काठमाडौं २९, बैशाख
सप्तरीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । ती सन्क्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा नभएको पनि जानकारी आएको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले थप एकजनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको बताए ।