काठमाडौं, ०४ असार २०८२
विगत २७ वर्ष देखि निरन्तर जलनमा परेका विरामीहरुलाई उपचार गर्दै आईरहेको सुषमा कोईराला मेमोरियल ट्रष्ट द्धारा संचालित सुषमा कोईराला मेमोरियल अस्पतालले देश भित्रका मात्र नभई देश बाहिरका जलनमा परेका बिरामीहरुको उपचार गर्ने रोजाई बन्दै आईरहेको छ ।
गुणस्तरीय सेवा तथा न्यूनतम शुल्कमा उपचार हुने भएकोले यस अस्पताल जलनका बिरामीहरुको उपचार गर्ने रोजाई अस्पताल बन्न पुगेको अस्पतालका मेडिकल डाईरेक्टर डा. सन्तोष विक्रम भण्डारीले जानकारी गराउनु भयो ।
डा. भण्डारीका अनुसार यस अस्पतालमा यस आर्थिक वर्षमा मात्र दुबई, नर्वे तथा भारतबाट बिरामीहरु उपचारका लागी अस्पतालमा आएर सेवा लिएका छन । दुबईमा कामको शिलशिलामा तेजाब परेर जलनमा परेका बिरामीहरु यस अस्पतालको उपचार अन्तराष्ट्रिय स्तरको रहेको र न्यूनतम शुल्कमा उपचार हुने जानकारी आफुहरुले पाएकोले उपचारको लागी यस अस्पतालमा आएको बताएका छन ।
त्यस्तै भारतमा जलनमा परेर अङ्गगङ्ग भएका बिरामीहरु यस अस्पतालमा आएर उपचार लिने गरेका छन। अस्पतालले गतवर्ष गौर जिल्लाको स्नाथ नगरपालिकामा अप्रेशन सहितको निल्शुल्क शिविर संचालन गर्दा १६५ जना बिरामीहरुको शल्यक्रिया गरेको थियो, सो शिविरमा नेपालका मात्र नभएर भरतीय बिरामीहरुले पनि सेवा लिएका थिए सो क्रममा यस अस्पतालको बारेमा जानकारी प्राप्त गरेर उपचारका लागी यस अस्पताल आएको भारतीय बिरामीहरुले बताएका छन । त्यस्तै विदेशमा प्लास्टीक तथा कस्मेटीक सर्जरी सेवा अत्यन्त महङ्गो हुने भएको र सुषमा कोईराला मेमोरियल अस्पताल को सेवा अन्तराट्रिय स्तरकै रहेको र न्यून सेवा शुल्कमा उपचार हुने भएकोले उपचारकोलागी विदेशी नागरिक को पहिलो रोजाई सुषमा कोईराला मेमोरियल अस्पताल बन्न पुगेको छ।
अस्पतालमा यस वर्ष नर्वेबाट कस्मेटीक तथा प्लास्टीक सर्जरी को लागी विदेशी बिरामीहरुले उपचारका लागी आएका थिए । प्रचार प्रसारमा मा भन्दा पनि आफ्नो सेवालाई ध्यान दिदै आईरहेका यस अस्पतालले झण्डै ३५ हजार शल्यक्रिया गनुका साथै ५ लाख बिरामीहरुलाई सेवा दिईसकेको छ । अस्पतालले आफ्नो सेवा थप गुणस्तरीय बनाउदै जाने क्रममा अस्पतालमा, महिला तथा स्त्री रोग, बालरोग, हाडजोर्नी तथा नशारोग, जर्नल फिजिसियन, छालारोग, मानसिक रोग, नाक, कान घाँटी डाईटिसियन, फिजियोथेरापी, डेन्टल, युरोलोजी जस्ता सेवाहरु उपलब्ध गराउदै आईरहेकोछ । त्यस्तै अस्पतालले १८ वर्ष मुनिका जलनमा परेका बालबालिकहरुलाई निशुल्क उपचार समेत गदै आईरहेको छ ।