आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

टीकापुर अस्पतालमा विशेषज्ञ सेवा बिस्तार हुँदा उपचारमा थप सहज

Nam Raj Bhatta by Nam Raj Bhatta
August 3, 2024
in News
A A
0
टिकापुर अस्पतालमा ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा क्षयरोगका बिरामीलाई समस्या
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

टिकापुर, १९ साउन २०८१

कैलालीको टीकापुर अस्पतालमा स्वास्थ्य उपचार सेवामा विस्तार भएसँगै उपचारका लागि अन्यत्र गएर स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता कम हुँदै गएको र उपचारमा थप सहज भएको छ।

अस्पतालमा विशेषज्ञ सेवा विस्तार भएसङ्गै उपचारका लागि नेपालगञ्ज, धनगढी र काठमाडौं लगायतका ठाउँमा जानुपर्ने बाध्यता कम हुँदै गएको हो ।

बर्दिया गेरुवा गाउँपालिकाका जंगबहादुर चौधरी बुवाको उपचारका लागि टीकापुर अस्पतालमा आए। उनले बाहिर गएर पाउने सेवा टीकापुरमा पाउँदा यातायातमा लाग्ने ठूलो रकम बचत भएको बताए ।

अस्पतालमा स्वास्थ्य जनशक्ति व्यवस्थापनसहित उपचारमा सहजता हुँदा दैनिक बर्दियाबाट उपचारका लागि आउनेको सङ्ख्या बढेको बताए।

पहिले उपचारका लागि नेपालगञ्ज जाने कुरा चल्थ्यो भने आजकाल टीकापुर जाने कुरा चलेको बढी सुनिन्छ’, उनले भने, ‘म आफैँ पनि नेपालगञ्ज जाने गर्थे, आजभोलि सामान्य समस्या आयो भने पनि टीकापुर पुग्छौँ ।’

क्षमता भएको व्यक्ति नेतृत्वमा हुँदा काम गर्न समस्या छैन भन्ने कुराको उदाहरण यतिबेला टीकापुर अस्पताल बनेको छ । डेढ वर्ष पहिले अस्पतालमा दुई तीन जना विशेषज्ञले सेवा दिँदै आएको देख्न पाइन्थ्यो । त्यतिमात्र होइन सामान्य बिरामी भएर अस्पताल पुग्दा चिकित्सक भन्दा अगाडि एम्बुलेन्स पुग्ने टीकापुर अस्पतालमा यतिबेला अधिकांश समस्याको उपचार सम्भव भएको छ । अस्पतालले अहिले १० प्रकारको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालसँग १७ जना विशेषज्ञ चिकित्सक छन् ।

अस्पतालमा दुई जना बालरोग विशेषज्ञ, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तीनजना, एम डी.जि. पि. एक जना, जनरल सर्जरी दुई जना, ऐनेस्थेसिया दुई जना, फिजिसियन दुई जना, नाक, कान, घाँटीको एक जना विशेषज्ञ चिकित्सकले अस्पतालमा सेवा दिँदै आउनुभएको छ । त्यसैगरी हाडजोर्नीको तीन जना, रेडियोलोजिस्ट एक जना विशेषज्ञ चिकित्सक अस्पतालमा कार्यरत रहेको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताएका छन् ।

सोडारीका अनुसार अस्पतालमा आठ जना मेडिकल अधिकृत र दुईजना डेन्टल सर्जनले काम गरिरहेका छन् । त्यसमध्ये एक जना बालरोग विशेषज्ञ र एकजना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ टीकापुर नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ ।

चिकित्सकहरूको व्यवस्थापनसँगै संरचनागत रुपमा पनि अस्पताल बलियो बन्दै गएको छ । सुदूरपश्चिम प्रदेश सरकार र कोइकाको अस्पतालमा ठूलो सहयोग रहेको अध्यक्ष सोडारीको भनाइ छ ।

‘अस्पतालमा सघन उपचार कक्ष साथै भेन्टिलेटर पनि प्रयोगमा ल्याएका छौँ । उपचारका लागि चिकित्सकको व्यवस्थापनसँगै आवश्यक उपकरणको पनि व्यवस्था गर्न सफल भएका छौँ ।’ अध्यक्ष सोडारीले भने, ‘अब अस्पतालमा सिटिस्क्यान सेवा जोड्न बाँकी छ । त्यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको छ ।’

अस्पतालको आकस्मिक कक्षमा सेवाग्राहीलाई लक्षित गर्दै एसी जडान गरिएको छ । अस्पतालको ओपिडी सेवा ८ बजेदेखि सञ्चालन हुँदै आएको छ । ज्येष्ठ नागरिकलाई लक्षित गरेर शनिबार पनि ओपिडी सञ्चालन अस्पतालले गर्दै आएको छ ।

‘अस्पतालले विकासको एउटा चरण पार गरेको छ । अब भएको जनशक्तिलाई व्यवस्थापन गरेर स्वस्थ्य सेवा दिनसक्यो भने अस्पताल सफल भएको मान्न सकिनेछ’, अध्यक्ष सोडारीले भने, ‘अब सिटिस्क्यान र छाला रोग विशेषज्ञ सेवाका लागि अस्पतालले समन्वय गर्दै आएको छ ।’

चिकित्सकलाई सहज रुपमा काम गर्ने वातावरण बनाउनसके जनशक्तिको समस्या नहुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले बताए। उनले छोटो समयमा अस्पताल व्यवस्थापन समितिको इच्छाशक्तिले स्वस्थ्य क्षेत्रमा अस्पतालले ठूलो सफलता हासिल गरेको बताए।

टीकापुरलगायत आसपासमा छिमेकी पालिका र लुम्बिनी प्रदेशको बर्दिया जिल्लाका र कर्णाली प्रदेशको सुर्खेतबाट पनि अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । स्थानीय छिमेकी पालिकाले सहयोग गर्नसके अझै अस्पतालको स्तर वृद्धिमा सहज हुने अस्पताल प्रशासनको भनाइ छ ।

Tags: #government of NepalTikapur Hospital
Previous Post

सिंहदरबार बैद्यखानाले तुलसी चिया लगायत केही औषधि १५ दिनमा बजारमा ल्याउने तयारी

Next Post

काठमाडौं क्यान्सर सेन्टरको सहयोगमा १५५ जनाको ‘भीआईए स्क्रिनिङ’

Related articles

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत
News

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

6 hours ago
1.6k
नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव
News

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

2 days ago
1.7k
पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित
News

पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित

4 days ago
1.6k
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
News

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

4 days ago
1.6k
उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला
News

उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला

4 days ago
1.6k
स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
News

स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

4 days ago
1.6k
Next Post
काठमाडौं क्यान्सर सेन्टरको सहयोगमा १५५ जनाको ‘भीआईए स्क्रिनिङ’

काठमाडौं क्यान्सर सेन्टरको सहयोगमा १५५ जनाको 'भीआईए स्क्रिनिङ'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.