काठमाडौं, १ जेठ
नेपालमा थप ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो पटक सर्लाही धान्काैल नगरपालिका निवासी ४५ वर्षीय पुरुष तथा धनुषा, जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० र २० वर्षीय पुरुषामा काेराेना संक्रमण पुष्टि भएकाे हाे। यस्तै महाेत्तरी, जलेश्वर र बलवा नगरपालिका निवासी १६, ३५ वर्षीय पुरुषमा पनि काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी अनुसार उनीहरु सबैकाे स्वाबकाे परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला,काठमाडाैंमा गरिएकाे थियाे। बिहान मात्रै कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियाे। मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।