काठमाडौं, १० माघ २०७८
अस्पतालका ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पतालमा खोप कार्यक्रम स्थगित भएको छ।
आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै सोमबार देखि एक साताका लागि खोप अभियान स्थगित भएको अस्पतालले जानकारी दिएको छ।
सञ्चालित कोभिड-१९ विरूद्धको नियमित खोप कार्यक्रममा २०७८ माघ १० देखि १६ गतेसम्म ७ दिनका लागि स्थगित गरिएको छ।
![अस्पतालमा खोप कार्यक्रम स्थगित - टेकु अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भएपछि खोप कार्यक्रम स्थगित टेकु अस्पतालमा खोप कार्यक्रम स्थगित](https://i0.wp.com/healthnewsnepal.com/static/टेकु-अस्पतालमा-खोप-कार्यक्रम-स्थगित.jpg?resize=720%2C954&ssl=1)