काठमाडौं, १४ असार २०७८
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सरुवा रोग विशेषज्ञ डा. बास्तोलालाई निर्देशकमा नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले प्रेस विज्ञप्ति मार्फत दिनुभयो।
डा. बास्तोला यसअघि अस्पतालको प्रवक्ताको जिम्मेवारी समाल्दै आउनु भएको थियो। उमेरहदका कारण डा. सागरराज भण्डारीले अवकास लिएसँगै डा. बास्तोला निर्देशकमा नियुक्त भएका हुन् । डा. बास्तोला बिगत १३ बर्ष देखि अस्पतालमा काम गर्दै आउनुभएको छ।