काठमाडौं, २१ भाद्र २०८२
एक वर्ष स्क्रब टाइफस संक्रमित हुनेकाे संख्या ५ हजार नाघेकाे छ। जनवरीयता अगष्ट अन्तिमसम्म ५ हजार १७ जनामा संक्रमण पुष्टि भएको ईपीडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाकाे तथ्यांक छ।
हालसम्म स्क्रब टाइफसबाट ज्यान भने नगएको महाशाखाले जनाएको छ। संक्रमण बढी देखिनेमा संखुवासभा, चितवन, पाल्पा, दाङ, डाेटी, डडेल्धुरा, लमजुङ र अछाम छन्।
स्क्रब टाइफस खेतबारी तथा गाेठमा पाइने किर्नाकाे टाेकाईबाट हुने संक्रमण हाे। जसका कारण संक्रमितमा उच्च ज्वराे, टाउकाे तथा शरीरकाे दुखाई, ग्रन्थीहरु बढ्नेजस्ता समस्याहरु देखिन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका संक्रामक राेग विशेषज्ञ डा. बिमल कुमार चालिसे पछिल्लाे समय कृषक वर्ग यसबाट बढी संक्रमित भइरहेकाे बताउँछन्।
डा. चालिसेले भने किर्नाकाे टाेकाईबाट बच्नु नै याे संक्रमणबाट जाेगिने मुख्य उपाय हाे, यो खेतिकिसानी गर्ने, घाँसपात गर्ने ब्यक्तिहरुमा देखिने संक्रमण हो।
स्क्रब टाइफस एक व्यक्तिबाट नसर्ने तथा समयमै उपचार गरे जटिल नहुने भएकाले यस्ता लक्षण साथै शरीरमा किर्नाले टाेकेकाे दाग देखिए तत्काल उपचार गराउन डा. चालिसेकाे भनाइ छ।