काठमाडौं, ५ असार २०८२
बुधबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेका हुन्।
यो विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि केही दिनअघि राष्ट्रपति समक्ष पठाइएको थियो ।
नेपाल सरकारले विधेयकमा चिकित्सा शिक्षा अध्ययन अध्यापन गराउनको लागि चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ।
कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा सरकारले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भएको हो।