव २ प्रतिशत प्रजनन उमेरका जनताले कुनै न कुनै प्रकारका साधन प्रयोग गर्ने गरेका थिए। सर्भेक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार सबैभन्दा बढी प्रदेश ३ का नागरिकले परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेका छन्। सबैभन्दा कम साधन प्रयोग गण्डकी प्रदेशका नागरिकले गर्छन्।

कण्डम प्रयोग गर्ने जम्मा ४ दशमलव २ प्रतिशत
आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी कण्डमको चर्चा हुने गर्छ। कण्डमलाई सबैतिर पाइने साधनका रुपमा समेत लिइन्छ। तर, सर्भेक्षणमा ४२ दशमलव ८ प्रतिशत आधुनिक साधन प्रयोग गर्नेमा कण्डमको हिस्सा जम्मा ४ दशमलव २ प्रतिशत मात्र छ ।

कुन आधुनिक विधि अपाउने कति?

सर्भेक्षण अनुसार परिवार नियोजनका आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी महिलाले स्थायी बन्ध्याकरण गराउने गरेका छन्।

स्थायी बन्ध्याकरण गराउने महिला १४ दशमलव ७ प्रतिशत रहेका छन्। त्यसपछि क्रमशः महिलालाई लगाइन सुइ ८ दशमलव ९, पुरुष स्थायी बन्ध्याकरण ५ दशमलव ५, पिल्स ४ दशमलव ६, पुरुष कण्डम ४ दशमलव २, इम्प्लान्ट ३ दमशलव ३, आइयुडी १ दशमलव ४ र अन्यमा शुन्य दशमलव १ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

गर्भपतन र वैदेशिक रोजगारी
परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्नेको संख्या घट्नुमा गर्भपतन र विदेशमा काम गर्न जाने पुरुषहरुको संख्यामा बृद्धि भएकाले हुन सक्ने अनुमान सर्भेक्षणले गरेको छ।

आधुनिक प्रविधि अपनाउने कुन प्रदेशका कति?

प्रदेश प्रतिशत
प्रदेश–१ मा ४०. १ प्रतिशत
प्रदेश–२ मा ४२.२ प्रतिशत
प्रदेश–३ मा ४९. २ प्रतिशत
गण्डकीमा ३७. ३ प्रतिशत
प्रदेश–५ मा ३८. ९ प्रतिशत
कर्णाली प्रदेशमा ४४.५ प्रतिशत
सुदूरपश्चिम प्रदेशमा ४८. १ प्रतिशत

परम्परागत विधि अपनाउने बढे

परिवार नियोजनको आधुनिक विधि अपनाउनेको संख्यामा ह्रास आएसँगै नेपालमा परम्परागत विधि अपानउनेको संख्यामा वृद्धि भएको छ। परम्परागत विधिमा यौन सम्पर्कका क्रममा वीर्य बाहिर खसाल्ने र महिलाको रजस्वलाको समयलाई ध्यान दिएर यौन सम्पर्क राख्ने पर्दछन्।

सर्भेक्षण अनुसार प्रजनन उमेरका ९ दशमलव ८ प्रतिशतले यस्ता विधि अपाउने गरेका छन्। जबकि सन् २०११ परम्परागत विधि अपाउने ७ प्रतिशत थिए। सन् २००६ मा ४ प्रतिशत थिए। परम्परागत विधिमध्ये वीर्य बाहिर फाल्ने विधि अपाउने ८ दशमलव ७ प्रतिशत छन् भने रजस्वलाको समय हेरेर सम्पर्क गर्ने १ दशमलव १ प्रतिशत छन् । शून्य दबमलव १ प्रतिशतले भने अन्य विधि अपनाउने गरेका छन्।

नेपालले परिवार नियोजनका साधनको प्रयोगलाई बढाउँदै सन् २०१५ भित्रमा ६७ प्रतिशत जनताले कुनै न कुनै प्रकारका परिवार नियोजनाका साधन प्रयोग गरिसक्ने लक्ष्य लिएको थियो। तर, उक्त लक्ष्य भने अझै पूरा हुन सकेको छैन। सर्भेक्षण अनुसार आधुनिक र परम्परागत गरी अहिले नेपालका ५२ दशमलव ६ प्रतिशतले मात्र परिवार नियोजनका विधि अपाउने गरेका छन्।

Tags: Corona Virus #Covid19Nepal family planning associationWorld Condom Day
SummarizeShare262ScanTweet146

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

by Nam Raj Bhatta
October 5, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (केन्द्रीय सदस्य) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। सुदुरपश्चिम प्रदेशमा...

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

by Nam Raj Bhatta
October 4, 2026
0

समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी...

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

by Nam Raj Bhatta
October 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा...

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    883 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
  • मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै
  • भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त
  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.