डोटी, २७ माघ २०८१
दिपायलमा नयाँ अस्पताल सञ्चालनमा आएको छ ।डोटीको पिपल्ला बजार स्थित एक कार्यक्रमका बिच सेती महाकाली अस्पताल स्थापना गरिएको छ।
शुक्रबार दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का (विजय) ले एक औपचारीक कार्यक्रमका बीच रिवन काटेर अस्पतालको उद्घाटन गरेका हुन् ।
नगर प्रमुख खड्काले अस्पताल सेवामुखी बनाएर विशेषज्ञसहितको सेवा उपलब्ध गराउन सुझाव दिए । उनले अस्पताल सञ्चालन भएसँगै जिल्लाका विरामीहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विस्वास व्यक्त गरे ।
विशेषज्ञ डाक्टरसहित भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्येश्यका साथ १५ शैय्याका अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालक पदम सिंह महराले बताउनु भयो । पहिलेको चोपडा अस्पतालमा सेती महाकाली नामक अस्पताल स्थापना गरी शुक्रबारबाट सञ्चालनमा ल्याइएको हो । अबको केही दिनभित्रै एक जना एमडी र एक जना एमबिबिएस डाक्टरसहित सेवा सूचारु ग्रिने महराले बताए ।
अस्पताल सञ्चालक महराले यसअघि राजपुरमा महाकाली सेती हेल्थ केयर सञ्चालन गर्दै आएका थिए।