दाङ , १८ श्रावण २०७७
राप्ती अञ्चलको एक मात्र बाल अस्पताल तुलसी हस्पिटलमा जन्मजात नाईटोबाट आन्द्रा बाहिर निस्किएको १७ दिनको नवजात शिशुको शल्यक्रिया सफल भएको छ। उक्त अवस्था बाट ग्रसित शिशुले बिगत ३ – ४ दिन देखि मुखबाट दिशा नै बान्ता गर्ने गरेको र मलद्वार देखि दिशा नहुने समस्या देखिन थालेको थियो ।
शिशुको बुवा श्याम बहादुर बुढाथोकी र आमा गोमा बुढाथोकी तुलसी अस्पतालमा आएर डा.किशोर खत्रीबाट चेकजाँच गरि उहाँको सरसल्लाहमा शल्यक्रिया गर्ने निर्णय गरेको थियो।
उक्त शल्यक्रियामा तैनाथ डा.फिरोज आलम खान (पेडियाट्रीक सर्जन) डा.तेन्जिङ लोषसेल (एनेस्थेसियोलोजिष्ट ) डा.बसन्त डांगी(मेडिकल अफिसर)ले नवजात शिशु बच्चाको अप्रसेन गरेको थियो। यो शल्यक्रिया करिब २ घण्टामा सफल भएको छ। नवजात शिशुलाई बेहोस पारेपनी सफल शल्यक्रिया हुनु चुनौतीपूर्ण बिषय बनेको छ।
त्यस्तैगरी अप्रेसन थ्रेटरमा काम गर्ने स्टाफहरु टीका केशी , एलिजा गुरुङ र गिता थापाबाट अप्रेशन गर्ने डाक्टरको टिमलाई साथ दिएको थियो। अहिले बच्चालाई पोष्ट अपरेटिभ वार्डमा राखेर थप उपचार भइरहेको र बच्चाको स्वास्थ्य अवस्था पनि समान्य रहेको अस्पतालका निर्देशक एवं बालरोग विशेषज्ञ डा.खत्रीले जानकारी दिनुभयो।
यो शल्यक्रिया यसरी नवजात शिशुमा गरिएको राप्ती क्षेत्रकै पहिलो हो। बिगत सात वर्ष देखि यो बाल अस्पतालले यस अगाडि पनि नवजात तथा बालरोग सम्बन्धि उत्कृष्ट सेवा दिदै आइरहेको छ।
Comments 1