Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

क्षयरोगको सक्रिय खोजपड्ताल अभियान: १३ जनामा संक्रमण पुष्टि

Nam Raj Bhatta by Nam Raj Bhatta
December 5, 2024
in News
A A
0
क्षयरोगको सक्रिय खोजपड्ताल अभियान: १३ जनामा संक्रमण पुष्टि
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

स्याङ्जा, २० मंसिर २०८१

भीरकोट नगरपालिका-१ बयँरघारी बजारमा क्षयरोग खोजपड्ताल शिविर सम्पन्न गरिएको छ। शिविरमा आएका ४३४ जना मध्ये १३ जनामा क्षयरोगका संक्रमण पुष्टि भएको छ।

स्याङ्जाका ११ पालिकामध्ये भीरकोट एक हो। परीक्षण गरिएका मध्ये २ दशमलव ४ प्रतिशतमा क्षयरोगको संक्रमण देखिएको छ। शिविरमा आएका मध्ये ४ सय ३४ जनाले स्वास्थ्य परीक्षण गरेका थिए।

जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)को आयोजनामा स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वय तथा क्षयरोग उपचार केन्द्र पोखराको सहकार्यमा भीरकोट शिविर गरिएको हो।Upmeyor bhagwati

भिरकोट नगरपालिकाको आयोजना जन्त्र भन्ने संस्थाको समन्वय र स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो।

एआई पद्धतिको डिजिटल पोर्टेबल आधुनिक मेशिनबाट विशेषज्ञ चिकित्सक सहितको टोलीले छातीको एक्सरे विधिबाट स्वास्थ्य परीक्षणमा गरिएको थियो।
दिर्घरोगी, बयोवृद्धा, क्षयरोगको सम्पर्कमा आएका जोखिमपूर्ण समूहलाई लक्षित गर्दै शिविर आयोजना गरिएको भीरकोटका उपप्रमुख भगवती अर्यालले बताइन्। लाज र डरले रोग लुकाएर बस्न नहुने उनको भनाइ छ। सबै स्वास्थ्य संस्थाबाट निःशुल्क प्राप्त हुने औषधी नियमित सेवन गरेमा समयमै रोग निको हुने हुँदा नडराउन, नआत्तिनु तथा नलुकाउन उनको सुझाव छ।Sunil gautam dr

क्षयरोगको औषधी सबै स्वास्थ्य संस्थाबाट निःशुल्क पाइन्छ। नियमित र चिकित्सकको सल्लाह बमोजिम औषधी सेवन गरे क्षयरोग निको हुन्छ। निरन्तर ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, वाकवाक हुने, खकारमा रगत लगायतका लक्षण देखिएमा क्षयरोग हुन सक्ने अनुमान गर्दै स्वास्थ्यकर्मीको सल्लाह लिन क्षयरोग उपचार केन्द्र पोखराका निर्देशक डा. सुनिलराज गौतमको भनाई छ।

आर्थिक वर्ष २०८०/०८१ मा क्षयरोगका संक्रमणबाट १४ जनाको ज्यान गरेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो। चापागाईंका अनुसार गत आर्थिक वर्षमा २८१ जना नयाँ क्षयरोगी भेटिएको छ।

नगरपालिका मध्ये वालिङ नगरपालिकामा ७९, पुतलीबजारमा ४३, गल्याङमा ५०, चापाकोटमा ३३, भीरकोटमा २३ जना छन्।

यसैगरी, फेदीखोला गाउँपालिकामा ६ जना, कालीगण्डकीमा २३, हरिनासमा ५, विरुवामा १०, अर्जुनचौपारीमा ५ र आँधीखोलामा ४ जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। यहाँको प्रतिलाख जनसंख्यामध्ये १३४ जना क्षयरोगी भेटिएको कार्यालयले जनाएको छ।

कार्यक्रम बिहान ८ बजे औपचारिक रूपमा सुरु भएको थियो। कार्यक्रमको अध्यक्षतामा भिरकोट नगरपालिकाका उपप्रमुख भगवती रेग्मी अर्यालज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो।

Tags: Bhirkot municipality SyangjaHealth office Syangjaक्षयरोग (Tuberculosis in Nepal)
Nisarga hospital Dhangadhi
Previous Post

पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छौं: स्वास्थ्यमन्त्री पौडेल

Next Post

स्वास्थ्य मन्त्रालयले हेपाटाइटिश ‘बी’ र ‘हैजा’ विरुद्ध खोप लिने तयारी

Related articles

चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा. स्वयंप्रकाश पण्डित नियुक्त
News

चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा. स्वयंप्रकाश पण्डित नियुक्त

10 hours ago
870
आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार शुरु
News

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार शुरु

18 hours ago
779
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking
News

पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

1 day ago
785
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा सुरु भयो शल्यक्रिया सेवा
News

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा सुरु भयो शल्यक्रिया सेवा

3 days ago
795
महाराजगञ्जमा विशेषज्ञ सेवासहितको स्वास्थ्य प्रवर्धन केन्द्र बिस्तार
News

महाराजगञ्जमा विशेषज्ञ सेवासहितको स्वास्थ्य प्रवर्धन केन्द्र बिस्तार

3 days ago
780
Dengue Fever Treatment
News

सुदूरपश्चिममा प्रत्येक महिना डेंगी संक्रमण देखिँदै

3 days ago
780
Next Post
पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छौं: स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य मन्त्रालयले हेपाटाइटिश 'बी' र 'हैजा' विरुद्ध खोप लिने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,107)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...