काठमाडौं : एन्टीबडी परिक्षण (र्यापिड टेस्ट) पोजिटिभ आइसकेपछि पी सी आर परिक्षण गरेर कोभिड-१९ रोगको निर्क्यौल गर्नु उपयुक्त हुँदैन | हाल प्रयोगमा ल्याइए अनुसार एन्टीबडी परिक्षण (रेपिड टेस्ट) पोजिटिभ आएको खण्डमा यसलाई कोभिड-१९ रोगको संक्रमण भएको र यसले पहिला सम्पर्कमा आएको व्यक्तिलाई रोग सारेको हुन सक्ने भएकोले कनट्याक्ट ट्रेसिंग गरी र रोगको स्टेज पत्ता लगाई पी सी आर वा एन्टीबडी परिक्षण गर्नु पर्दछ |
यो रोगमा एन्टीबडी परिक्षण पहिलो सातामा बनेको हुदैन दोस्रो सातामा बन्न सुरु हुन्छ र तत् पश्चात यो एन्टीबडी रहिरहन्छ |
सम्मान्यतया कोभिड -१९ रोग लागेको बिरामीमा यस्तो अवस्था हुन् सक्ने :
क) पहिलो सप्ताहमा एन्टीबडी परिक्षण निगेटिभ र पी सी आर पोजिटिभ
ख) दोस्रो र तेस्रो सप्ताहमा एन्टीबडी परिक्षण पोजिटिभ र पी सी आर पोजिटिभ
ग) तेस्रो सप्ताह पछी एन्टीबडी परिक्षण पोजिटिभ र पी सी आर निगेटिभ
यस्तो अवस्थामा एन्टीबडी परिक्षणलाइ पी सी आर को परिक्षणको आधारमा कोभिड-१९ रोगको पहिचान हुनु आपतिजनक हो |
तसर्थ एन्टीबडी परिक्षण किटलाइ उचित प्रयोग हुन नेपाल हेस्थ रिसर्च काउन्सिलले गरेको किटको Evaluation को प्रतिबेदनको नतिजाको आधारमा सेरो सर्भे, कनट्याक्ट ट्रेसिंग वा रोगको पहिचान के मा प्रयोग गर्न सकिन्छ सोहि अनुसार प्रयोगमा ल्याउनु उपयुक्त हुन्छ |