काठमाडौं, २४ फागुन २०७८
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले महिलाहरुको पाठेघर सम्बन्धि क्यान्सरको स्क्रिनिङ क्याम्प गरेको छ।
उक्त क्याम्पमा १५० महिलाले HPV र LBC निशुल्क परीक्षण गरेको अस्पतालका निर्देशक प्रा.डा. अमित बाबु श्रेष्ठले बताउनुभयो।
साथै दिवसको अवसर पारेर जनचेतनामुलक सम्बन्धि विभिन्न कार्यक्रम गरेको डा. श्रेष्ठले बताए।