धनगढी , ०७ पौष , २०७७
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु काठमाडौँको टोली स्वास्थ्य सम्बन्धि बिभिन्न तालिम दिने साइट बिस्तार गर्न को लागि सुदूरपश्चिमको धनगढी आइपुगेको छ ।
स्वास्थ्य सम्बन्धि बिभिन्न तालिमको पाठ्यक्रम , निर्देशिका , तालिम तालिका ,तालिम आयोजना , तालिम दिने साइट निर्धारण गर्दै आएको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु काठमाडौँले देशका बिभिन्न अस्पताल। तथा अन्य स्वास्थ्य संस्थाहरुमा तालिम साइट थप गर्न र भैरहेका साइट हरुलाई समेत थप अपग्रेड गर्नको लागि आर्थिक वर्ष २०७७/०७८ मा कार्यक्रम निर्धारण भए बमोजिम उक्त तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र घिमिरे सहितको टोलीले प्रदेश स्वास्थ्य तालिम केन्द्र धनगढीमा दुई दिने अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा हाल सम्म स्वास्थ्य तालिम केन्द्र बाहेक , सेती प्रादेशिक अस्पताल , महाकाली अस्पताल , डडेल्धुरा अस्पताल , बयलपाटा अस्पताल लगायतका बिभिन्न स्थानमा स्वास्थ्यका बिभिन्न बिषयका तालिम संचालन गर्दै आएको कुरा प्रदेश स्वास्थ्य तालिम केन्द्र धनगढीका निर्देशक श्री नरेन्द्र सिंह कार्कीले जानकारी दिनु भएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी ज्युको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा Advance SBA को लागि सेती प्रादेशिक अस्पताल बाहेक महाकाली अस्पताल , टिकापुर अस्पताल , र डडेल्धुरा अस्पताललाई तालिम दिने साइट बनाउने गरि तयारि भैरहेको छ ।
त्यसै गरि महाकाली अस्पतालमा इम्प्लान्ट, आइ यु सि डी , मिनिल्याप , भ्यासेक्टोमीको तालिम दिने साइट बनाउन समेत छलफल भएको छ । सेती प्रादेशिक अस्पताललाई हाल प्रदान गरिरहेको तालिम बाहेक रुरल अल्ट्रासाउनड , क्रिटिकल केयर , Paediatric Nursing सम्बन्धि तालिम दिनको पूर्वाधार तयार गरिने कुरा समेत उक्त अन्तरक्रिया कार्यक्रममा बताएको छ ।
प्रयोग साल को तालिम त कहिलै आउदिन के पर्योगसाल लाई बिर्सिएको होत 😨😨😭स्थानिया इस्थर मा राखेका स्वास्थ चौकी का पर्योगसाला कर्मी ले कहिले तालिम को सुबिधा पाउने ता ?? स्वस्थ मन्त्री ज्यु ।