काठमाडौं, २३ फागुन २०८२
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ को मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका दीपककुमार साह निर्वाचित भएका छन् ।
साहले १९ पटक मन्त्री बनेका जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीसहितलाई पराजित गरे ।
दीपककुमार साहले ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले १० हजार १९८ मत ल्याए ।
नेपाली कांग्रेसकी किरण यादवले ९ हजार ७४५ मत ल्याउँदा एमालेका कासिम नदाफले ३ हजार ५२४ मत ल्याए ।
त्यस्तै नेकपाका लक्ष्मणकुमार यादवले ७३७ मत ल्याउँदा जनमत पार्टीका जयकुमार पाण्डेयले ४६३ मत ल्याए।
दीपक कुमार साह दृष्टि विशेषज्ञ एवम जनस्वास्थ्य बिद्द हुन। साहले ४४ वर्ष पछि जसपाको किल्ला भत्काउदै बिजयी भएका हुन।





