भक्तपुर, २५ असार २०८२
भक्तपुरको जगातीमा रहेको सूर्यविनायक नगरपालिकाले ५० शैयाको अस्पताल स्थापना गर्न सरकारबाट स्वीकृति भएको छ।
स्वास्थ्य पूर्वाधारमा दीर्घकालीन सुधारको अपेक्षा गरिएको यस योजनाले नगरवासीहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिएको छ। हालसम्म विभिन्न स्वास्थ्य सेवा लिनका लागि अन्यत्र धाउनु पर्ने बाध्यता रहेको नगरवासीहरूका लागि अब आफ्नै नगरमा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण हुने निश्चित भएपछि उत्साहको वातावरण छाएको छ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बासुदेव थापाले लामो समयको प्रयासपछि अस्पताललाई यो अवस्थामा ल्याउन धेरै कठिनाई ब्यहोर्नु परेको स्मरण गर्नुहुँदै मेयर थापाले सेवा विस्तार गर्दै अस्पताललाई अझै ब्यवस्थित बनाउन लागिरहेको बताउनुभयो ।
मेयर थापाले नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवा उपलब्ध गराउँदै आएको र विमा गर्नेलाई छुटको ब्यवस्था गरिरहेको बताउनुभयो ।
निकै सफा र सुन्दर रहेको बालमैत्री तथा अपांगमैत्री अस्पतालमा आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रे, खोप सेवा र फार्मेसी सेवालगायत आवश्यक सबै सेवा २४ सौं घन्टा सञ्चालन हुँदै आएको छ । अस्पतालमा दैनीक २ सय ५० जनाको हाराहारीमा ओपीडीमा सेवा लिने गरेका छन् ।
सहज स्वास्थ्य पहुँच सुनिश्चित गर्ने यो योजनालाई सबै नगरवासीका लागि गर्वको विषयका रूपमा हेरिएको छ।
सूर्यविनायक नगरपालिका प्रवक्ता एव वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले प्रदेश सरकारको स्वीकृति र नगरपालिकाको बजेट व्यवस्थापनबाट शल्यक्रिया कक्षसमेत सञ्चालनमा आएको र गुणस्तरीय सेवा सञ्चालनका लागि नगरपालिकाले बजेटको व्यवस्थापन गर्ने बताए।