आज मिति : २०८२ जेष्ठ ६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

विश्व कण्डम दिवस : नेपालमा कण्डम प्रयोगकर्ता घट्दै

Nam Raj Bhatta by Nam Raj Bhatta
February 18, 2023
in News
A A
0
विश्व कण्डम दिवस : नेपालमा कण्डम प्रयोगकर्ता घट्दै
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ६ फागुन २०७९

नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्या घट्दै गएको छ। हरेक पाँच वर्षको अन्तरालमा हुँदै आइरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले सन् २०११ को तुलनामा सन् २०१६ मा आधुनिक विधि प्रयोग गर्नेको संख्या घटेको देखाएको हो।

नेपालका लागि अमेरिकी अनुसन्धान संस्था आइसिएफको प्राविधिक अनुगमनमा न्यु एराले गरेको ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण (एनडिएचएस) २०१६’ले नेपालमा प्रजनन उमेर (१५ देखि ४९ वर्ष) का ४२ दशमलव ८ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ। सन् २०११ मा ४३ दशमलव २ प्रतिशतले साधन प्रयोग गर्थे।

परिवार नियोजनका आधुनिक विधिमा महिला र पुरुषले गर्ने शल्यक्रियासहित कण्डम, सुइ, पिल्स, इमप्लान्स र आइयुडी पर्छन्।

कन्डमको प्याकेटको एक छेउमा समातेर खुँडे भएको ठाउँतिरबाट नङको प्रयोग नगरी बिस्तारै प्याकेट च्यात्नुपर्छ। योनिमा पुरुष लिंग छिराउनुअगाडि नै कन्डम सुल्टो पारी राख्नुपर्छ। खतना नगरेको भए अग्रचर्म (पुरुष लिंग ढाक्ने छाला) लाई पछाडितिर तान्नुपर्छ। लिंगको टुप्पोमा नफुकाइएको कन्डम राखेपछि कन्डमको टुप्पातिर रहेको हावा बूढीऔँला र चोरऔँलाले च्यापेर निकाल्नुपर्छ। कन्डम बिस्तारै फुकाउँदै उत्तेजित लिंगको टुप्पाबाट फेदतिर लगाउँदै जानुपर्छ। यसरी कन्डम सुल्टो लगाएमा फुकाउँदै लैजान अप्ठ्यारो हुँदैन।

कन्डममा चिप्लो पदार्थ राखिएको हुँदा थप चिल्लो पदार्थ राख्नुपर्ने आवश्यकता पर्दैन। थप चिल्लो पदार्थले कन्डम फुट्ने सम्भावना बढ्न सक्छ। वीर्य स्खलन भएपछि लिंग शिथिल नहुँदै कन्डम नफुस्किने गरी राम्ररी समातेर योनिबाट बाहिर निकाल्नुपर्छ। कन्डमलाई विसर्जन गर्नुअघि फुटे-नफुटेको जाँच्नुपर्छ। कन्डम फुटेमा वा योनिभित्र नै अड्केमा आकस्मिक परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ। योनि क्षेत्रमा वीर्य नपोखिने गरी, बिस्तारै कन्डमलाई लिंगबाट फुकाल्नुपर्छ। अनि प्रयोग गरिसकेको कन्डमको फेदलाई गाँठो बनाउनुपर्छ। प्रयोग गरिसकेको कन्डमलाई उचित स्थानमा विसर्जन गर्नुपर्छ।

परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेको प्रतिशत १० वर्ष अगाडिको भन्दा पनि कम देखिएको छ। सन् २००६ मा पनि नेपालका ४४ दशमलव २ प्रतिशत प्रजनन उमेरका जनताले कुनै न कुनै प्रकारका साधन प्रयोग गर्ने गरेका थिए। सर्भेक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार सबैभन्दा बढी प्रदेश ३ का नागरिकले परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेका छन्। सबैभन्दा कम साधन प्रयोग गण्डकी प्रदेशका नागरिकले गर्छन्।

कण्डम प्रयोग गर्ने जम्मा ४ दशमलव २ प्रतिशत
आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी कण्डमको चर्चा हुने गर्छ। कण्डमलाई सबैतिर पाइने साधनका रुपमा समेत लिइन्छ। तर, सर्भेक्षणमा ४२ दशमलव ८ प्रतिशत आधुनिक साधन प्रयोग गर्नेमा कण्डमको हिस्सा जम्मा ४ दशमलव २ प्रतिशत मात्र छ ।

कुन आधुनिक विधि अपाउने कति?

सर्भेक्षण अनुसार परिवार नियोजनका आधुनिक विधि अन्तर्गत सबैभन्दा बढी महिलाले स्थायी बन्ध्याकरण गराउने गरेका छन्।

स्थायी बन्ध्याकरण गराउने महिला १४ दशमलव ७ प्रतिशत रहेका छन्। त्यसपछि क्रमशः महिलालाई लगाइन सुइ ८ दशमलव ९, पुरुष स्थायी बन्ध्याकरण ५ दशमलव ५, पिल्स ४ दशमलव ६, पुरुष कण्डम ४ दशमलव २, इम्प्लान्ट ३ दमशलव ३, आइयुडी १ दशमलव ४ र अन्यमा शुन्य दशमलव १ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

गर्भपतन र वैदेशिक रोजगारी
परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्नेको संख्या घट्नुमा गर्भपतन र विदेशमा काम गर्न जाने पुरुषहरुको संख्यामा बृद्धि भएकाले हुन सक्ने अनुमान सर्भेक्षणले गरेको छ।

आधुनिक प्रविधि अपनाउने कुन प्रदेशका कति?

प्रदेश प्रतिशत
प्रदेश–१ मा ४०. १ प्रतिशत
प्रदेश–२ मा ४२.२ प्रतिशत
प्रदेश–३ मा ४९. २ प्रतिशत
गण्डकीमा ३७. ३ प्रतिशत
प्रदेश–५ मा ३८. ९ प्रतिशत
कर्णाली प्रदेशमा ४४.५ प्रतिशत
सुदूरपश्चिम प्रदेशमा ४८. १ प्रतिशत

परम्परागत विधि अपनाउने बढे

परिवार नियोजनको आधुनिक विधि अपनाउनेको संख्यामा ह्रास आएसँगै नेपालमा परम्परागत विधि अपानउनेको संख्यामा वृद्धि भएको छ। परम्परागत विधिमा यौन सम्पर्कका क्रममा वीर्य बाहिर खसाल्ने र महिलाको रजस्वलाको समयलाई ध्यान दिएर यौन सम्पर्क राख्ने पर्दछन्।

सर्भेक्षण अनुसार प्रजनन उमेरका ९ दशमलव ८ प्रतिशतले यस्ता विधि अपाउने गरेका छन्। जबकि सन् २०११ परम्परागत विधि अपाउने ७ प्रतिशत थिए। सन् २००६ मा ४ प्रतिशत थिए। परम्परागत विधिमध्ये वीर्य बाहिर फाल्ने विधि अपाउने ८ दशमलव ७ प्रतिशत छन् भने रजस्वलाको समय हेरेर सम्पर्क गर्ने १ दशमलव १ प्रतिशत छन् । शून्य दबमलव १ प्रतिशतले भने अन्य विधि अपनाउने गरेका छन्।

नेपालले परिवार नियोजनका साधनको प्रयोगलाई बढाउँदै सन् २०१५ भित्रमा ६७ प्रतिशत जनताले कुनै न कुनै प्रकारका परिवार नियोजनाका साधन प्रयोग गरिसक्ने लक्ष्य लिएको थियो। तर, उक्त लक्ष्य भने अझै पूरा हुन सकेको छैन। सर्भेक्षण अनुसार आधुनिक र परम्परागत गरी अहिले नेपालका ५२ दशमलव ६ प्रतिशतले मात्र परिवार नियोजनका विधि अपाउने गरेका छन्।

Tags: Corona Virus #Covid19Nepal family planning associationWorld Condom Day
Nisarga hospital Dhangadhi
Previous Post

गुल्मीमा हाडजोर्नीको विशेषज्ञ सेवा शुरु #GulmiHospital

Next Post

डा. भूपेन्द्र बस्नेतले डेढ वर्षमा गरेका १८ वटा कामहरु #BirHospital

Related articles

नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न
News

नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न

6 hours ago
832
काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)
News

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)

20 hours ago
802
दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै
News

दुई दिने विशेषज्ञ स्तरीय बृहत नि-शुल्क स्वास्थ्य शिविर संचालन हुदै

20 hours ago
801
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
News

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1 day ago
792
भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि
News

भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि

1 day ago
794
डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल
News

डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल

2 days ago
1.5k
Next Post
डा. भूपेन्द्र बस्नेतले डेढ वर्षमा गरेका १८ वटा कामहरु #BirHospital

डा. भूपेन्द्र बस्नेतले डेढ वर्षमा गरेका १८ वटा कामहरु #BirHospital

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,030)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.