Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

टिकापुर अस्पतालमा ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा क्षयरोगका बिरामीलाई समस्या

Nam Raj Bhatta by Nam Raj Bhatta
June 2, 2022
in News
Reading Time: 1 min read
A A
0
टिकापुर अस्पतालमा ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा क्षयरोगका बिरामीलाई समस्या
609
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कैलाली, १९ जेठ २०७९

टीकापुर अस्पतालमा क्षयरोगका बिरामी उपचार गर्ने ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा बिरामीलाई समस्या परेको छ । अस्पतालमा हाल क्षयरोगको शङ्का लागेका बिरामीको खकार परीक्षणमात्रै हुने गरेको छ ।

चिकित्सकका अनुसार खकार परीक्षण गर्दा औषधि प्रतिरोधी क्षयरोग भएका बिरामी निदानमा समस्या हुने भएकाले जिन एक्सपर्ट गर्नुपर्ने हुन्छ ।

मेसिन बिग्रिएपछि यहाँका क्षयरोग शङ्का लागेको बिरामीलाई अस्पतालले धनगढी वा नेपालगञ्ज पठाउने गरेको टीकापुर अस्पतालका क्षय कुष्ठरोग सहायक रामप्रसाद ज्ञवालीले बताउनु भयो । ‘‘मेसिन बिग्रिएको छ । मेसिन मर्मतका लागि मानिस बोलाएका छौँ, तर अझै भएको छैन’’, उहाँले भन्नुभयो, ‘‘यसका साथै यहाँ छाती रोग विशेषज्ञ नभएका कारण पनि क्षयरोगका केही बिरामीलाई उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता छ ।’’

क्षय कुष्ठरोग सहायक ज्ञवाली मेसिन बिग्रिएका कारण उपचारमा आउने ५० प्रतिशत बिरामीले रोग निदानका लागि टीकापुर बाहिर जानुपरेको बताउनुभयो ।

औषधि प्रतिरोधी क्षयरोग भएका बिरामीको यहाँ उपचार त हुन्छ तर निदानमै समस्या छ । टीकापुरमा गत वर्ष ११९ जना क्षयरोगका बिरामी उपचारमा आएका थिए । चालु आर्थिक वर्षको फागुन महिनासम्म ११४ जना उपचार गरिरहेका छन् । टीकापुर नगरपालिकाका क्षयरोग अधिकृत सुस्मिता रावल यसवर्ष क्षयरोगका बिरामीको सङ्ख्या बढ्ने सक्ने बताउनुभयो ।

‘‘हामीले खोजपड्ताल कार्यक्रमसमेत गरिरहेका छौँ, यसका साथै नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन विभिन्न गतिविधि भइरहेका छन्’’, उहाँले भन्नुभयो, ‘‘समुदायमा क्षयरोगी छन्, जति उपचारमा आउनुपर्ने थियो त्यति मानिस आएको देखिँदैन । अब हामी सबै मिलेर क्षयरोगी निदानका लागि काम गरेमा सङ्ख्या बढ्छ ।’’

क्षयरोग अधिकृत रावलले कैलालीमा क्षयरोग निदानका लागि ५१ डट्स केन्द्र, ३४ माइक्रोस्कोपी केन्द्र, तीन जिन एक्सपर्ट केन्द्र, दुई डीआर केन्द्र, एक डीआर सब सेन्टर र एक डीआर होम रहेको जानकारी दिनुभयो । ‘‘टीकापुरमा हाल तीन स्थानमा क्षयरोगीको निदानका लागि परीक्षणको व्यवस्था भएको बताउँदै थप तीन स्वास्थ्य संस्थामा परीक्षणका लागि ल्याब स्थापना गरिनेछ’’, उहाँले भन्नुभयो, ‘‘क्षयरोग सरुवा रोग भएकाले लक्षण देखिएकाहरुलाई समयमै उपचारमा लैजानुपर्छ । यो जिम्मेवारी परिवार, छिमेकी सबैको हो ।’’
टीकापुर नगरपालिकाले क्षयरोगी पत्ता लगाउन हरेक वडामा वडास्तरीय सूक्ष्म योजना बनाउन थालेको छ । वडामा रहेका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेविका, शिक्षक, बडघर तथा विभिन्न सङ्घसंस्थालाई जिम्मेवार बनाउन योजना बनाएरै काम थालेका सिनियर अनमी हेमा ज्ञवाली बताउनुहुन्छ ।

‘‘समुदायमा अझै क्षयरोगका बिरामी रहेकाले तिनको निदानका लागि स्वास्थ्यकर्मी मात्रले सम्भव नहुने भएकाले सबैलाई सक्रिय बनाउन योजनासहित काम गर्ने तयारी भएको हो’’, क्षय

कुष्ठरोग सहायक ज्ञवालीले भन्नुभयो, ‘‘अब समुदायमा लक्षण देखिएका बिरामीलाई अस्पताल प्रेषण गर्ने काम समुदायका नागरिकले गर्ने हो ।’’

कैलाली जिल्ला क्षयरोगको जोखिममा रहेको जिल्ला हो । सरकारले यसवर्ष देशभरका २२ जिल्लालाई क्षयरोग मुक्त पालिका बनाउन अभियान सुरु गरेको छ । कैलालीको टीकापुर क्षयरोगको जोखिममा रहेकाले सुदूरपश्चिमका तीन पालिका त्यसमा टीकापुर पनि छनोटमा परेर अभियान सुरु गरेको छ ।
क्षयरोगको उपचारमा आउनेहरुले नियमित औषधि सेवन नगर्दा पनि क्षयरोग निवारणमा समस्या हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । ‘‘घरमुलीलाई क्षयरोग भएमा उसको परिवार नै समस्यामा पर्छ । नियमित औषधि सेवन गर्दा उसको रोजीरोटी चल्दैन’’, भन्नुभयो, ‘‘त्यसैले कतिपयले २/३ महिना नियमित औषधि सेवन गर्ने अलि आराम भएपछि रोजगारीका लागि बाहिर जाने गर्नाले रोग निवारणमा समस्या हुन्छ । यो औषधि नियमित सेवन गर्नुपर्छ ।’ (रासस)

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19National tuberculosis centerTikapur hospital kailali
SummarizeShare258ScanTweet146

Related articles

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, राहत तथा उपचारका लागि बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ३४ हजार ५ सय ८७ रुपैयाँ सहयोग प्रदान...

प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने

by Nam Raj Bhatta
September 3, 2026
0

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्पूर्ण औपचारिक कार्यक्रमहरू नहुने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै रसुवा जिल्लाको भोटेकोशी नदीमा गत...

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

by Nam Raj Bhatta
September 3, 2026
0

औषधि व्यवसायमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल औषधि व्यवसायी एवं उद्यमी प्रभुराज वैद्यले  भोटेकोशी बाढी प्रभावितका लागि ५५ लाख रुपैयाँ सहयोग गरेका छन्। यति केम डिस्ट्रीब्युटर्सका कार्यकारी निर्देशक...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    862 shares
    Share 345 Tweet 216
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग
  • बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग
  • प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने
  • यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग
  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.