बैशाख २२, धनगढी
कोरोना आशंकामा कैलालीका दुई जना सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिकाको मसुरीयाका ३२ बर्षीय पुरुष र उनकी ८ बर्षकी छोरी सेती प्रादेशिक अस्पतालमा भर्ना भएका हुन्।दुवैमा रुघाखोकी र ज्वरो आएपछि अस्पतालको आईसोलेसनमा राखिएको प्रादेशिक अस्पतालले जनाएको छ।
अहिले दुबै जनाको आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको अस्पताल स्रोतले जनाएको छ।दुबै जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाईएको छ।
यसअघि आईतवार कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाकी एक युवतीलाई पनि प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको थियो।शुक्लाफाँटा नगरपालिकाकी १८ बर्षीय युवतीलाई पनि आईसोलेसनमा राखिएको र कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले दिनेश खवरलाई बताए। उनको परीक्षण रिपोर्ट भने आउन बाँकी छ।