काठमाडौं, ०४ जेठ २०८२
पानीपोखरीस्थित शुक्रा हाउसअफ डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरले “Results where matters” मूल नाराका साथ आफ्नो तेस्रो बर्षमा प्रवेश गरेको छ ।
कार्यक्रममा बोल्दै सेन्टरकी प्रशासन प्रमुख रोजिका प्रधानले लगभग ६० देखि ७० प्रतिशत ल्याब परीक्षणहरू अझै पनि नेपालबाट अन्य देशहरूमा पठाइन्छ, जसले गर्दा बिरामीको उपचारमा ढिलाइ हुने र व्यक्तिको साथै देशको आर्थिक बोझ बढ्ने हुँदा, सकेसम्म यसको रोकथाममा यस संस्था अग्रसर रुपले अगाडि बढिरहेको बताईन्।
प्रधानका अनुसार यस संस्थाले विशेष निदान परीक्षणमा मात्र नभई चिकित्सा क्षेत्रमा पनि अग्रणी बन्ने लक्ष्य राख्दछ, जसमा स्वस्थ्य जीवनशैलीलाई प्रवर्द्धन गर्ने कार्यहरु समावेश गरेका छन् । यस संस्थाले आफ्नो सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टीस्पेशलिटि विशेषज्ञ परामर्श सेवा, एक्स रे, यु.एस.जि, ईसिजि र फार्मेसी आदि सेवाहरु उपलब्ध गराउदै आइरहेको छ । घर अथवा अफिसमा नै बसी बसी निःशुल्क ब्लड स्याम्पल कलेक्सन पनि गर्न सकिने उनले बताईन् ।
प्रधानले दोसो वार्षिक उत्सवको अवसरमा आफ्नो सेवाग्राहीहरुको स्वास्थ्यललाई ध्यानमा राख्दै जेष्ठ महिना भरीको बिहान साढे ६ बजे देखि १० बजेसम्म बाटो हिड्ने आम सर्वसाधारणको उच्च रक्तचाप, पल्सरेट, भाईटल्स, मधुमेह, अक्सिजन लेभल तथा तौल जाँच लिने व्यवस्था मिलाएको बताईन् । यसका साथै Lab Routine Test, USG, ECG, ECHO र X-Ray सेवाहरुमा २५% छुट व्यवस्था पनि रहेको जानकारी गराईन् ।
साथै सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले दैनिक रुपमा “समाजको लागि…..”। सामाजिक अभियान समेत २०८२ साल वैशाख महिनाबाट सुचारु गरिसकेको छ जसमा निःशुल्क ब्लड प्रेसर, सुगर आदि चेक जाँच गर्छौ। आगामी दिनहरुमा अझ विभिन्न विदामा सेवा विस्तार हुनेपनी उनले जानकारी गराइन।