काठमाडौं, ३० पुष २०७८
काठमाडौं नक्साल स्थित नियो हेल्थ क्लिनिकले बाल बालिकाहरुको पुनर्स्थापना सेवामा भिजन थेरापी र म्युजीक थेरापी थप गरेको छ ।
विगत एक दशक भन्दा अगाडी देखी बाल बालिकाहरुको स्वास्थ्य र पुनर्स्थापनामा काम गरिरहेको यस संस्थाले स्थापना काल देखि नै बालबालिकाहरुका लागी बहुआयामिक सेवा प्रदान गर्दैआईरहेको छ।
कान्ति बाल अस्पतालका बरिष्ठ बाल स्नायु चिकित्सक (पिडियाट्रिक न्युरोलोजिस्ट) डा. विना प्रजापतिले बालबालिकाहरुका लागी विज्ञान र खोजले पछिल्लो समय धेरै उपचार पद्दती तथा प्रविधिहरु स्थापना गरेको बताउदै यस्ता सेवाहरु नेपालमा उपलब्ध हुनु सबैका लागी खुसीको कुरा भएको बताउनुभयो ।
उहाँले यस्तो सेवाको आवश्यकता धेरै भएको तर जनशक्ति कम भएकाले यस्तो विषयको अध्ययन गर्न गराउन साथै जनचेतना फैलाउनका लागी सम्बंधित निकायलाई अनुरोध गर्नुपर्ने पनि बताउनु भयो ।
विशेष गरि पश्चिमी मुलुकहरुमा पुनर्स्थापनाका धेरै विधाहरु उपलब्ध हुने भएता पनि नेपालमा भने यसको सुरुवात भएको धेरै नभएको नियोका बाल विशेषज्ञ फिजियोथेरापिष्ट तथा पुनर्स्थापना प्रमुख समिद कतिला श्रेष्ठले बताउनु भयो । उहाँले यी दुई विधाको थप संगै अब यस संस्थामा पिडियाट्रिक न्युरोलोजिस्ट, बालबालिका विशेष मनोरोग विशेषज्ञ चिकित्सक, नाक, कान र घाँटी विशेषज्ञ, बाल आँखा विशेषज्ञ, बाल विशेषज्ञ, फिजियोथेरापिस्ट, स्पिच ल्याउन्गेज प्याथोलोजिस्ट (स्पिच थेरापी) तथा अडियोलोजिष्ट, अकुपेस्नल थेरापिष्ट , साईकोलोजिष्ट (मनोबैज्ञानिक), बिहेविरियल थेरापिष्ट, डाईटिसियन , भिजन थेरापिष्ट, म्युजिक थेरापिष्ट तथा अत्याधुनिक प्रयोगशाला (रिफ्रेन्स ल्याब) रहेको बताउनु भयो ।
पछिल्लो समय अटिजम भएका बालबालिकाहरुको पहिचान हुनेको संख्या बढेको छ। यसमा हुने समस्याहरुको समाधान गर्न पुनर्स्थापनाका विधाहरुले पनि धेरै सहयोग गर्छ। त्यसैले अभिभावकहरुलाई पनि यसको बारेमा जानकारी हुनुपर्छ ।
एका तिर दक्ष जनशक्ती कम हुनु र अर्को तिर सेवा लिनेको संख्या धेरै हुनु दुबै चुनौती हो। तर यसलाई अभिभावकहरुको भुमिकाले धेरै हद सम्म सहज गर्न सकिन्छ। त्यस कारण अभिभवकहरुलाई पनि तालिम दिन सकिन्छ यसले बालबालिका र अभिभावक दुबैको जीवन सरल गर्न मद्दत गर्ने कान्ति बाल अस्पतालका बाल तथा किशोरकिशोरि मनोचिकित्सक डा. उत्कर्स कार्कीले बताउनु भयो।
स्पिच थेरापिष्ट निलम लामा र अनिसा महर्जनले विगत दुई बर्षमा सेवा लिनेको संख्या ४ गुणा बढेकोले यस्ता केन्द्रहरुको स्थापना सरकारी स्तरमा पनि भए नेपालमा यसको सेवा प्रदाय गर्न सजिलोहुने बताउनु भयो। अकुपेस्नल थेरापी गर्ने पनि ४-५ जना मात्र नेपालमा रहेको तथ्याङ्क छ । भारतबाट पढेर आउनु भएका म्युजीक थेरापिष्ट अम्रित गान्धारी र भिजन थेरापीमा केही बर्ष भारतमा बाल बालिकाहरुको अस्पतालमा काम गरेर स्वदेश आउनुभएको थियो।
अस्मिता पोखरेलले नेपालमा सेवा दिन पाउदा खुसी लागेको व्यक्त गर्दै सबैलाई यसको बारे जनचेतना फैलाउन र प्रबर्दन गर्न मद्दत गर्न अनुरोध पनि गर्नुभयो ।