दाङ, २१ असोज २०८१
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने जानकारी दिनुभयो।
प्रतिष्ठानका एमडिजिपी डा. धिरज जैसवालमार्फत विशेषज्ञ सेवा दिन लागिएको लम्सालले बताए । बडादसैँको बिदाका दिनहरूमा समेत प्रतिष्ठानको विशेषज्ञ चिकित्सकद्वारा सञ्चालन गरिनेछ । यो सेवा असोजको २४ गत बिहीबारदेखि २८ गते सोमबारसम्म सञ्चालन गरिने लम्सालको भनाइ छ।