शहीद मेमोरियल अस्पताल, कलंकीमा आजदेखि दन्त स्वास्थ्य सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
अस्पतालमा थपिएको यस सेवामार्फत कलंकी तथा आसपासका क्षेत्रका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ।
नयाँ दन्त सेवामा अनुभवी दन्त चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीको टोलीमार्फत General Dentistry, Orthodontic Treatment (बाङ्गो–टिङ्गो दाँत मिलाउने उपचार), दाँत तथा मुखसम्बन्धी सर्जिकल उपचार, Crown & Bridge लगायतका आवश्यक दन्त उपचार सेवा उपलब्ध हुने जनाइएको छ।
अस्पतालमै दन्त स्वास्थ्य सेवा थपिएसँगै बिरामीले अन्य स्वास्थ्य सेवासँगै आवश्यक दन्त उपचार पनि एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्।
दन्त स्वास्थ्य सेवाको उद्घाटन कार्यक्रममा अस्पताल व्यवस्थापन, चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
अस्पताल प्रशासनका अनुसार नयाँ सेवाको मुख्य उद्देश्य “सबैका लागि सहज, सुरक्षित र गुणस्तरीय दन्त स्वास्थ्य सेवा” उपलब्ध गराउनु रहेको छ। शहीद मेमोरियल अस्पताल, कलंकीमा दन्त स्वास्थ्य सेवा अब नियमित रूपमा उपलब्ध हुनेछ।






